माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

Advertisements

अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

‘ऋषि कृषि’

© कुलराज चालिसे अन्य प्राविधिकक्षेत्र जस्तै कृषिक्षेत्र पनि क्रमिक परिवर्तनको दवावबाट मुक्त छैन । पहिला जीवन निर्वाहको निमित्त गरिने कृषिकर्म अहिले बढ््दो जनसंख्याको आवस्यकता पूरा गर्न व्यावशायिक कृषिमा परिणत हुदै गएको छ । व्यावशायिकताको चक्करमा वनश्पतिको प्राकृतिक स्वभावमा नै परिवर्तन गरेर वेमौसमी र वर्णसंकरताले प्राथमकिता पनि पाएको छ । रासायनिकमल, किटनासक औषधि र उन्नत वीउको … Continue reading ‘ऋषि कृषि’

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

दु:ख रोपेर छिमेकमा सुख

देश नै चोरी भईसकेको छ, अरु त के कुरा भो र ! नेताहरु नै बिक्रिमा छन, बिक्री हुनै बाँकी के भो र ! राजनीति गन्धा छ, हिल्याउन नै बाँकी के भो र ! पाइलै पिच्छे सडकमा खाल्डा, मन टाल्नै पर्ने के छ र! जसो तसो गाडी चलेकै छन, सडक मै रोपाइँ र नहर, कृषिको बिस्तार … Continue reading दु:ख रोपेर छिमेकमा सुख

प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

वर्तमान देउवा समर्थित प्रचन्ड सरकारले दुइवटा काम गरेको छ- कर्मचारीको पजनी । अख्तियारका लोकमानलाई महाअभियोग लगायो र प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ती गर्‍यो । परीणामत: अख्तियारले अगाडि बडाएका पूर्व प्रधानमन्त्री, मन्त्रि, प्रहरी प्रमुखहरु लगायत संलग्न भ्रष्टाचारका छानविन पुरै सेलायो भने अर्का प्रहरी महानिरीक्षकका दावेदार नवराज सिलवाललाई 'राज्यको निर्णय' नै पक्षपाती भयो भनेर न्यायलको ढोका ढकढयाउन … Continue reading लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

रबिन्द्र मिश्रको पार्टीमा किशोर थापाको नाम देख्दा केहि लेख्न मन लाग्यो, थापासँग केही समय निकट रहेर काम गर्दा उनी भित्रको इमान्दारिता र जिम्मेवारी बोधले निकै प्रभाव पारेको थियो । राजनीति असजिलो पेसा हो, त्योभन्दा असजिलो त थापालाई नेपालको ब्यूरोक्र्यासिमा असल छवी बनाउन भएको थियो होला । त्यसोत थापा भन्छन - ‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने … Continue reading समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल, चिल, वाज र हुँण्डारहरुसंग यौटा माउ बाख्रीले आफ्ना पाठा-पाठीहरुलाई बचाइदिन दयाको भिख मागे जस्तै हुँदै गयो नेपालको हालत; धिक्कार होस यो युगका कलंकहरुलाई र प्रजातन्त्र, … Continue reading “भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

मनीचको शान्ति र अधिकार

वचनमा मानिस शान्ति, डिमोक्र्यासी सहयोग-सदभाव र अधिकारको कुरा गर्छ र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो । क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ- यहि हो शान्ति; बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने … Continue reading मनीचको शान्ति र अधिकार

तिनको के काम

तिसौं बर्ष बितिसक्यो धारामा पानी आउँदैन भने- मेलाम्चीको के काम ! टुकी र लालट्रेनको आयतले ढुङे युगमा लैजानेहो भने- लोडसेडिङको तालिका फेर्न प्राधिकरण र मन्त्रालयको के काम ! ग्याँस, पेट्रोल मट्टितेल पाइंदैन, घाटामात्र थपिरहने निगमहरूको के काम ! जामै-जाम छ, पन्छाउनसम्म सकिन्न भने, ट्रफिक र गृहको के काम ! असमानता र गरिवी घटाउने उपायसम्म छैन … Continue reading तिनको के काम