सेक्सपीयरको घर पुग्दा बिकासको मति र गति जे देखियो

करिव एक बर्ष अघि अर्थात ११ जुलाई २०१८ का दिन विश्वविख्यात कवि सेक्सपियरको गाउँ (अहिले स्ट्राटफोर्ड शहर)  जाने अवसर जुट्यो । खासगरी वेलायत आएको धेरै भएको भएता पनि यस कुरामा ध्यान भने गएको थिएन तर मित्र सुजनजीले यो आकर्षक पक्षलाई अगाडि ल्याएर भन्नु भयो दाई एक पटक फुर्सदमा त्यता पनि जानु पर्ने ! मलाइ लाग्यो … Continue reading सेक्सपीयरको घर पुग्दा बिकासको मति र गति जे देखियो

Advertisements

असमानता ,पर्यावरणिय संकट र अर्थशास्त्र

आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा विकासका नाममा आमूल परिवर्तन भएको कुरामा विवाद छैन तर अहिलेको उन्नति नै विकल्परहित हो त भन्ने कुरामा चाहिं विवाद हुन सक्छ । मानिसले चाहेको दीगो बिकास, उन्नत जीवनस्तर र शान्ति हो । ती उपलब्धिलाई नै संकटमा पार्ने गरि देखिएका पर्यावरण, आर्थिक असमानता र खाध्य बस्तुको अभाव जस्ता चुनौतीहरु चाहिं चिन्ताको बिषय … Continue reading असमानता ,पर्यावरणिय संकट र अर्थशास्त्र

संवृद्धि : सन्दर्भ,अर्थ र बुझाई

नेपालमा संवृद्धिलाई गलत तरिकाबाट बुझ्न खोजिएको छ । त्यसैले समस्याहरु समाधान हुनेभन्दा झन्झन् बल्झिंदै गएका छन । युवाहरु स्वदेशमा रोजगारीको अवसर नभएकोले दुखका साथ विदेशिएका छन, उनीहरुमा परिवार विछोडको पिडा छ । नयाँ ठाउँको बसाइ उकुसमुकुस लागिरहेको छ ! तर पनि रातो दिन ज्यालादारी गरेको पैसो स्वदेशमा पठाएर आफ्नो र परिवारको गुजारामात्रै गरेका छैनन, देशको … Continue reading संवृद्धि : सन्दर्भ,अर्थ र बुझाई

ग्लोबल हुन नसकेको ग्लोबलाइजेशन

अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।

प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिका फेरी राष्ट्रपतिको निर्वाचनमा जुटेको छ । अमेरिका भित्रमात्रै होइन विश्वभरि सबैको ध्यान तान्ने चुनावमा धेरै जोड घटाउ हुने गर्छ; खासगरी यो वा त्यो उमेदवारका पक्षमा ! विदेश नीतिमा कमजोर र विवादास्पद देखिएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक लोकप्रियता कम आँक्न सकिने अवस्था छैन । फेरी यो चुनाव पनि उनैको हातमा … Continue reading प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

मोदीमय भारत र जिमको ग्रोथ म्याप

मोदी, छिमेक र ब्यवहार

लेखक तथा अर्थबिज्ञ जिम ओ' निलले आफ्नो पुस्तक "द ग्रोथ म्याप" मा विश्व अर्थतन्त्र बारे उदघोष गरेका छन् कि सन २०३५ सम्म अमेरिकालाई उछिनेर चाइना विश्वको सबैभन्दा शक्तिशालि अर्थतन्त्रका रुपमा उदय हुनेछ । अमेरिका दोश्रो र भारत तेश्रो शक्तिका रुपमा उदाउने कुरा पनि त्यसै पुस्तकमा उल्लेख छ । त्यस्तै सन २०५० सम्म वृक (ब्राजिल, रसिया, … Continue reading मोदीमय भारत र जिमको ग्रोथ म्याप

सम्वृद्धि: ब्यक्तिगत क्षमताको बिस्तार

हिजोको पोष्ठमा सम्वृद्धि "सडक चौडा र घर अग्लो पार्दैमा आउँदैन, जनताको उपभोग गर्न सक्ने क्षमतामा पनि बिस्तार भएको हुनुपर्छ" भनेर लेखिएको थियो । आज, कसरि जनताको उपभोग गर्न सक्ने क्षमतामा बिस्तार हुन्छ भनेर दृष्टान्त प्रस्तुत गर्ने जमर्को गरिंदै छ । यस बिषयलाई नेपालका विकासवादी व्यक्तित्व र संस्थाहरुले गम्भिरता पूर्वका लिएको पाइन्न । त्यसैले होला, घर … Continue reading सम्वृद्धि: ब्यक्तिगत क्षमताको बिस्तार

सम्वृद्धि र उपभोग

नेपालका सबै जसो राजनैतिक दलहरुले सम्वृद्धि शब्दलाई पेवा झैं प्रयोग गरेको अवस्था छ । तर असंव्रिद्ध अवस्थाहरुको संव्रिद्धी भयो कि भएन भनेर खोज्यो भने संव्रिद्धी त टुसाएको पनि देख्न सकिन्न । यसै क्रममा जनताको जिवनस्तरलाइ परिवर्तन भएको देखाउने कुराहरुलाई हेर्‍यो भने प्रष्ट देख्न सकिन्छ । जस्तै झिङा, कुकुरको साथमा बेचिने मासु पसल; मान्छे कोच्ने, मार्ने … Continue reading सम्वृद्धि र उपभोग

सम्वृद्धि : मासु पसलको अवस्था

जनजीविकाका सूचकहरू गम्भिर छन्, परिवर्तनको आभाष हुन सकिरहेको छैन । ट्राफिकको दिनचर्या, मासु पसल, फलफुल-तरकारी ब्यापार, बैदेशिक रोजगारी, यातायात सिण्डीकेट, सडक दुर्घटना, सार्वजनिक सौचालय, खानेपानी, घर-घडेरी जताततै अस्तव्यस्त मात्र देखिन्छ ।

सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास

पंचायतका हस्ती सूर्यबहादुर थापा बहुदलिय प्रजातन्त्रको प्रधानमन्त्रिका लागि नेपाली कांग्रेसले त्यतिखेरको अवस्थामा रुचाएका मानिस हुन । बहुदललाई नै दवाउन खोज्ने थापाहरु बहुदलवादिहरुको चाहनामा प्रधानमन्त्रि सुशोभित भएपछि थापाले बालुवाटारका बारेमा एकपटक प्रतिक्रिया दिंदै भनेका थिए- 'हिजो पंचायतमा जुन जुन अनुहारहरु देखिन्थ्ये आज (बहुदलमा) पनि तिनीहरुकै हालीमुहाली चल्दो रहेछ । यदाकदा ब्यक्ति फेरिए पनि धन्दा फेरिएको रहेनछ … Continue reading सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास

नयाँ बर्ष : यस्तो देख्न नपरोस

नयाँ बर्षको शुभकामना ! नयाँ बर्षको शुभ उपलक्षमा यस्तो आशा गरौँ कि सँधै यस्तो समाचारहरु पढन पाइयोस: कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब … Continue reading नयाँ बर्ष : यस्तो देख्न नपरोस

शहरिकरण : बिकराल काठमाण्डौ

नेपालमा जम्मा १४ देखि २१ प्रतिशत जमिन खेती योग्य मानिएको छ, ठोस तथ्याङ्कको अभावमा फरक-फरक संस्थाहरुले दिने गरेको आंकडा फरक पाइने गरेको छ । त्यस मध्ये भक्तपुर सबैभन्दा धेरै उर्बरा शक्ति भएको जमिन मानिन्छ तर आज त्यो ठाउँ पुरै घरले ढाकेर हरियो सागपात पनि बेसाएर खानु पर्ने अवस्था आइसक्यो । संघिय बिकासको पहिलो सिकार प्राकृतिक … Continue reading शहरिकरण : बिकराल काठमाण्डौ

वाइड-बडी: भ्रष्टाचारको सरुवा घाऊ

ठुला ब्यापारमा ठुलैको हात ! राजिव गान्धिलाई "वोफोर्स" लागेको थियो, गिरिजा प्र कोइरालालाई "लाउडा-धमिजा" ! त्यसो त पूर्व भारतीय प्रधान मन्त्री पि भि नरसिंह रावलाई "एनरोन"को कत्रो काण्ड भोगाइयो तर पछि सफाइ पाए ! यी काण्डहरु सुनियोजित थिए - कोही पनि भ्रष्टाचारी प्रमाणित भएनन ! पानमा पेपर आयो- दुनियाँमा कसैलाई केही भएन तर पाकिस्थानि प्रधानमन्त्री … Continue reading वाइड-बडी: भ्रष्टाचारको सरुवा घाऊ

नेपाली राजनीति : स्थायि अस्थिरता

जब १०४ बर्षे जहांनिया शासन अस्थिर लाग्न थाल्यो, पंचायत अस्थिर भयो, महेन्द्र अस्थिर भए, बिरेन्द्र मारिए- झनै अस्थिरता भयो । अस्थिर ज्ञानेन्द्रले के दिन सक्थे स्थिरता ! १७ भाईका सूर्य ब थापा दरवार सिद्ध्याउन लागे, आँफै सक्किए । शासन रुपी त्यो खालमा धेरै जोकरहरु पल्टिए, अर्कैको दाउले खाइदियो- सक्किए । देशमा मात्र स्थिर छन- काण्ड, … Continue reading नेपाली राजनीति : स्थायि अस्थिरता

बौद्धिक गरिविको दुस्चक्र्मा नेपाल

प्राध्यापक माधव पोखरेलले बिकासका बिज्ञहरुलाई धेरै ज्ञानगुनका कुरा दिनु भएको रहेछ। ति बिज्ञहरुले सुन्लान वा सरकारले सुन्ला भनेर त किमार्थ पत्याउन सकिन्न । किनभने नेपालको बिकास जसले गर्न चाहन्न; तिनका हातमा सत्ता, श्रोत र सोच अड्किएको छ; जसले बिकास होस् भन्ने चाहन्छ त्यसलाई दुस्मनकै ब्यवहार गरिन्छ। जस्तो कि नोवेल पुरस्कार विजेता, "ग्लोनलाइजेसन एण्ड डिस्कण्टेण्ट"का लेखक … Continue reading बौद्धिक गरिविको दुस्चक्र्मा नेपाल