यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को आन्दोलनको विजारोपण! नभए, कसैसंग योभन्दा फरक जवाफ छ? भुकम्पले थिल्थिलिएको नेपालीलाई नाकाबन्दीको उपहार दिएर औषधि, रगत र अक्सिजन समेत ठप्प पारेको भारतले छिमेकीलाई दिन सक्ने … Continue reading यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

उखान टुक्काले जग हँसाएका प्रधानमन्त्री खडगप्रसाद ओली यतिखेर उत्तरको छिमेकी चीनको भ्रमणमा छन । आजमात्र दुई देश बिचमा १५ बुँदे संयुक्त घोषणा पत्र जारि भएको छ । बहु प्रतिक्षित इन्धन आयात बारेको सम्झौता 'पूर्वाधार र पूर्व गृह कार्य' को अभावमा हुन नसकेको भए पनि संयुक्त घोषणा पत्रमा व्यक्त 'सहमति' ले त्यसको पनि बाटो खुलेको छ … Continue reading छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

एउटा आन्दोलन सकिनै लाग्दा आर्को आन्दोलनको बिउ रोपीयो

देश बनाउने राजनीतिले नै हो, तर नेपाल भने राजनीति ले नै बिगार्यो- अत्यन्त संभावना बोकेको मुलुकलाई बर्वाद पारियो। असल ब्यक्तिहरुबाट बन्न सक्ने संभावना रहेको  'नयाँँशक्ति' पनि जंगलका शिकारीहरुले चोरेर लगे। बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४६ सालको संबिधानको बिरोधिहरुबाट हिंसात्मक शक्ती आर्जन गर्दै आएका बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। … Continue reading एउटा आन्दोलन सकिनै लाग्दा आर्को आन्दोलनको बिउ रोपीयो

फेसबुकमा थप सुबिधाहरु थपिने भएका छन

लागिरहेको थियो कि मानिस सहनै नसक्ने पिडामा भएको बेलामा पनि फेसबूकमा 'लाइक' हान्नु भनेको सामाजिक संजालले मानविय संवेदनालाई उपेक्षा गर्नु हो। यसरी  विश्वभरिनै आवाज उठेपछी अहिले फेसबूकले  रिसाएको, दु:खी भएको, प्रशंसा गरेको, हाँसेको र लभको संकेत सामेल गर्न लागेको छ, हेरौँ अब यसको प्रयोग कसरी हुनेहो ?!   सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकमा अबको … Continue reading फेसबुकमा थप सुबिधाहरु थपिने भएका छन

पछाडिबाट छुरा हाने

अब के प्रमाणित भएको छ भने भारत केही स्वार्थ पुरा गराउन नेपालका सत्ताधारी र आन्दोलनकारी सबैसॅग मिलेर दोहोरो भुमिका निर्वाह गर्छ र यता नेपालका सत्ताधारी र आन्दोलनकारी पनि आफ्नो (कु)सफलताका लागि भारतिय दोहोरो भुमिकामा बिभाजित भएर आफ्नो भात भान्सा चलाउॅछन । त्यसैले अर्काको खटनपटनमा बाॅच्ने यी परजीवीहरु कहिले अघाएर टन्न हुन्छन त कहिले भोकले सुसुपाल … Continue reading पछाडिबाट छुरा हाने

नाकावन्दिको समाधान के, बिकास कसले गर्छ?

लोकतान्त्रिक तरिकाले बनेको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै कुनै राष्ट्रले नेपालको अन्तर्राष्ट्रिय कानुनद्वारा प्रत्याभूत अधिकार हनन गर्नु नाजायज कुरा हो।… भारतसँग हामीले सशक्त रुपमा कूटनीतिक रुपमा हाम्रो कुरा राख्न सक्यौं र अन्तर्राष्ट्रिय समुदायलाई त्यही किसिमले आश्वस्त पार्न सक्यौं भने भारतले पनि दोहोर्याेएर सोच्नुपर्ने स्थिति आउँछ।

असफल पात्र र प्रवृतिको गर्वमा ओथारो बसेको नयाॅ शक्ति

कुनै पनि राजनैतिक परिवर्तनका लागि हिंसा, अपराध र क्षतिको प्रयोग सोह्रै आना गलत हो । यस्तो विधिबाट प्राप्त हुने उपलब्धि दीगो हुॅदैन र मानशिक अनि भौतिक क्षति यति धेरै भईसकेको हुन्छ कि जसको प्राप्ति, पुर्निमाण र संस्थागत  गराउने कार्य आफैमा चुनौति बनिसकेको हुन्छ । यस अर्थमा बिगतको 'फगत' माओवादी आन्दोलन र वर्तमानमा  'आदेश'को मधेश आन्दोलनले … Continue reading असफल पात्र र प्रवृतिको गर्वमा ओथारो बसेको नयाॅ शक्ति

समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन

गरिवको नाममा राजनीति थाल्ने र पाइलैपिच्छे सर्वहाराको नाम लिनेहरुलाई त खुशी आयो, राज्यको सुविधा, खादा र अनुहारै पुरिने गरी माला, पाँचतारे होटल, अहरे-पहरे अनी मान सम्मान सबै कुरा आएकोछ ! आज नभए भोली; त्यतिले नभए आन्दोलन र गोली त छँदैछ । एउटा दरवारको सट्टा धेरै दरवार र महाराजाहरु जन्मेका छन् । हिजो गाउँमा एकजना मुखियालाई … Continue reading समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन

गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

(सेतोपाटी ग्लोबलमा प्रकाशित यो लेखलाई हामीले यहाँँ सभार गरेका हौँ) . इतिहासका हरेक कालखण्डमा महिलाको भूमिका उल्लेखनीय रहेतापनि राणाकालीन समय र पंचायतकालमा बिभिन्न परिस्थितिका कारण महिलाहरूको पहुँच चुलो चौकोमा नै सिमीत रहेको थियो। २०४६ सालको जनआन्दोलन पश्चात प्राप्त भएको प्रजातन्त्रले नेपाली महिलाहरुलाई अवसरका क्षेत्रमा केही राहत मिल्यो। फलस्वरुप शिक्षा, स्वास्थ्य र राजनीतीमा महिलाहरुको उल्लेखनीय सहभागीता … Continue reading गैर आवासीय नेपाली संघमा महिला सहभागिता: रन्जु वाग्ले थापा

माझी (कबिता)

भबिष्य द्रष्टाहरु मरेर गए
झल्को तिनकै अाइरहेछ
नजान्नेले माझी हुँँ भन्यो, तर
डुँङा तलतल बगिरहेछ ...

नेपालमा राजनीतिक अपराध, भत्किएको स्थायित्व र बिकास

जनता भुकम्पले थिचिएका छन त्यसको ख्यालै नगरि फेरी त्यही संघियता र संबिधान तिरै खिचलो शुरु भएकोछ । यसकै नाममा निहत्था जनता गोलिको शिकार भएका छन र पुरै तराइक्षेत्र आतंकित छ । बन्द र हडतालबाट पचासौँ अरबको नोक्सानी भईरहेकोछ तर यता त्यसैलाइ राजनीतिको नाम दिने काम पनि भएकोछ ।

कार्यकारीको बहस: कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन

कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छ। कुनै ब्यवस्था असफल हुनु भनेको त्यसको नेत्रित्व गर्नेहरु नै असफल भएका हुन । ब्यवस्था निर्जिव हुन्छ, त्यसलाई जिवन्तता दिने ब्यक्ती र समाजले हो, जहाँँ हर तरहले नेत्रित्व गर्न असफल ब्यक्तीहरु शब्दजालको अस्त्र फ्याँकेर भाग्दैछन र चोर बाटोबाट आँफैलाई … Continue reading कार्यकारीको बहस: कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन

भुकम्पले हल्लाएको परदेशि मन

यहि भएर होला समाज चाहिएको । समाजलाइ पूर्णाकार दीने काम भाषा, सँस्क्रिति र बंशले गर्ने रहेछ, जुनकुरा विदेशमा आफुले खोजे जस्तो नहुने । त्यसैले बस्ने र बस्न दीने दुवैले एक अर्कालाइ पराई ठानिरहने । जवसम्म स्वामित्व ग्रहण गर्न सक्ने अवस्था आउदैन तव तबसम्म कुनै पनि समाज उसका लागि आफ्नो हुन सक्तैन । त्यसैले मानिसहरुको आवत जावत भन्दा पनि तिनिहरुको बिचमा अपनत्वको भावना पैदा गर्न सक्नुपर्छ ।

नेपाल सरकारले कसैको मन नदुख्ने गरी उद्धार र राहतको समन्वय मिलाओस

मान्छे चिनियो- को कति बदमाश छ भनेर। केहि ब्यापारी यो मुलुकको सबैभन्दा चोर। स्वविवेक प्रयोग गरेर नेपालीहरु काठमाण्डौ छोडन खोज्दै छन, जसले गर्दा उद्धार कार्यमा खुकुलो र सहज हुनेहुन्छ तर यातायात व्यवशायीहरु यस्तो पिडाको पनि फाइदा उठाउँदै जति पायो त्यति भाडा असुल्दै छन।

महाभूकम्प : अहिलेसम्मको सहयोग र घटना विबरण

लगातार आइरहेको भुकम्पको झट्काले काठमाडौँ झन तनावग्रस्त बनेको छ। उपत्यकाका खाली ठाउँहरू टुडिखेल, खुलामञ्च, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र, नेपाल प्रज्ञाप्रतिष्ठान, रंगशाला, सानो गौचरण, सिफलचौर लगायत सडकमै मानिसहरू पाल टागेर र त्यतीकै खाली ठाउँमा अस्थायी रुपमा वसीरहेका छन्।