भारत भ्रमणका बेला सम्मान (!?) पाएर खुशीले रातो चेहरा लगाउँदै स्वदेश फर्केको लगत्तै प्रधान मन्त्री के पि ओलिको अनुहार कालो हुने अवस्था आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असमझदारी हटाउन’ भ्रमण गरेलगत्तै भारतले ‘दिइएको सहयोग ठीक समय र सही ठाउँमा खर्च गर्न नसकेको” भन्दै नेपाललाई दिइएको सहयोगमा करिब ४० प्रतिशत कटौती गरिदिएको छ । हिजो भारतीय संसदमा बजेटमा पेश भएको थियो । गत वर्ष ४ सय २० करोड नेपाललाई छुट्टाइएकोमा यस वर्ष ३ सय करोड मात्र छुट्टाइएको छ ।

गजबको कुरा के छ भने नेपाल मात्र नभई बंगलादेश, भुटान र श्रीलंकालाई दिइदै आएको सहयोगमा पनि कटौती गरिएको छ । म्यानमार र माल्दिभ्सलाई भने सहयोग बढाइएको छ । नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा चिनिया गतिबिधी बढ्दै गएको भारतीय अधिकारीहरुको बुझाई छ । साँचै नै यही कारणले दिँदै आएको सहयोग घटाइेएको हो भने भारत आफ्नै कारण घेरिँदै गएको देखियो । आउँदा दिनहरु उसका लागि पनि सहज देखिंदैनन ।

यता नेपाल लगायत बंगलादेश, भुटान र श्रीलंकामा पनि आर्थिक जटिलताको अवस्था आउने छ । जे होस, शरीरको भाषाले सम्मान दिंदै कलमको भाषामा चुकाउने गज्जबको शैली प्रयोग गर्दै छ भारत ! आगे सबैको राम्रो होस भन्न सकिने अवस्थामात्र रह्यो ।

 

Advertisements