♦ अहिले पनि विश्वको आधाभन्दा धेरै जनसंख्या गरिविको चपेटामा छन 

♦ ग्लोबलाइजेशनले उल्टै पर्यावरणिय संकट र आर्थिक असमानता बढायो

♦ अहिलेको विश्व समस्या- ब्यवस्थापन, स्वार्थ र नितिगत कमजोरी हुन, श्रोत साधनको अभाव होइन 

♦ प्रजातन्त्र र मानव अधिकारको दुरुपयोग भईरहेको छ 

♦ नेपाल जस्ता अल्पबिकशित मुलुकहरुमा समस्याको पहिचान र कार्यन्वयन बिच तालमेल मिलिरहेको छैन


 बिकासको प्रतिफल सबैका लागि, सँधैका लागि 

यस पेजमा संकलित ‘तिखो र चर्को’ स्वरका बिचारहरुले वर्तमान अवस्था, समस्या र चुनौतीको प्रतिनिधित्व गर्दछन। स्वभाविक रुपमा त्यसले अपेक्षा गर्ने समाधानका उपायहरुलाई अर्को पेजमा संकलित गरिएको छ। साम्यवाद र पुँजिवाद आफैले सिर्जना गरेका आर्थिक असमानता र पर्यावरणिय समस्याहरुको समाधान तिनै वादहरूले दिन नसक्ने भएकोले नाफाभन्दा मानविय कल्याण केन्द्रित नयाँ मान्यता वोध गरिएको छ; र यसैको वरिपरि प्रवाहित छ – सिमान्त !