बि सं २००६ मा सुवर्ण समशेर बि पी कोइरालाको पार्टि मिलेर नेपाली कांग्रेसमा परिणत भएपछि बि पी कोइरालाले सुवर्ण समशेरकै पार्टिको झण्डालाई नयाँ पार्टिको झण्डा बनाउने निर्णय गर्नुभयो नेपाल डेमोक्र्याटिक कांग्रेसले प्रयोग गरि आएको अहिलेको नेपाली कांग्रेसको झण्डालाई मान्यता नदिन परेको दवावलाई प्रतिकार गर्दै बि पी कोइरालाले भन्नु भयो– ‘धेरै संख्यामा बनाइ सकिएका ती झण्डा अस्विकार गर्दा ठुलो आर्थिक क्षति हुन्छ।

झण्डामा भएका चार ताराले राष्ट्रराष्ट्रियता, प्रजातन्त्र, समाजवाद धर्म स्वतन्त्रताको प्रतिनिधित्व गर्दछन भने, रातो धर्का मध्ये एउटाले प्रजातन्त्रका लागि क्रान्ति, सेतोले शान्ति अर्काे रातोले प्रजातन्त्र संरक्षणका लागि सुकिलामुकिलाहरु; ‘’भूँइफुट्टा वर्ग’’ को बिरुद्ध पुन: क्रान्ति भन्ने मान्यता राखेका छन। तर अहिले बदलिएको सन्दर्भमा ती मान्यताहरु संकटमा परेको अवस्था । नेपाली कांग्रेसको बिधान २०१७ को (संसोधन २०६६) परिच्छेद १ को दफा २ मा उध्येश्य बारे लेखिएको छ, जहाँ धार्मिक स्वतन्त्रता बारे केहि बोलिएको छैन; केवल राष्ट्रियता, लोकतन्त्र र समाजवाद मात्र उल्लेख छ ।    

नेपाली कांग्रेसले राष्ट्रियताको व्याख्या गर्दा सम्बैधानिक राजतन्त्रलाई मान्यता दिएको थियो, तर अहिले राजतन्त्र छैन। देश संघिय गणतन्त्रमा गईसकेको छ। प्रजातन्त्र जनजीविकाको लागि नभएर सुकिलामुकिलाहरुको विलाश बनेको , प्रजातन्त्रको नाममा कुसंस्कारहरु भित्रिएका छन्। कांग्रेसले समाजवाद छोडिसकेको त्यसको स्थानमहतोनोमिक्सले लिएको छ। असमानता बढेको ; आर्थिक न्याय छैन । पन्चान्नब्बे प्रतिशत आवाजको उपेक्षा गर्दै धार्मिक स्वतन्त्रतालाइ एक कदम अगाडि घचेटेर निरपेक्ष तिर धकेलिएको छ।

वास्तवमा राजा नहुँदैमा राष्ट्रियता कमजोर हुन्छ भन्ने कुरा प्रमाणीत छैन । राजतन्त्र फ्यालेर बलियो हुने देशहरु पनि छन; जस्तै फ्रान्स । राजतन्त्र रहँदैमा अस्तव्यस्त हुने पनि होइन । हामीले भन्ने गरेकोवेष्टमिनिष्टेरियलप्रजातन्त्रको जननी वेलायतले राजतन्त्रलाइ राष्ट्रियताको प्रतीकको रुपमा मान्दै आएको त्यतिनै ब्यवस्थित सम्पन्न पनि छ । त्यसैले व्यवस्थापनमा हुने कमजोरीलाइ संस्थागत कमजोरी मानेर गल्ति लुकाउनु हुन्न, जुन नेपालमा हुँदै आएको छ। तर बीपीले राष्ट्रियताको सवालमा राजतन्त्रको अपरिहार्यता देख्नुमा आन्तरिक रुपमा पृथ्विनारायण शाहको एकीकरणलाई बिस्तारवाद भनाउन चाहने कटकटिएको तुष वाह्य रुपमा हिमाली भेगलाई आफ्नो सुरक्षा पर्खाल मान्ने भारतीय नीति उत्तर तर्फ़ चिनियाहरुको तिब्वती नीतिको सन्तुलन वा प्रतिरोध प्रमुख हुन। पृथ्विनारायण शाहको एकीकरणलाई बिस्तारवाद भन्नेहरु झन सतहमा आएका छन भने चीन र भारतको सुरक्षा चासो झन बढेर गएको छ। यसलाई डिफेन्स गर्ने विकल्प देशसंग तयार छैन।   

यसपछि काङ्ग्रेस बिस्तारै अर्काको लागि निर्णय लेखिदिने शक्ति हुन पुग्यो। वास्तवमा २००७ देखि अडकिएको सम्बिधान सभाको काम कारवाहीलाइ नेपाली कांग्रेसले आफ्नो मान्यता भने पनि संघियता, गणतन्त्र धर्म निरपेक्षता नेपाली कांग्रेसको राजनैतिक दर्शन हुँदै होइन, मान्न वाध्य भएको हो।  

यसै अनुरुप २०४६ को आन्दोलनसम्म काङ्ग्रेसले नेतृत्व गर्यो सम्बैधानिक राजतन्त्र सहितको प्रजातन्त्रमा साम्यवादीहरुलाई झुकायो। हालांकी आन्दोलनको उर्जा थपिदिने काममा भारतीय नेताहरुको चाक्सी बारीमा भएको गर्जनले हौसाएको थियो। आन्दोलनकारीहरुले त्यसलाई हस्तक्षेप पनि देखेनन, तर मधेश आन्दोलनमा हस्तक्षेप देखिएको छ। त्यतिबेला नेपाल बिरुद्ध लगाएको एक महिना भन्दा लामो नाकावान्दिलाई भारत निष्कर्षमा पुर्याउन चाहान्थ्यो। यहाँसम्म प्रष्ट के थियो भनेकाङ्ग्रेसले सम्बैधानिक राजतन्त्रको आफ्नो मान्यतामा राजा साम्यवादीहरुलाइ सहमत गराउन सक्यो। तर सबै नेपाली शक्ति सहमत भएको यहि मान्यतामा चाक्सीबारीमा गर्जेको भारतीय मन सहमत थियो वा थिएन भन्ने कुरा पछि माओवादी आन्दोलनमा देखियो। जुन अहिले मधेश आन्दोलनमा देखाएको छ, त्यहीं सिके रावतहरु पनि छन। सके आफ्नो अभिष्ठ अहिल्यै पुरा गराउने, नसके सिकेलाइ अघि बढाउने मनसाय बुझिएकोले नेपाली जनता रुष्ठ देखिएका छन।

आन्दोलनको उर्जा थपिदिने काममा भारतीय नेताहरुको चाक्सी बारीमा भएको गर्जनले हौसाएको थियो। आन्दोलनकारीहरुले त्यसलाई हस्तक्षेप पनि देखेनन, तर मधेश आन्दोलनमा हस्तक्षेप देखिएको छ।

अन्तत: लुकामारी खेल्दैखेल्दै बाह्र बुंदे दिल्ली सम्झौतामा ल्याएर काङ्ग्रेसलाई सम्बैधानिक राजतन्त्र त्याग्ने गरि झुकाइयो। यसपछि काङ्ग्रेस बिस्तारै अर्काको लागि निर्णय लेखिदिने शक्ति हुन पुग्यो। वास्तवमा २००७ देखि अडकिएको सम्बिधान सभाको काम कारवाहीलाइ नेपाली कांग्रेसले आफ्नो मान्यता भने पनि संघियता, गणतन्त्र धर्म निरपेक्षता नेपाली कांग्रेसको राजनैतिक दर्शन हुँदै होइन, मान्न वाध्य भएको हो।  

यसरि नेपाली कांग्रेसको झण्डा र त्यसका संकेतहरु बदलिएका राज्यका नितिहरुसंग मेल नखाने गरि प्रतिबिम्बित हुन थालेको देखिएकोले पुनर्परिभाषित गर्नु पर्ने देखिन्छ। केवल एउटा मात्र रातो धर्काको मान्यता जिवित मान्न सकिन्छ, त्यो हो पुन: क्रान्ति अर्थात नयाँ मान्यताहरुको नयाँ परिभाषा सहित नेपाली कांग्रेसलाइ राष्ट्र, जनजीविका, बिकास स्थायित्वको जगमा उभ्याउने गरि फेरी जरैदेखि गर्नु पर्ने आन्दोलन / क्रान्तिको थालनी, वा आन्तरिक जीवनदान।

Advertisements