पुँजिवादमा आर्थिक असमानता अचम्म होइन, बिशेषता हो  

फ्रान्सका अर्थशस्त्री प्रोफेसर थोमस पिकेटिले अठारौँ शताब्दी पछीका ३०० बर्ष भित्र, खासगरी अमेरिका र युरोपमा, कसरी आयको असमान बितरण भैरहेको छ भन्ने कुरा तथ्यांक र प्रमाण सहित पन्ध्र बर्ष लगाएर गरेको अनुसन्धानात्मक कृति नै ‘क्यापिटल इन द ट्वान्टि फर्स्ट सेन्चुरी’ हो । पहिलो पटक २०१३ मा फ्रेंच भाषामा निस्केको यो किताव २०१४ मै अङ्रेजिमा अनुवादित भै प्रकाशित भयो । ७०० पेजको यो कितावलाई अङ्रेजिमा अनुवाद गरेका थिए- आर्थर गोल्डहम्मरले ।

पुस्तकमा भनिएको छ कि- ‘पूँजिबाट प्राप्त हुने प्रतिफल आर्थिक ब्रिद्धिभन्दा जहिले पनि धेरै हुने गर्दछ अर्थात r > g ( यहाँँ r ले प्रतिफल र g ले ब्रिद्धिको प्रतिनिधित्व गरेका छन ) यही कारणले गर्दा धन सिमित ठाउँमा केन्द्रिक्रित हुन पुग्छ, यसरी हुने धनको असमान बितरणले सामाजिक र आर्थिक अस्थिरतालाई प्रोत्साहित गरिरहेको हुन्छ । यसो हुनु कुनै अनौठो कुरा नभएर पुँजिवादको अन्तर्निहित बिशेषता मात्र हो । त्यसैले अनियन्त्रित रुपमा सिमित ठाउँमा थुप्रिंदै गएको धनमाथि प्रगतिशिल कर लगाएर त्यस्तो असमानतालाई रोक्न सकिन्छ । त्यसका लागि राज्यले ”हस्तक्षेप (intervention)” गर्नुपर्छ । यदि यसो गरिएन र असमानता  रोकिएन भने प्रजातन्त्रका संपूर्ण चरण नै खतरामा पर्ने निस्चित छ ।’

धनीहरुको धन प्रतिको अतिशयोक्ति लालचका बारेमा पिकेटिले लेखेका छन- ‘सुपर म्यानेजर, कार्यकारी, शेयरका दलाल (वल्फ अफ वाल स्ट्रिट), फूटबलर र अरबपतीहरु धन आर्जन गर्दैनन तर त्यसबाट अचाक्ली धेरै तलव (आम्दानी) आर्जन गर्छन् । यो पूर्णतया: ‘चोरि’ को एउटा स्वरुप हो । आम्दानी कसले धेरै कमाउने (चोर्ने) भनेर ती सिमित धनाड्यहरुका बिचमा फोहरी प्रतिस्पर्धा र द्वन्द्व समेत हुने गर्दछ जबकी अधिकांश मानिसहरु निरन्तर गुमाइरहेका हुन्छन ।’ पुँजिवादको यस्तो प्रब्रित्तिलाई उनले ‘माथिल्लो तहमा हुने अचाक्ली’ अर्थात ‘मेरिटोक्र्याटिक एक्सट्रिमिजम’ भनेका छन । यसले समानताको भावना बिरुद्ध काम गरेको छ ।

२०११ मा ”पुँजिवादले काम गरिरहेको छैन” ‘’हामीहरु ९९ प्रतिशत भित्र पर्दछौं’’ भनेर प्रदर्शनहरु भए  । त्यसका सचालक र सहभागिहरु सत प्रतिशत ठीक छन भनेर पिकेटिले ठोकुवा गरेका छन ।   .       

प्रकाशित भएको करीव डेड बर्षको अवधिमा पन्ध्र लाख प्रति बिक्री हुन सफल ‘बर्षको उत्क्रिष्ठ’ यो किताव सर्वाधिक चर्चामा रहनुको पछाडि ‘समय र बिषय दुबै उपयुक्त’ भएकोले हो भनेर द इकोनोमिस्ट पत्रिकाले प्रतिकृया दिएको छ र लेखकलाई ‘आधुनिक मार्क्स’ को संज्ञा पनि दिएको छ । त्यसैगरी विश्व बैँकले ‘आर्थिक बिचार मै प्रवाह’ दिन सफल पुस्तक भनेको छ भने नोवेल पुरस्कार विजेता अर्थशास्त्री पाउल क्रुग्मनले ‘दशककै सर्बोत्क्रिष्ठ पुस्तक’ मानेका छन । यसरी फ्रान्सका अर्थशस्त्री प्रोफेसर थोमस पिकेटि ‘अर्थशास्त्रको सोचाइ मै आमूल परिवर्तनका लागि दवाव सिर्जना गर्न’ सफल भएका छन ।

असाध्यै धेरै अंक, तालिका र चार्टहरु प्रयोग भएकाले सामान्य मानिसका लागि पुस्तक रुचिकर नलागे पनि ‘प्रोफेशनल’ मानिसहरु त्यसमा पनि आर्थिक असमानताको बिषयमा अभिरुची भएकाहरुले भने निकै बैचारिक शक्ति आर्जन गर्न सक्ने छन । अंक, तालिका र चार्टहरुको प्रयोगले पुस्तकमा प्रस्तुत तथ्यहरुलाई सत्य सावित गरिदिएको छ । बैचारिक हिसाबले असहमती राख्नेहरुलाइ समेत खण्डन गर्न गाह्रो भएको छ ।

©Jesi, 2015

यो पनि 

क्यापिटल इन द ट्वान्टि फर्स्ट सेन्चुरी

पुँजिवादले काम गरिरहेको छैन

रकस्टार इकोनोमिस्ट 

आधुनिक मार्क्स

क्यापिटल इन द ट्वान्टि फर्स्ट सेन्चुरी PDF

A Piketty guide for lifelong learners