बिकासको प्रतिफल सबैका लागि; सँधैका लागि

वर्तमान समाजले बिकासको प्रभाव, अभाव र दवावको सामना गरिरहेको छ। चुलिएको आर्थिक असमानता र पर्यावरणिय संकट समाधानको बिषयमा सर्वत्र चासो र चिन्ता ब्यक्त भएका छन र नविन ढंगबाट सोच्न थालिएको छ। मुलत: प्रचलित अर्थिक धारणा, प्रजातन्त्र र मानव अधिकारको प्रयोगले आम मानिसको क्षमता बृद्धि (capability empowerment) भएको छ वा जोखिमहरू थपिएका छन भन्ने दूरविन (lens) बाट बिकासको सिध्दान्त र व्यवहारलाई यहाँ नियाल्ने कोशिस गरिएको छ । स्मरणिय छ कि- गरिबीको बन्धनबाट मुक्त हुन सक्ने अवसरलाई नै ‘स्वतन्त्रता’ वहाली भएको अर्थमा बुझ्न जरुरी छ। त्यसैगरी बिकासको लक्ष आर्थिक वृद्धि त हो, तर त्योभन्दा धेरै दीगो कल्याण र क्षमताको बिस्तार हो। अत: बिकासको प्रतिफल सबैका लागि; सँधैका लागि भन्ने मान्यता र उपायहरु प्रति समर्पित रहेर नविन अवधारणाका बारेमा आफ्ना बिचारहरु राख्न सिमान्तले सहयोग गरेको छ । यो प्रयासमा तपाईंको सहयोग, सदभाव र सुझावको अपेक्षा गरेको छु ।
अलग बिचारको प्रस्तुति
चित्रमा विचित्र संसार
नियमित पोष्ट
- विद्धुतीय गाडीमात्रै समस्याको समाधान होइन!विकासको चौबाटोमा अलमलिएको नेपालको समस्याग्रस्त यातायातले निश्चित रूपमा सुधार खोजेको छ। नेपालको यातायात असाध्यै असुरक्षित छ। वातावरणमैत्री छैन, नत अपाङ्तामैत्री नै छ। यातायात सुविधाका विकल्पहरु कम छन्, बहुआयामिक पनि छैन। त्यतिमात्र होइन नागरिकलाई अकाल मृत्युको भुमरीमा पनि जाकेको छ। तर यता विलाशी मानशिकताको प्रतिस्पर्धा चुलिएको छ। सवारी साधनको अनियन्त्रित आयात र लगानी बढेको छ। शहरहरु…
- रानीपोखरी हाँस्दा किन रुन्छ खुलामञ्च!जगदीश वाग्ले वीर अस्पताल (स्वास्थ्य) अगाडीको खुलामञ्च र दरवार हाई स्कुल (शिक्षा) अगाडीको रानीपोखरी (पुनर्जिवन पाएको) विच के प्रतिकात्मक संकेत हुन सक्ला?! वीर अस्पतालमा भारतीय लगानी र दरवारहाईस्कुलमा चीनीया लगानी छ! वीर अस्पतालले स्वास्थ्य र दरवार हाई स्कुलले शिक्षाको प्रतिनिधित्व गर्दछन् भन्दा फरक परोइन। यता खुलामञ्चलाई स्वतन्त्रताको रूपमा पनि लिने गरिन्छ भने रानीपोखरी इतिहास र…
- देवता, डाक्टर र पिताजी(सुलेख मासिक, वर्ष ७, अङ्क ६, पूर्णाङ ७३, २०७५ असोजमा प्रकाशित आत्मपरक निबन्ध) त्रिभुवनचन्द्र वाग्ले पिताजी अहिले हामीबीच हुनुहुन्न । वि.सं. २०६३ पुस ९ गते निधन भएपछि उहाँ सम्झनामा मात्र हुनुहुन्छ । एउटा सामान्य नेपाली उहाँको जीवनी र अनुभव आमपाठकका लागि रूचिकर नहुन सक्छ । लामो कालखण्डमा मानिसका जीवनमा आएका उतारचढावलाई रङ्मसला दलेर लेखिने वर्णन…
- हाँस्छ खुसी | कवितावाद! हारेको जिन्दगी खुशी खोसियो रे हाँसो सुकेको छ रे दुःख रोपिएको छ रे काँडैकाँडाको लहरामा वाक्क दिक्क फैलिएको जतासुकै घोच्छमात्रै चुराको झंकारमा मिसिएर ओइरिहन्छ कर्कस थालभरी ठोक्किँदै सुस्केरा कानमा विवाद!! हार होइन जितेका युध्द- सेनापती पुरुष, सन्तान उक्लिएको शैली रङ्गिएको चाल पाङ्ग्रामा गुडेको गती हिमाल उठेकोछ धरती लमतन्न सुतेकोछ विजय जिवीतै छ पराजित हार…
- एमसीसी पारित नहुने पक्का, म्याद थप्न पत्राचारकाठमाण्डौ – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समय असार १६ गतेभित्र संसदबाट पारित नहुने पक्का भएको छ । सभामुखद्वारा प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेकालागि बोलाएपछि उक्त मितिमा एमसीसी पारित नहुने पक्का भएको हो । पार्टीभित्रै विवादित बनिरहेको एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्नेमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्ड दाहाल कै मत नमिलेपछि मंगलबार…
- गीता : सोह्रौं अध्याययस अध्यायमा व्यक्ति/मानिसको प्रवृति वा स्वभाव र बानी वा व्यवहारका बारेमा भगवान श्रीकृष्णले पार्थ (अर्जुन)लाई सिकाएका छन । व्यक्तिको स्वभाव जन्मसिद्ध प्राप्त हुने गर्दछ भने व्यवहार समाजको चालचलनले निर्धारण गर्दछ । व्यवहार परिवर्तनशील हुन्छ, तर स्वभावमा परिवर्तन ल्याउनु कठिन कार्य हो । आचार्य द्रोणको शिष्य भएर पनि दुर्योधनको व्यवहारमा आउन नसकेको परिवर्तनले स्वभावलाई जनाउँछ भने…
- गीता : सत्रौं अध्यायगीताको सत्रौं अध्यायमा अर्जुनले भगवान श्रीकृष्णसँग प्रश्न गरेका छन कि – निष्ठा भनेको के हो ? अर्थात शास्त्रको विधि नअपनाई गरेको भक्तिभाव कस्तो हुन्छ भनेर सोधेका छन । त्यसैगरी यसै अध्यायमा कस्ता व्यक्तिलाई सात्विक, राजसी र तामसी भनिन्छ भनेर मानिसको गुणका बारेमा पनि सोधिएको छ । उत्तरमा श्रीकृष्णले अर्जुनलाई बताएका छन् कि प्रत्येक मानिस अलग…
- गीता : अठारौँ अध्यायगीतालाई अठार अध्यायमा विभाजन गरिएको छ र यो नै अन्तिम/समापन अध्याय पनि हो । यो अध्याय मुलत: माथिका सत्र अध्यायहरुमा वर्णन गरिएका कुराहरुको निष्कर्ष हो । भगवान श्रीकृष्णले अर्जुनलाई सत्र अध्यायसम्म जे जति अर्ति उपदेश दिए त्यसैको सार हो अठारौँ अध्याय । यस अध्यायमा भगवान श्रीकृष्णले आफ्ना सवै बिचार सुनिसकेपछि अर्जुनलाई स्वनिर्णय लिन स्वतन्त्र छोडिदिएका…
- गीता र महाभारतसबै संकट विपत्तिका रुपमा मात्रै आउँदैनन, बरु अवसर पनि ल्याएका हुन्छन । डिसेम्वर २०१९ को अन्ततिर चीनको हुवान प्रान्तबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसले अहिलेसम्म करिव चार लाख मानिसको ज्यान लिएको छ । मानिसहरु पुरै लकडाउनमा छन् । मानिसका सम्पूर्ण गतिविधि अवरुद्ध भएका छन् । किन यस्तो भयो, यसको निराकरणका लागि पूर्वीय दर्शनमा के…
- सुरक्षित भविष्य छनौट गर्ने बेलामहामारीको आभाष हुँदाहुँदै पनि आधुनिक राज्य संयन्त्रले सन १९१८ ताकाको स्पेनिस फ्लु रोक्न अपनाईएको कठोर लकडाउन विधि नै कोरोना रोकथामको अचुक उपाय ठान्यो । अनि संक्रमणको प्रारम्भ मै स्वास्थ्य सेवामा नभई नहुने आधारभूत सामग्रीको चरम अभाव भयो । मानौं, महामारी लम्बिँदै गयो वा यो भन्दा ठूलो महामारीको सामना गर्नु पर्यो भने ‘चौथो औद्योगिक क्रान्ति (फोर्थ…
- बैदेशिक रोजगारीका बिकराल समस्याहरुपछिल्लो समय, चितवनका सन्तोषले १३ वर्षसम्म ५५ डिग्री तापाक्रममा परिश्रम गरेर पठाएको सबै पैसो कुम्ल्याएर उनकी श्रीमती प्रमिला परपुरुषसंग गईन । उनी दुई सन्तानकी आमा हुन । त्यसैगरी तनहुँको बाईसजंगारे निवासी आर्को परिवारमा पनि यस्तै घटना घटेको छ । श्रीमती अनुपा पनि लोग्नेले कमाइ गरेर पठाएको पैसो सहित वेपत्ता छिन । यिनी पनि दुई सन्तानकी आमा हुन । बैदेशिक…
- एनआरएनको प्राथमिकतामा नेपालीको सडक सुरक्षा किन परेन ! – परदेशी . PARADESHIसडक सुरक्षा गैह्र आवासिय नेपाली संघ (एन आर एन) को २०१९-२१ अवधिका लागि गठित कार्य समितिले नेपालको सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर एक समन्वय समिति मार्फत कार्यक्रम नै संचालनमा ल्याएको छ। सडक दुर्घटनामा परेर दिनहुँ मृत्यु वरण, घाईते र पिडीत हुन वाध्य निर्दोष करदाताहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नु एन आर एनको सह्रानीय कार्य हो। कुल……