समर्पण

‘‘मेरो कविता ‘नरत्वप्रकास’ (काव्य) महाकवी लक्ष्मीप्रसाद देवकोटालाई विक्रम संवत १९९३-९४ सालतिर के मा हो वहाँको डिल्लिबजारको घरमा ”यो कविता हुन्छ की हुँदैन भनेर?” देखाउने सुअवसर पाएको थिएँ । वहाँले दुइ-चार श्लोक हेरर भन्नुभएकोथियो – ”लेख्नेको रुचिको कविता हुन्छ सबैलाई सोधेर चित्त बुझाएर कविता लेखिदैन, एक बिषय लिएर तपाँइलाई मनपरेको लेख्दै जानोस पूरा भए पछि त्यहि कविता हुन्छ’’ – वालचन्द्र वाग्ले, महाकवि देवकोटा (खण्ड काव्य)
फोटो: पिताजी कवि वालचन्द्र वाग्ले र वहाँद्वारा लिखित खण्डकाव्य महाकवि देवकोटा को आवरण पृष्ठ
पिताजी कवि वालचन्द्र वाग्लेमा समर्पित ।
कहिले काँही कवित्व जागृत हुन्छ, यसो लेख्न मन लाग्छ, अनी लेख्छु, चित्त बुझ्दैन – फेरी लेख्छु; राम्रो नराम्रो भन्न पनि सक्दिन, “लेख्नेको रुचिको कविता हुन्छ” भन्ठान्छु र लेखिरहन्छु !!!
त्यसैको संगालो हुन यी कविताहरु
– जगदीश