खोलेर ऐरा, मृग एक मारी
बाँडी कलेजो, जति छन शिकारी
बिलो लिए झैं सारमा उनेर
यो राज्य बाँडने चिज हैन हेर ।।

थुतिन्छ पत्ता, जब खातबाट
सिद्धिन्छ शोभा, अनि फूलबाट
पारिन्छ सत्ता, जब खण्ड-खण्ड
रहन्छ के राज्य, त्यहाँ अखण्ड ।।

-राष्ट्रकवि माधव प्रसाद घिमिरे 

Advertisements