बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे

वेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ।

दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर गेम, गोल शुटर, घैटो फुटाउने, डोरी तान्ने (टग-अफ-वार) र राफल चिट्ठाका कार्यक्रम संचालन गरियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको डिनर सकेपछी नाचगान शुरु भएको थियो। खानाको प्रवन्ध स्थानिय जोमसोम क्याटरिङले गरेको थियो।

यसै विचमा सातौं साधारण सभाबाट निर्वाचित बेजिङस्टोक नेपाली समाज (बीएनसी) को कार्य समितिका नयाँ पदाधिकारी र सल्लाहकारहरूको स्वागत तथा निवर्तमान पदाधिकारीहरूको विदाइमा खादा लगाएर सम्मानको कार्यक्रम गरियो। समाजको श्रीवृद्धिमा योगदान दिंदै आउनु भएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

बीएनसी समर पार्टी-२०२२ का  संयोजक वसन्त गुरुङ र कार्य समितिका अध्यक्ष ओम गुरुङले पानसमा वत्ती वालेर कार्यक्रमको उद्घाटन गरेका थिए। नेपाली राष्ट्रिय गानबाट कार्यक्रमको शुरुवात भएको थियो भने कार्यक्रमको संचालन समितिका सचिव जगदीश वाग्लेले गरे।

समाजका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पार्टी संयोजक वसन्त गुरुङले स्वागत मन्तव्य दिए। यसैगरी कार्यक्रममा उपस्थित सबैको हेल्थ एन्ड सेफ्टीका बारेमा कार्य समितिका उपाध्यक्ष विजय लिङथेपले जानकारी गराए। कार्यक्रमको सफलताका लागि सहयोग गर्ने दाता सहयोगीहरुको नाम सचिव वाग्लेले पढेर सुनाए भने सहभागी, सहयोगी सबैलाई अध्यक्ष ओम गुरुङले मन्तव्य सहित धन्यवाद दिए। विभिन्न खेलकुदमा विजयी हुनेहरूलाई समाजका खेलकुद प्रवन्धक बलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए।

भलिवल तर्फ पुन समाज प्रथम भएर रनिङ शिल्डबाट पुरस्कृत भयो भने गुरुङ लाफा युनाइटेड र सेन्सवरी टीम क्रमशः दोश्रा र तेश्रा भएका थिए। उक्त रनिङ शिल्ड बीएनसी गोरखा ग्रोसरीका प्रवन्ध निर्देशक एवं यसै समाजका खेलकुद प्रवन्धक बलबहादुर थापाले सौजन्य स्वरुप समाजलाई सहयोग दिएका थिए। त्यस्तै, गोल शुटर तर्फको गोल पोष्ट पनि हाइट मोर्गेजका प्रवन्ध निर्देशक सुवास पुनले समाजलाई सौजन्य स्वरुप सहयोग दिएको समाचार छ।

टेडी वीयर गेममाआभाष गुरुङ प्रथम, तेजी पुन द्वितिय, र स्याफ्रोन गुरुङ तृतिय भएका थिए। विवेक गुरुङ घैटो फुटाउने गेममा पुस्कृत भए। डोरी तान्ने खेलमा महिला तर्फ- रुमा पुन, रितु गुरुङ, डेलिमाया पुन, तारा पुन, धन लिम्बु, विकी राना बिजयी भए। टेडी वियर, घैटो फुटाउनेजस्ता खेलको संयोजन धुर्व गुरुङ, निशा शर्मा र अमृता फालुङ्गवाले गरेका थिए। पुरुषहरुका लागि पनि डोरी तान्ने खेल संचालित थियो। कार्यक्रम यसरी भव्यताका साथ सभ्य तरिकाबाट सम्पन्न भयो।

कार्यक्रममा नवराज राई र प्रिया लिम्बुले राफल चिट्ठा खेलाउनमात्र सफल भएनन् धेरै पुरस्कार सौजन्यमा संकलन गरी लोभ लाग्दो रकम वीएनसीका लागि च्यारिटी जुटाउन सफल भए।

त्यसैगरी, वीएनसी गोरखा ग्रोसरीमार्फत संकलन गरिएको दान पेटीका सुशिला गुरुङले वीएनसीका अध्यक्ष ओम गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो।

बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले तीज पार्टी, दशैं/हिउँदे पार्टी, दीपावली एवं भैलो देउसी खेल्ने कार्यक्रम पनि तय गरिसकेको समाचार छ। बेजिङस्टोक नेपाली समाज (बीएनसी)ले आफ्नै भवन खरिद गर्न लागेको पनि जनाइएको छ।

यस बेजिङस्टोक क्षेत्रमा करिव एक हजार नेपाली घर परिवार रहेका छन् भने संस्थाको सदस्यमा ४९१ जना आबद्ध भइसकेका छन्। नव नियुक्त यस कार्य समितिले संस्थाको सदस्यतालाई बढाउने उद्देश्य लिएको छ। संस्थाको स्थापना सन् २००६ को अप्रिल महिनामा भएको थियो। संस्थाको पहिलो सस्थापक अध्यक्ष स्व. भक्तबहादुर लिम्बु हुन्। यो संस्था वेलायतको च्यारिटीमा समेत दर्ता भएको छ। जम्मा पाँच पाउण्डको शुल्क तिरेर आजिवन सदस्यता लिन सकिने संस्थाको नियम रहेको छ। साथै यसै क्षेत्रमा वसोवास गर्ने एनआरएन युकेका पूर्वअध्यक्षद्वय योगकुमार फगामी र पुनम गुरुङ पनि यही समाजमा आवद्ध छन्।

यो समाचार देशसञ्चारमा (बैशाख २६, २०७९) पनि प्रकाशित भएको थियो

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.