प्रतिपक्ष हराएको सूचना


राजनीतिबाट बिमुख हुँदै गएको नेपाली जनताको ठुलो सँख्यालाइ काङ्रेसले कसरी आकर्षित गर्ला, युवा जमातको साथ बिना नेपाली काङ्रेसको सिङो भविश्य धरापमा पर्न सक्छ; सोच्न जरुरी छ ।

काँग्रेस यतिखेर महासमितिको बुख्याँचा लिएर काठमाण्डौँ महा नगरपालिकामा उभिएको छ तर धेरै जसो नगरवासिहरु खासगरी युवाहरुको ठुलो जमात भने या त मिस नेपाल वा नेपाल अाइडलको समाचारमा आकर्षित छ आ-आफ्ना प्रतिद्वन्दी हरुको जितमा शुक्ष्म अध्ययनमा एकलब्य झैँ देखिएको छ । काँग्रेसका इमान्दार कार्यकर्ताहरु भने आफ्नो दलले समुन्द्रको पिँधमा पुगेर मोती टिपेर ल्याउने छ भनेर अहिलेसम्म जे दिए तिनै नेत्रित्वको अगाडि ट्वाल्ल परेर उभिएका छन । उता जनता अब यो देश बन्दैन भन्ने निष्कर्शका साथ निरास छन । विश्व नीतिबाट धेरै हदसम्म प्रभावित हुने आन्तरिक राजनीतिका लागि अहिले अनुकुल बातावरण पनि देखिन्न । नवउदारवाद अर्थात दश बुँदे वासिङ्टन कन्सेन्ससका प्रवर्तकहरु वेलायत र अमेरिका भने आफ्नै आन्तरिक मामिलामा खिचिने संकेत प्रस्ट देखिएको छ; संचारले त्यसलाई नव-राष्ट्रवाद भनेर न्वारान गरिदिएको छ । छिमेकी भारतमा हिन्दू मठाधिस राज्य सत्ता फेरी कङ्रेस अाइकै पोल्टोमा जाने देखिएको छ भने चाइना हात्ती झैँ लम्कन त खोजेकै हो तर अमेरिकि ट्रम्प प्रशासनले स्वघोषित आतंकवाद बिरुद्धको युद्धपछि लादिदिएको ब्यापार युद्धको सामना गर्ने क्रममा छिमेकतिर पनि टाउको उठाउन खोजेको अवस्था छ । यस्तो वेलामा हुँदै गरेको नेपाली कङ्रेसको महाधिवेशनले के निती तथा कार्यक्रम ल्याउला ! सर्वत्र चासो हुनु स्वभाविकै हो । तर जुन-तारा खसिहाल्ने अवस्था भने देखिन्न किन भने सबै नेत्रित्वको नाडी पहिचान भएकै बिषय हो ।

अहिले कङ्रेसको नेत्रित्व शेर ब देउवा र रामचन्द्र पौडेलको बल्छिमा अड्किएको अवस्था छ । त्यही निरासा नै आजको परिणाम पनि हो । अलिकति आशाको केन्द्रमा महामन्त्री सशाँक कोइराला र शेखर कोइराला रहेका छन तर गत आम निर्वाचनमा भएको असफलताको जिम्म्वेवारि सबै नेत्रित्वले लिनु पर्ने भन्दै पार्टी सभापति देउवाले केही समय अघि उदघोष गरेकै हुन; जसमा केही हदमा सत्यता पनि छ । खासगरी युवा पुस्ता जो पिँध नभएको लोटा सरह अन्तरघाति समुहको रक्षार्था यता-उता भएर बिताएको छ । नेत्रित्वको अडान, मान्यता र करीस्माले राजनैतिक पार्टिलाई जिवन्तता दिने हो । हुँदै गरेको महाधिवेशन त्यो काममा कति सफल हुन सक्ला ? जब की शेर ब देउवाले सहजै नेत्रित्व छोडिहाल्ने अवस्था देखिएको छैन ।

पार्टिको निति “धार्मिक स्वतन्त्रता” भन्दा बाहिर गएर अंगालिएको धर्म निरपेक्षताले आफ्नो हिन्दूत्व माथि प्रहार भएको मान्नेहरुलाई हालैमा प्रधानमन्त्रि के पि शर्मा ओलीले “यसुकी छोरी” सँग आशिरबचन लिएपछि सबैलाई “चेतना” भएको छ । आफ्नोपनमा कुठाराघात भएको महशुस गरिएको छ । 

नितिगत क्षयिकरण र केन्द्रिय नेत्रित्वमा असक्षमता र गुटवन्दी नै नेपाली काङ्रेसको छवी स्खलनका प्रमुख कारण हुन । नितिगत रुपमा कँग्रेसले धर्म निरपेक्षता र संघिय गणतन्त्र अँगालेको तर काङ्रेसिहरु यी मान्यताहरुमा समाहित (एडप्ट) हुन हिक्किचाएको अवस्था छ । पार्टिको निति “धार्मिक स्वतन्त्रता” भन्दा बाहिर गएर अंगालिएको धर्म निरपेक्षताले आफ्नो हिन्दूत्व माथि प्रहार भएको मान्नेहरुलाई हालैमा प्रधानमन्त्रि के पि शर्मा ओलीले “यसुकी छोरी” सँग आशिरबचन लिएपछि सबैलाई “चेतना” भएको छ । आफ्नोपनमा कुठाराघात भएको महशुस गरिएको छ । यता समाजवादलाई काँग्रेसकै अर्धमन्त्रिहरुले अजिंगरको मुखमा हालेर फर्किएका छन र रामचन्द्र पौडेलले त्यसलाई उकालो चडने भर्याङं बनाउन छाडेका छैनन । यसो भन्नुको मतलव पार्टी कार्यक्रम भित्र प्रजातान्त्रिक समाजवादको स्वरुपको खाका नै छैन । जस्तो कि वेलायतको लेवोर पाटिले “कूअपरेटिभ पार्टी” भनेर आर्थिक नितिगत संरचना तयार गरेको छ । यसमा प्रकाशित नितिहरु उसको आधिकारिक आर्थिक, सामाजिक, सँस्कृतिक र प्राविधिक अवधारणाहरु हुन ।
राष्ट्रिय एजेण्डा तय गर्ने सवालमा नेपाली काङ्रेस चुकीरहेको अवस्था छ । नेपाली काङ्रेसको बिकास निती के हो? प्राकृतिक सम्पदाको सदुपयोग कसरी गर्ने, दिगो आर्थिक बिकासकालक्षहरु कसरी प्राप्त गर्ने, संघिय कर प्रशासन कस्तो हुनुपर्छ? यसैको आधारमा सरकारको निती तथा कार्यक्रमको आलोचना हुनुपर्थ्यो । संब्रिद्धिको महत्वाकाँक्षी कार्यक्रम अघि सारेर मुलुकलाई क्याटालोनिया (स्पेन) र सिक्किम हुन बाट बचाउने तर्फ पनि ध्यान पुग्नु पर्ने थियो । यी सबै बिषयमा काङ्रेसलाई बेखबर राखिएको छ; उल्लेख भएकै भए पनि ती केवल औपचारिकताको लागि कागजमा सिमित छन । निर्मला पन्तको न्यायको आवाज उठाइरहँदा अरु हजारौँ निर्मलाहरुलाई बिर्सिएको छ, काङ्रेसले । तिनका बाबु आमाले आफुहरुमाथि अन्याय भएको ठानिरहेका छन । डा गोबिन्द केसिको रिहाइ पछि स्वास्थ्य क्षेत्रमा रहेका आमूल बिसँगतिलाई बिर्सिईएको छ । सरकारलाई घेराबन्दी गर्न खोज्दा काँग्रेस आफु पनि ट्र्यापमा परेको छ् । यी मागहरु कांग्रेसका आफ्नो माग हुनु पर्थ्यो, जसमा जनताको आवाज काग्रेसको माध्यमबाट मिसिन सकोस । मुलुकलाई सिङो नेत्रित्व दिन सक्ने दल नेपाली काङ्रेस आज कसैलाई नलिकन केही गर्न नसक्ने अवसस्थामा छ । फर्केला त गुमेको यो शाख ? अहिलेको चिन्ता यो पनि हो ।

वेलायतको लेवोर पाटिले “कूअपरेटिभ पार्टी” भनेर आर्थिक नितिगत संरचना तयार गरेको छ । यसमा प्रकाशित नितिहरु उसको आधिकारिक आर्थिक, सामाजिक, सँस्कृतिक र प्राविधिक अवधारणाहरु हुन । राष्ट्रिय एजेण्डा तय गर्ने सवालमा नेपाली काङ्रेस चुकीरहेको अवस्था छ ।

यूवा पुस्तालाइ नेपाली काङ्रेसको महाधिवेशनले स्पर्श गर्न सकेको छैन । राजनीतिबाट बिमुख हुँदै गएको नेपाली जनताको ठुलो सँख्यालाइ काङ्रेसले कसरी आकर्षित गर्ला, माथि उल्लेख गरिएको युवा जमातको साथ बिना नेपाली काङ्रेसको सिङो भविश्य धरापमा पर्न सक्छ; सोच्न जरुरी छ । एउटा असल र ससक्त राजनैतिक बिचराधारा अँगालेको नेपाली काँग्रेसलाई स्वार्थी जमातले नराम्रोरी बिगारइदिएको छ । तिनिहरु काँग्रेस हुनै सक्दैनन । त्यसैले त्यस्तो भुइँफुट्टा वर्गको पहिचान गरी तिनको बिरुद्ध काँग्रेसिहरुले जेहाद छेडन सक्नु पर्छ ।


मुलुकलाई सिङो नेत्रित्व दिन सक्ने दल नेपाली काङ्रेस आज कसैलाई नलिकन केही गर्न नसक्ने अवसस्थामा छ । फर्केला त गुमेको यो शाख ? अहिलेको चिन्ता यो पनि हो ।

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.