तनहुँको आँबुखैरेनीमा पेट्रोलियम भण्डारण

चीनले नेपालका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ । त्यसका लागि आपूर्ति मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरेनी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ। चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता (डिपो) निर्माण गर्ने चासो देखाएको छ ।

हालै भारतले लगाएको नाकावन्दी खोलेको भनिए पनि इन्धनको आपूर्ती सहज हुन सकेको छैन । नेताहरु राजनीतिमा ब्यस्त, तस्करहरु तस्कारीमा मस्त । इन्धनको आपूर्ती असहज हुनुलाई ‘नाकावन्दी’ भनेर उम्कन खोज्ने गरिन्छ । वास्तवमा नाकावन्दी लगाउनुभन्दा अघि पनि पेट्रोलका लागि लाइन बस्नु पर्दथ्यो । इन्धनको आपूर्ती बारे सरकार र राजनीतिक दलहरु कहिल्यै गम्भिर भएनन । यो समस्या क्रोनिक भई सकेको छ र थियो  ।

सबै ठाउँमा निजिकरण गर्न मिल्ने तर आयल निगम जस्तै संस्थाहरु खोलेर वा राम्रा पम्पहरुलाई पनि प्रतिस्पर्धामा काम गर्न दिन किन नहुने ? किनकी यो सेक्टर भ्रष्टहरुका लागि पैसो कमाउने गजवको थालो भएको छ ।

नेताहरु राजनीतिमा ब्यस्त, तस्करहरु तस्कारीमा मस्त । जनतालाई सास्ती नै सास्ती !

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.