तस्विरको भाषा

तस्विरको भाषा

कुनै पनि आन्दोलनले हाम्रो  नेत्रित्व गर्न सकिरहेको छैन। बिकास शब्दमा होइन ब्यबहारमा आउनु पर्ने हो। २१ औँ शताब्दिका हामी नेपालीहरु कुन बेला र परिस्थितीले यसरी पिछडिन पुग्यौँ ?! आन्दोलनमा नलागेको पनि होइन, भोट नहालेको पनि होइन, शाहीद नभएको पनि होइन, अथक परिश्रम र कष्ठ न झेलेको पनि होइन, तर पनि सपनाका दिनहरु कहिले बिपना बनेर आएका छैनन; जबकि हामी सँगैका मानिसहरु कल्पनै गर्न नसकिने बिकासको बाटोमा आनन्दित छन, के यो सब हामी जनताको दोष हो, हामीनै मर्नु पर्ने!? कसले दिन्छ यसको जवाफ?

(सबै फोटाहरु गूगल सर्चबाट लिएका हुन, जस तिनै अज्ञात सर्जकहरुलाई जावोस)
OHRLLS-3
जव राज्य विवेकहिन हुन्छ… यी होनहार बालक जसलाई उनकी गरिव आमाले शायद मझेरीमा जन्माइन होला, आजसम्म आइपुग्दा आफ्नो छोराको उज्वल भविष्यको कल्पना गर्दै तिनले गरेको दु:ख कष्ट सहि नसक्नु छ I उता यहि बालकको नाममा बाल श्रमिक बिरुद्ध खरबौ डलर झारियो I दिनेले बालकको हितमा भन्दा आफ्नै हितमा काम गर्नेलाई पुरस्कृत गरे, लिनेले पनि कुरा बुझे र दिनेकै लागि काम गरे बाँकी रहेको आफ्नै महल ठड्याए I त्यतिमात्रै होइन यी जस्तै बालकहरुका लागि न महंगा कलेजको ढोका खुला छ न त निजि हस्पतालाका बेडहरुनै उपलव्ध छन I भारिको बोझले अमिलो अनुहार लिएर राज्य तिर हेरिरहेका यी वालकहरुका निम्ति राज्य कहाँ छ?

nepal-tour
संस्कृति, सभ्यता र इतिहास… देश हुनुको सार्थकता त्यहाको संस्कृति, सभ्यता र इतिहास हो/ यी धरोहरहरु समयका देन हुन/ यिनको सम्मान गर्न नजान्नेहरु कुपुत हुन/ निर्जिव संस्कृति, जसले मानिसलाई जिवन्त बनाएको हुन्छ. जिवन्त हुन खोज्नेहरुले निर्जिव यी संस्कृतिमाथि प्रहार गरेर विनाशको यात्रा किन तयार गर्दाहुन !!!

nepalgirlpainting
नमेटिएको  प्यास … दृश्यमा जसरि प्यासले छटपटिएकि छु, त्यसरीनै जवानीले पनि/ जवानीले जवान र करुवाले गिलास खोज्नु समयको माग हो/ ”कलकल करुवाको पानि …” भनेर जतिनै कविताको स्वर निकाले पनि बिकास अग्रगामी हुन्छ/ हाम्रा नदीनालाका पानिले हाम्रो बिकासको प्यास तृप्त हुन सक्ला?

nepal-cane
भगवानवाद आए पनि रोकिने छैन … यी तिनै किसान हुन जो अहोरात्र यसरि नै जोखिम मोलेर काम गर्छन। उदारवाद, ग्लोबलाइजेशनवाद, पूँजीवाद, साम्यवाद, माओवाद, भगवानवाद, एक मधेश-प्रदेशवाद, गणतन्त्रवाद, प्रजातन्त्रवाद र मानवाधिकारवाद जे वाद आए पनि विश्वका श्रमिकहरुको जिवनमा केही हुने वाला छैन। कम से कम दलालले निचोरेर दिएको ज्याला मजदूरी मात्रै पनि विना रोकतोक निरन्तर चली रहे जहान केटाकेटी पाल्न सजिलो हुने थियो। सिवाय चुनावी भोट र नारा बाहेक यिनका परिवारको लागि कसैले सित्तैमा एक मुठी सहानुभुती दिने छैन। जन्मँदै ‘कर्ममा लेखेको फल’ भोगेका स्वाभिमान निमुखा ‘जनाता’को अंशिक आय पनि बन्द हडताल गरेर बन्द गरिदिन्छन कुकर्मिहरुले, र लाजै नमानी भनिदिन्छन कि ”जनताको लागि”। हे राज्यका तथाकथित अगुवाहरु हो एक घण्टा हामी श्रमिक भई हेर, जनता हुन कति गाह्रो छ …

Nepal_s_water_resources
पानी पानी पानी ... पानी पानी पानीको देश अाज काकाकुलको वस्तीमा खण्डहर हुँदैछ

Nepal_one_Rupee_note_obverse
अर्थ को अनर्थ … यो नोट, मुकुट, मन्दिर सबै ‘अर्थ’ को अनर्थ लाग्दैछ। धन भएनी के गर्नु; मन नभए पछी। खजान्ची सत्यन्द्रप्याराको एउटा मात्र दस्तखत ‘श्रेष्ठ’ मानिने ठाउँमा धेरै सत्य + ईन्द्र + प्याराहरुले दस्तखत गर्नु पर्ला भनेर ‘पश्चिम’ तिरको कालो वादल मडारिन थालेको छ।

NEPAL_(F)_0922_-_Siccità_(550_x_416)
हाम्रो दुनियाँ … हामीलाई तिम्रो गणतन्त्रको के काम !  हामी त आलोपालो पैंचो गरेर खानेहरु हौँ, पाथी नभए पनि के भो र जग त छँदैछ, डेक्ची, बोरा अलिकती अन्न, बश; हाम्रो दुनियाँ। तर अब त्यही पनि खोस्ने ?

kathmandu.jpg1
खै विकल्प … किसानको मेहनतलाई मान्नै पर्छ। यत्राो दु:ख गर्छन्, फलजती दलालले खाइदिन्छ … यहाँँ नगदे वालीभन्दा त पशुपालन र फलफुल खेतीबाट धेरै आम्दानी हुन्थ्यो !

Migrating workers from Nepal...epa03993159 A Nepalese domestic w
स्वाभिमान निमुखा जनता : श्रमिक भई हेर … उदारवाद, ग्लोबलाइजेशनवाद, पूँजीवाद, साम्यवाद, माओवाद, भगवानवाद, एक मधेश-प्रदेशवाद, गणतन्त्रवाद, प्रजातन्त्रवाद र मानवाधिकारवाद जे वाद आए पनि विश्वका श्रमिकहरुको जिवनमा केही हुने वाला छैन। कम से कम दलालले निचोरेर दिएको ज्याला मजदूरी मात्रै पनि विना रोकतोक निरन्तर चली रहे जहान केटाकेटी पाल्न सजिलो हुने थियो। सिवाय चुनावी भोट र नारा बाहेक यिनका परिवारको लागि कसैले सित्तैमा एक मुठी सहानुभुती दिने छैन। जन्मँदै ‘कर्ममा लेखेको फल’ भोगेका स्वाभिमान निमुखा ‘जनता’को अंशिक आय पनि बन्द हडताल गरेर बन्द गरिदिन्छन कुकर्मिहरुले, र लाजै नमानी भनिदिन्छन कि ”जनताको लागि”। हे राज्यका तथाकथित अगुवाहरु हो एक घण्टा हामी श्रमिक भई हेर, जनता हुन कति गाह्रो छ …

kanchenjunga-trek42
जीवन जोखिममा : नेपाली बिकासको मोडल … सिंहदरवारमा शब्द-शब्द को लागि बसेका बर्षौँको मिटिङमा यो खोला, पुल र उपभोक्ताबारे कम्तिमा एकपटक कुर भयो होला र ?!

eee473faa27cb9aba603b4afbc968904
ग्लोबलाइजेशन … तिम्रो बाटोसँग हाम्रो कुनै लेनादेना छैन, तर तिमीले मेरो देशको सामान किन्नै पर्छ, तिम्रा सामानहरुको गुणस्तर एकदमै कम छ, त्यसैले हामी त्यस्तो सामान किन्दैनौ, तिमी पनि उत्पादन बन्द गर र मेरो किन.

image004(1)

ght-far-west-exploratory

download

bandipur-hiking-nepal

203

_DSC8992_042

देश आज पनि उस्तै छ …

महिलाको थाप्लोको नाम्लो, परालको भारी, मेवाको बोट र भत्केको पर्खालले भन्छ … नेताहरु ‘फेरिरहने’ मेरो देश आज पनि उस्तै छ.

—————————–


अर्गानिक नेपाल
अर्गानिक नेपाल

IRIN_Nepal Risk Reduction Consortium_0

नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन
नांगा डाँडा र हली गोरुले देश कृषि प्रधान हुन सक्तैन

nepal-election-2013-results-disputed-maoists-nepali-congress-united-marxist-leninist-UML

CA_20150120011744

16228962852_a3d8979377_o

16228962782_12521d7ec7_o

16227902751_b0c20eaa30_o

16043659199_7a44569813_o

1337798124-white-shirt-rally-for-peace-and-harmony-held-in-kathmandu_1232396

teared shoes poor

गणतन्त्र यो किसानको समस्या हो?!
गणतन्त्र यो किसानको समस्या हो?!
दाईँ, दँगेरा र कुनियो देख्दा कर्लुङे कामी दाईसँग दाइँको अघिल्लो दिन खलोमा परालको भारिहरु मिलाएर सङै सुतेको याद आयो, र यो गीत पनि ''हामरो घरका सयवटा दुला'' । कर्लुङे दाईले पछीसम्म मलाई यो गीत गाएर त्यती बेलाको याद दिलाउँथे ।
दाईँ, दँगेरा र कुनियो देख्दा कर्लुङे कामी दाईसँग दाइँको अघिल्लो दिन खलोमा परालको भारिहरु मिलाएर सङै सुतेको याद आयो, र यो गीत पनि ”हामरो घरका सयवटा दुला” । कर्लुङे दाईले पछीसम्म मलाई यो गीत गाएर त्यती बेलाको याद दिलाउँथे ।

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s