विश्व अर्थतन्त्रको भविष्यबारे लेखिएको पुस्तक

द ग्रोथ म्याप सन २०५० भित्र विश्वको अर्थतन्त्रमा कस्तो परिवर्तन हुनेछ भनेर गरिएको अनुसन्धानको निष्कर्शलाई आधार मानेर लेखिएको पुस्तक हो । पुस्तकमा ग्लोबलाइजेशनको प्रतिफल कुन देशले कसरी लिंदैछ; विश्वका देशहरुलाई बिकशित, बिकशोन्मुख, अल्प बिकशित र धनी-गरिव भनेर गरिएका अहिलेको समुह बिभाजन उपयुक्त छैन; त्यो निश्पक्ष छैन र ‘इमर्जिङ मार्केट’ भन्ने मान्यतामा असहमती जनाउँदै ‘ग्रोथ एकोनोमी’ भन्नु पर्ने कुरा पुस्तकका लेखक जिम ओ’निलले लेखेका छन ।

उनले अर्थतन्त्रको आकार र शक्तीको नाप लिनका लागि जी. ई. एस. (ग्रोथ इन्भारोमण्ट स्कोर) मोडल नै तयार परेका थिए । जति जीईएस धेरै हुन्छ त्यतिनै बलियो अर्थतन्त्र मानिएकोछ । ब्राजिल, चाइना, रसिया, इण्डिया र उत्तर कोरियाको जीईएस जि-सेभेनमा भएका क्यानडा बाहेकका देशहरुको भन्दा धेरै थियो । (पेज ३८-३९)      

पुस्तकका लेखक एवं गोल्डम्यान साकका तत्कालीन अध्यक्ष जीम ओ’नीलले पहिलो पल्ट ‘ब्रिक’ (ब्राजिल, रसिया,  इण्डिया र चाइना) को मशहूर र ओजनदार अवधारणा ल्याएका हुन । सन २००२ मा उनको नेत्रित्वमा एउटा समुहले गोल्डम्यान साकका लागि गरेको अध्ययनको निष्कर्ष थियो कि- “सन २०३५ भित्र विश्व अर्थतन्त्रमा चिन पहिलो, अमेरिका दोश्रो र भारत तेश्रो हुनेछन र सन् २०५० सम्म जी-सेभेनको ठाउँ ब्रिकले लिनेछ । यही अध्यनमा उनले ‘ब्रिक’ अर्थात ब्राजिल, रसिया,  इण्डिया र चाइना मिलेर संगठन बनाउनु पर्ने सुझाव दिएका थिए । यसैको आधारमा सन २००८ मा ‘ब्रिक’ को स्थापना भयो र २०१२ मा दक्षिण अफ्रिकालाई पनि थप गरियो र ‘ब्रिक्स’ भन्न थालियो ।

सन २००८ देखी शुरु भएको बित्तिय संकट र आर्थिक मन्दि अमेरिका स्थित ‘ली म्यान ब्रदर्श’ नामको बित्तिय संस्था टाट पल्टेको स्वयं घोषणा भए पछी सतहमा आएको हो । यो संस्था टाट पल्टेको घोषणा हुनु केही महिना अघि श्रीमति सहित आफ्नो बिवाहको पच्चीसौं बर्षगाॅठ मनाउन द ग्रोथ म्यापका लेखक जीम ओ’नील लुक्लाको तेन्जिङ हिलारी एअरपोर्ट हुॅदै एभरेष्ट वेशक्याम्प पुगेका थिए । त्यहाँ मोवाईल फोन प्रयोग गरेर नेपालीहरुले तिव्वततिर व्यापारिक कारोबारका लागि कुरा गरेको देखेपछि उनलाई लाग्यो कि ‘ वास्तवमा ग्लोबलाईजेशन यहाँ मजाले जमेको रहेछ’ । यहाँ ग्लोबलाईजेशनलाई प्रविधिले साथ दिईरहेको उनले महसुस गर्न भ्याए । उनले भनेका छन- “ग्लोबलाईजेशन मुलतः अमेरिकीकरण होईन, बरु बाँकी देशहरुमा रहेका संभावना र बिशिष्ट बिशेषताहरु समेटिएको परीभाषा सहित” मौलिकिकरणको स्वरुप हो । (पेज २३)

सन २००२ को त्यो अध्ययनको निष्कर्ष पढेपछि हार्वर्ड विश्वविध्यालयका प्राध्यापक नील फर्गसनले “आफूले अहिलेसम्म पढेकोमा सबैभन्दा काम नलाग्ने” भनेर प्रतिक्रया दिएका थिए । तर झण्डै बाह्र बर्ष पछी त्यही अनुसन्धानलाई पुस्तकको रुपमा ‘द ग्रोथ म्याप’ भनेर छपिंदा यस अन्तरालमा बिकशित आर्थिक घटना क्रम देखेपछि यिनै फर्गशनले आफ्नो पूर्व धारणामा पुरै परिवर्तन गरेर ”विश्व अर्थतन्त्रका बारेमा जान्न चाहनेहरुका लागि सबैभन्दा सटिक पुस्तक” भनेर प्रतिक्रया संशोधन गरेका थिए । हुन पनि सन २०१४ मा अन्तराष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको तथ्याङ्कमा चाइनाले अमेरिकालाई उछिनेर विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुन सफल भएको देखाइएकोछ ।

‘ली म्यान ब्रदर्श’ टाट पल्टेको घोषणा हुनु केही महिना अघि द ग्रोथ म्यापका लेखक जीम ओ’नील लुक्लाको तेन्जिङ हिलारी एअरपोर्ट हुॅदै एभरेष्ट वेशक्याम्प पुगेका थिए । त्यहाँबाट  तिव्वततिर हुँदै गरेको व्यापारिक कारोबार देखेपछि उनलाई लाग्यो कि ‘ वास्तवमा ग्लोबलाईजेशन यहाँ मजाले जमेको रहेछ’ । उनले भनेका छन- ‘‘ग्लोबलाईजेशन मुलतः अमेरिकीकरण होईन, बरु बाँकी देशहरुमा रहेका आ-आफ्नै संभावना र बिशिष्ट बिशेषताहरु समेटिएको  मौलिकिकरण हो ।’’

द ग्रोथ म्यापमा चिन र भारत आर्थिक हिसाबले यतिबिघ्न अगाडी आउन सक्नुको पछाडी जिमले जनसंख्याको ठूलो आकार (पेज ३२) र सस्तो श्रमलाई प्रमुख कारण भनेका छन तर उनले रसियाको बारेमा भने ‘श्रमशक्ती क्षय हुँदै गरेको’ भनेका छन ।  अर्थशास्त्रका पिता एडम स्मिथले पनि जनशक्तिलाई नै राष्ट्रको धन मानेका थिए । आन्तरिक राजनीतिमा अहस्तक्षेप र पूर्वाधारको बिकासमा पुरै लगानीको जुन नीति चीनले अख्तियार गर्दै आएको छ त्यस प्रति बिशेत: लगानीबाट बन्चित र राजनितिक अस्थिरता धेरै भएका मुलुकहरु आकर्षित भएकाछन । यसबाट चीन प्रतिको आशा बढेर गएको देखिन्छ ।

जीमले एउटा अनुभव बाँडदै लेखेका छन- ”एक पटक ब्ल्याक स्टोन कम्पनीका उपाध्यक्ष ब्य्रोन विएनले चीन गएका वेला चिनिया युवाहरुलाई ‘मताधिकार प्रयोग गर्न नपाउँदा कस्तो महसुस हुन्छ’ भनेर सोधेका थिए । जवाफमा एक युवाले भने- भोट गर्न नपाउँदैमा के भो त ! अमेरिकामा यो अधिकार त छ, तर आधाले मात्रै प्रयोग गर्छन् । यदी भोटिङ त्यस्तो महान कुरा, जस्तो की सेक्स, हुन्थ्यो भने सबैले गर्थे” । भनाइको मतलव बिकास र सुविधाका अगाडि मताधिकाको कुरालाई चिनिया युवाहरु त्यती महत्व दिंदैनन । यसरी मानव अधिकार र प्रजातन्त्रलाई कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अौजार बनाइेको छ ।   

उनले टी आर माल्थसको निरासावादी जनसंख्याको सिद्धान्त प्रती ब्यङ गर्दै भनेका छन- अमेरिकामा जतिबेला प्रतिदिन १००,००० घोडाले सवारी साधनको काम गर्नुपर्थ्यो जसका कारण लिदिले भरिएर सडक दुर्गन्धित हुन्थ्यो तर जब फोर्ड मोटर आयो त्यो सबै हराएर गए ।’ बिकल्पहरु हुन्छन खोज्नु मात्र पर्छ । (पेज १२०-१२१)   

त्यसैगरि युरो जस्तै एसियन करेन्सी युनियन (ए सि यु) को अवधारणा (पेज १५३), अमेरिकाले बिशेषगरी चाइना र इण्डियासँग बिशेष खालको संबन्ध बनाउनु पर्ने (पेज १५३), अमेरिकन नेत्रित्वले विश्व ब्यापारका लागि ‘खुला दिमाग’ बनाउनु पर्ने (पेज १६०) कुराहरु सुझाइेएको छ ।

 धेरै रोचक र घोचक तथ्यहरूले खचाखच भरिएको उनको पुस्तकमा नीलले साह्रै घत लाग्दो गरी उदहारण दिएका छन । द ग्रोथ म्यापको निष्कर्श अब विश्वको आर्थिक शक्ती एशियामा सर्दैछ र जि-सेभेनको ठाउँँ ब्रिकले लिनेछ, भन्ने नै हो ।

The Growth Map 

©Jesi

24/12/2015

http://bit.ly/1OjcwQR