पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

Advertisements

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल, चिल, वाज र हुँण्डारहरुसंग यौटा माउ बाख्रीले आफ्ना पाठा-पाठीहरुलाई बचाइदिन दयाको भिख मागे जस्तै हुँदै गयो नेपालको हालत; धिक्कार होस यो युगका कलंकहरुलाई र प्रजातन्त्र, … Continue reading “भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल

नेपाली कांग्रेस पनि अधैर्य शक्तिमा गजवले रुपान्तरण हुँदैछ । हिजो सत्तामा पुग्नका लागि भुकम्प पिडितलाई बनायो र संसदको काम कारवाहि नै रोक्यो र भन्यो कि तत्काल पिडितलाई पाँच लाख बाँड । सत्ता पायो, त्यो के भएको छ- पीडितले पाए पाएनन, सबै कुरा छाडेर मन्त्रि मन्त्रालय तिर गिद्धे दृष्टि खन्यायो । अहिले नेकाका बरिष्ट नेता रामचन्द्र … Continue reading करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल

जनैको धागो (कविता)

जनैको धागो बॅधिदिए, पहिचान तिनको तागाधारी भो गरिव भए पनि त्यहि जनै आरक्षणको अभिषाप भो जातीय आन्दोलन चर्किंदैछ, भुषमा आगो सल्कियो आगो सल्काउने दूराचारी, राज्य तिनकै बन्धक भो जातपात हुन्न भन्थ्ये, आरक्षणको नाउँमा झेल भो आर्थिक आधार; बिलौना के पोख्नु ! दुष्ट बुद्धिचाल भो

शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो । हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र … Continue reading शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

त्यस दिनदेखि कांग्रेसले गणतन्त्रको विचार र नारा लगाउन दियो

अब कांग्रेस पनि काँचुली फेर्न बाध्य भयो,’ कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबाट २०६२ भदौ १४ मा घोषणा भयो, ‘राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरे । राजाले आफ्नो प्रतिबद्धता फेरेपछि हामीलाई पनि हाम्रो प्रतिबद्धता फेर्ने अधिकार छ ।’ नारायणहिटी दरबारसँग असन्तुष्टिको ‘तुष’ बाक्लिएको थियो, तर कोइरालाले सार्वजनिक तहमा मुख खोलिरहेका थिएनन् । कांग्रेसको एघारौं महाधिवेशनको उद्घाटन … Continue reading त्यस दिनदेखि कांग्रेसले गणतन्त्रको विचार र नारा लगाउन दियो

रहन्छ के राज्य, त्यहाँ अखण्ड: राष्ट्रकवि घिमिरे

खोलेर ऐरा, मृग एक मारी बाँडी कलेजो, जति छन शिकारी बिलो लिए झैं सारमा उनेर यो राज्य बाँडने चिज हैन हेर ।। थुतिन्छ पत्ता, जब खातबाट सिद्धिन्छ शोभा, अनि फूलबाट पारिन्छ सत्ता, जब खण्ड-खण्ड रहन्छ के राज्य, त्यहाँ अखण्ड ।। -राष्ट्रकवि माधव प्रसाद घिमिरे 

प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

सुख पाउन राजनीति गरेकाहरुबाट नेपालीले दुख त पाइनै रहेका छन र पाउने पनि दुख नै हो। नेपाली जनताको चाहना सरकार बदलीरहनु पर्ने हैन, बरु स्थायित्वको स्थायित्व हो। त्यसैले व्यक्ति हैन संस्कार नबदलेसम्म हुने वाला केहि छैन। अहिले सरकार बदल्नै परेकाहरु नेपाल भित्र नभएर विदेश तिर छन, उनीहरुको काम नेपाललाई अस्थिरतामा धकेलेर त्यहाँको श्रोतमाथि हालीमुहाली गर्नु हो … Continue reading प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को आन्दोलनको विजारोपण! नभए, कसैसंग योभन्दा फरक जवाफ छ? भुकम्पले थिल्थिलिएको नेपालीलाई नाकाबन्दीको उपहार दिएर औषधि, रगत र अक्सिजन समेत ठप्प पारेको भारतले छिमेकीलाई दिन सक्ने … Continue reading यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

केहि दिन अघिको कान्तिपुरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'न्यायिक निकायमा गलत नजिर' शिर्षक दिएर हालैको न्यायधिश नियुक्ति प्रकरणका गलत नजिरहरुलाई जनता सामु राख्नु भएको रहेछ, वहाँको यो प्रयास स्तुत्य छ ।  मुलत: राजनीतिले देश बनाउनु पर्ने हो तर नेपाल भत्काउने काम राजनीतिले नै गरेको छ । त्यसैले राजनीतिकर्मिहरुले यसको जिम्वेवारी लिएर मात्र अब पुग्दैन, … Continue reading शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

उखान टुक्काले जग हँसाएका प्रधानमन्त्री खडगप्रसाद ओली यतिखेर उत्तरको छिमेकी चीनको भ्रमणमा छन । आजमात्र दुई देश बिचमा १५ बुँदे संयुक्त घोषणा पत्र जारि भएको छ । बहु प्रतिक्षित इन्धन आयात बारेको सम्झौता 'पूर्वाधार र पूर्व गृह कार्य' को अभावमा हुन नसकेको भए पनि संयुक्त घोषणा पत्रमा व्यक्त 'सहमति' ले त्यसको पनि बाटो खुलेको छ … Continue reading छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

समयले देउवालाई दोहोर्‍याएर महान हुने मौका दिएको छ

हालै सम्पन्न नेपाली कांग्रेसको चुनावमा नव निर्वाचित सभापति शेर ब देउवा प्रति हार्दिक वधाई एवं विजय घोषणाको प्रतिक्षामा रहेका सबैमा शुभकामना । यस अवसरमा केहि कुराहरु मनन योग्य छन । हाम्रो स्वभावमा परिवर्तन हुन जरुरी छ । खण्डित पार्न खोजिएको देश र पराजित हुदैगएको राष्ट्रियताले जित्नु पर्नेछ, ब्यापक अभाब छ- आपूर्ति बढाउनु पर्नेछ, आन्तरिक कलह मिलाउनु … Continue reading समयले देउवालाई दोहोर्‍याएर महान हुने मौका दिएको छ