बिएनसी घरदैलो सदस्यता अभियान संचालन

वेलायत, वेजिङस्टोक
————————

वेलायत स्थित वेजिङस्टोक नेपाली समाजले घरदैलो सदस्यता अभियान एवं सो क्षेत्रमा बसोवास गर्दै आएका नेपालीहरूको जनगणना गर्ने निर्णय गरेको छ। जस अनुसार बीएनसीका पूर्व अध्यक्ष, कार्य समितिका सम्पूर्ण पदाधिकरी, सल्लाहकारहरूलाई कार्यक्रममा सहभागी भई सफल गराइ दिनका लागि अनुरोध गरिएको छ।

वेजिङस्टोकमा नेपाली सदस्य, घर परिवारहरू थपिदै आए पनि बिएनसीको सदस्यता प्रदान गरेर समाजमा स्वागत गर्ने अभियान भने पुरा हुन नसकेकोले घरदैलो सदस्यता अभियान सुरु गरिएको भनिएको छ।

हालसम्म यस नेपाली समाजमा ५०० जनाले मात्र सदस्यता ग्रहण गर्न सक्नु भएको छ। जहाँ सालाखाला पाँच सयदेखि एक हजार परिवारसम्मले बसोवास गर्दै आएको अनुमान छ।

आजिवन सदस्यताकालागि शुरूदेखि नै एक पटक मात्र ५ पाउण्ड शूल्क निर्धारण गरिएको र अझैसम्म यो शुल्क यथावत रहेको छ।

बिएनसीको भाइवर ग्रुपमा अध्यक्ष ओम गुरुङद्वारा जारी गरी सचिव जगदीश वाग्लेमार्फत प्रेषित सूचनामा भनिएको छ- ‘यहॅाहरू कै सुझाव सल्लाह अनुरूप नै नव-आगन्तुकहरूलाई समाजमा जोडने, सरेर अन्यत्र जानु भएकाहरूको रेकर्ड अद्यावधिक गर्ने, र वेजिङस्टोक मै रहेर पनि समाजमा  जोडिने अभिलाषा हालसम्म पुरा गर्न नसक्नु भएका सवैलाई सदस्यता प्रदान गर्ने अभियान थालनी गरेका छौ।’

जस अनुसार क्षेत्र र समुह विभाजन गरी देहायमा उल्लेखित प्रतिष्ठित व्यक्तित्वको संयोजकत्वमा “घरदैलो सदस्यता अभियान” मा जान लागिएको व्यहोरा अनुरोध गर्दै अगाडी भनिएको छ ‘आ-आफ्नो  ठाउँबाट छलफल र सल्लाहमा जुटी सवै आदरणीय नेपाली जनका घर घरमा पुगी बिएनसीको थप सदस्य वन्ने, बनाउने कार्यमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरिएको छ! अन्तमा, ‘सदस्यता लिने नलिने कुरा सवैको आ-आफ्नो इच्छा र विचार हो। जे भए पनि त्यसलाई हामी कदर गर्दछौं’ भनिएको छ।

 समुह, कार्य विभाजन निम्न अनुसार हुन गरी जिम्मेवारी तोकिएको पनि सूचनामा जनाइएको छ-

1️⃣

1. Som shrestha – team coordinator.
2. Krishna(Himal) Gurung
3. Capt. Pancha Bir Rai
4. Om gurung.
——————————————-

2️⃣

1. Subarna Gurung – Team coordinator.
2. Poonam gurung
3. Shibaji shrestha
4. Nisha sharma
5. Maj, Khusiman Gurung.
———————————

3️⃣

1. Bal thapa – team coordinator.
2. Tilbikram sambihangphe 
3. Bem Thapa
4. Shiva Dhoj  Rai
5. Santa Chand Shahi
6. Sudha gurung

———————————

4️⃣

1. Kumar Ghale – team coordinator 
2. Jagdish wagle.
3. Narendra (Kazi)Rai.

———————————

5️⃣

1. Tek B  Rai – team coordinator.
2. Yog Kumar Phagami.
3. Santos gurung
4. Ram  Rai
5. Amrita Limbu
6. Priya Limbu
7. chitra Gurung.
8. Subash pun.

———————————

6️⃣

1. Bijay length – team coordinator.
2. Navraj rai 
3. Capt, Harka Raj Rai
4. Basanta gurung
5. Prasad rai
6. Jiwan gurung.

———————————

7️⃣

1. Durga gurung – team coordinator.
2. Dhurba Devi gurung.
3. Maj, Krishna gurung

———————————

8️⃣

1. Lanka gurung – team coordinator.
2. Uttarsundas.
3. Bishnu Gurung.
4. Om Gurung

2 thoughts on “बिएनसी घरदैलो सदस्यता अभियान संचालन

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.