वेलायतमा नेपालीले मनाए दशैं र विन्टर पार्टी साँझ

वेलायत, वेलायत स्थित बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले हालै बडादशैं र तिहारको अवसर पारेर १ अक्टोवरका दिन ‘शितकालिन पार्टी’ सम्पन्न गरेको समाचार छ। उक्त दिन नवरात्र मध्येको फूलपातिको दिन समेत पर्न गएको थियो।

बेजिङस्टोकमा बसोवास गर्ने नेपालीहरूको उत्साह वर्धक सहभागिता रहेको उक्त भव्य समारोहको प्रमुख अतिथि एवं वेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र समाजका अध्यक्ष ओम गुरुङले नेपाली परम्परा अनुसार पानसमा वत्ती बालेर कार्यक्रमको संयुक्त रुपमा उदघाटन गर्नु भयो।

दुई चरणमा विभाजित बीएनसी शितकालिन पार्टी- पहिलो चरणमा उद्घाटन र दोश्रोमा सांस्कृतिक कार्यक्रमलाई संयोजन गरिएको थियो।

समारोहको प्रमुख अतिथिको आसनमा वेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र विशेष अतिथिमा वेलायतकी मेम्वर अफ पार्लियामेन्ट–एम पी (सांसद) माननीय मारिया मिलर रहनु भएको थियो। 

कार्यक्रमको संचालन र आगन्तुकहरूको स्वागत गर्दै सचिव जगदीश वाग्लेले बीएनसीका बारेमा छोटो चिनारी दिनु भयो भने हेल्थ एन्ड सेफ्टीबारे बीएनसीका उपाध्यक्ष विजय लिङथेपले प्रकाश पार्नु भयो। कार्यक्रममा स्वागत मन्तव्य बीएनसीका अर्का उपाध्यक्ष एवं शितकालिन पार्टी संयोजक दुर्गा गुरुङले ब्यक्त गर्नु भयो।

मन्तव्यका क्रममा, बिशेष अतिथि एवं वेलयतकी मेम्वर अफ पार्लियामेन्ट–एम पी (सांसद) माननीय मारिया मिलरले बेजिङस्टोक नेपाली समाज (बीएनसी) द्वारा आयोजित यस कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आयोजक समाजलाई धन्यवाद दिनुभयो।

आफ्नो केही घण्टा पछि हुने विदेश भ्रमणको व्यस्त कार्यक्रम बिच पनि नेपाली समाजको यो साँझलाई छुटाउन नचाहेकोले उपस्थित भएको सांसद मिलरले वताउनु भयो। सांसद मिलरले नेपालीहरूको लगनशिलता, अनुशासन र सामुदायिक भावनाको आफूले नजिकबाट अनुभव गर्न पाएकोले अत्यन्तै हर्ष लागेको बताउनु भयो। नेपाली समाजको उन्नति र स्थायित्वकालागि आफू सँधै प्रयाशरत रहने प्रण पनि गर्नु भयो।  

तीन घन्टाभन्दा धेरै समय विताएर मारिया मिलरले प्रस्तुत कार्यक्रमबाट आनन्द लिनु भयो भने नाची रहेका नेपालीहरूबिच पटक पटक आँफै नाचगानमा सहभागी भएर दर्शक, कलाकारहरूलाई प्रोत्साहित पनि गरिरहनु भएको देखिन्थ्यो।    

प्रमुख आतिथ्यता गर्नु भएका नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बेजिङस्टोकमा रहँदै आउनु भएका नेपालीहरूको एकता, समाजसेवा र सामुदायिक भावनाबाट अत्यन्तै प्रभावित भएको बताउनु भयो। वेलयातमा रहेका नेपाली समाजमध्ये बेजिङस्टोक नेपाली समाज (बीएनसी) ठूलो र सफल रहेकोमा प्रशंसा गर्नुभयो। स्मरणिय रहेस, बीएनसीमा हालसम्म छ सय पचास भन्दा धेरै नेपालीहरूले सदस्यता लिई सकेको समाचार छ।

यसै क्रममा, प्रमुख अतिथि महामहिम आचार्यले हालैमा भएको महारानी एलिजावेथ द्वितीयाको देहावसानले आफू र सम्पूर्ण नेपाली दुखित भएको बताउँदै वहाँले अगाडी भन्नु भयो- ‘महारानी एलिजावेथले पटक पटक नेपालमा गर्नु भएको भ्रमण, नेपाल र वेलायत विच रहेको दौत्य सम्बन्ध, नेपालीहरूले वेलायतको इतिहासमा पुर्याएको योगदानले दुई मुलुक बिच प्रगाढ सम्बन्ध रहेको प्रमाणित गर्दछ।‘

मन्तव्यकै क्रममा महामहिम राजदूत आचार्यले नेपालीहरूको विविध संस्कृति झल्कने प्रस्तुत कार्यक्रमले आफूलाई गौरवान्वीत वनाएको, नेपालसँग जेडेको पनि वताउनु भयो र कार्यक्रमको सफलताको कामना गर्नु भयो। साथै राजदूत आचार्यले विजया दशमिका नवरात्र मध्ये फूलपातिका दिन १ अक्टोवरमा अयोजित उक्त कार्यक्रममा सवैलाई बिजया दशमीको शुभकामना पनि व्यक्त गर्नु भएको थियो।

महामहिम राजदूत आचार्यको स्वागतमा पञ्चकन्याहरूले पुष्प गुच्छा चडाएका थिए भने अध्यक्ष ओमगुरुङले खादा ओडाउनु भएको थियो।

नेपालवाट आउनु भएका ख्याति प्राप्त कलाकार तारा श्रीष मगर र दिपक लिम्बुको सहभागिता रहेको उक्त दोश्रो चरणको सांगितिक कार्यक्रममा झण्डै चार सय नेपाली दर्शकको उपस्थिति रहेको थियो। कार्यक्रममा लाखे नाच, चन्डी नाच, विभिन्न नृत्य, गीत, संगित प्रस्तुत थिए।  

उक्त कार्यक्रममा सफलता पूर्वक उच्च शिक्षा हासिल गर्नु भएका नौ जना व्यक्तित्वहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। सम्मानका क्रममा  महामहिम राजदूत आचार्यले प्रशंसा पत्र वितरण गर्नुभयो। प्रशंसा पत्र पाउने नौ जना व्यक्तित्वहरू मध्ये स्नातकोत्तर तहमा आलन गुरुङ (स्नातकोत्तर तह), जिगिषा वाग्ले र तायुङ राई हुनुहुन्थ्यो भने स्नातक तहमा अधिप वाग्ले, अशिम राई, असमछा राई, बर्ण तिवारी, रुजुल तिवारी र प्रितम थापा हुनुहुन्थ्यो।

यसैगरी बीएनसीको उन्नतिका लागि उच्च स्वयम सेवा गर्नु भएका अन्य नौ जना महानुभावहरू पनि सम्मानित हुनु भयो। यसरी सम्मान पाउनेहरूमा नरेन्द्र राई (काजी), बलबहादुर थापा, घनेन्द्र तुम्रुक, श्रीमान-श्रीमती तारा पुन, नवराज राई, टेक बहादुर राई, उत्तर सुन्दास, लङ्का गुरुङ र कृष्ण गुरुङ हुनुहुन्थ्यो।

भलिवल र फुटवल तर्फ सम्मानित हुनेहरूमा भलिवल संयोजक दुर्गा गुरुङ र फुटवल तर्फ विवश राई हुनुहुन्थ्यो। यसै गरी डीजे शन्तोष गुरुङलाई पनि खादा ओडाएर सम्मान गरि‍एको थियो।

नेपाली राजदूतावासकी कर्मचारी सहचरी पुजन पाण्डे पनि माहामहिम राजदूतसँगै कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। वहाँले कार्यक्रम सफल रहेको भन्नु भयो। पहिलो शत्रको कार्यक्रम बीएनसीका अध्यक्ष ओम गुरुङले धन्यवाद सहित समापन गर्नु भयो।

राफल ड्र को लागि पुरस्कारको सौजन्य क्या. सूर्य प्रकाश गुरुङ्बाट वहाँका स्व. ससुरा जुम बहादुर गुरुङको स्मृतिमा आधा तोलाको बेरुवा सुनको औंठी प्रथम, हाइट मोर्गेजका तर्फबाट मेनेजिङ डाइरेक्टर सुवास पुनले सूनको चन्द्रमा, गोरखा ग्रोसरीका तर्फबाट मेनेजिङ डाइरेक्टर बल बहादुर थापाले तेश्रो र बीएसके इन्टरटेन्टमेन्टका तर्फबाट शान्त्वना पुरस्कार उपलब्ध गराईएको थियो।  

यस बिच वेलायत स्थित बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले सदस्यता घर दैलो अभियान, तीज पार्टी, भलिवल प्रतियोगिता, डा. महाविर पुनसँगको भेटघाट, स्व महारानी एलिजावेथको शोक सभा जस्ता कार्यक्रम पनि संम्पन्न गरेको छ। दिपावलीको अवसरमा २२ अक्टोवरका दिन देउसी-भैलोको कार्यक्रम पनि आयोजना गरिंदै छ।

तपाईको बिचार

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.