मोदीमय भारत र जिमको ग्रोथ म्याप

मोदी, छिमेक र ब्यवहार

लेखक तथा अर्थबिज्ञ जिम ओ' निलले आफ्नो पुस्तक "द ग्रोथ म्याप" मा विश्व अर्थतन्त्र बारे उदघोष गरेका छन् कि सन २०३५ सम्म अमेरिकालाई उछिनेर चाइना विश्वको सबैभन्दा शक्तिशालि अर्थतन्त्रका रुपमा उदय हुनेछ । अमेरिका दोश्रो र भारत तेश्रो शक्तिका रुपमा उदाउने कुरा पनि त्यसै पुस्तकमा उल्लेख छ । त्यस्तै सन २०५० सम्म वृक (ब्राजिल, रसिया, … Continue reading मोदीमय भारत र जिमको ग्रोथ म्याप

Advertisements

ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको अवसान संगै राजनीतिको मियो गुमाए पछि त्यो भूमिकामा यतिखेर केपी ओली बिस्तारै उक्लदै गरेको देखिएको छ। धेरै प्रतिस्पर्धाका बिचमा आफ्नो दलको अध्यक्ष चुनिए, प्रधानमन्त्रि भए, भारतले लगाएको नाकावन्दीका वेला जनताको सहानुभूति लिन सफल देखिए, वाम एकता र स्थानीयदेखि केन्द्रसम्म बाम उम्मेद्वारलाइ नेतृत्व दिएर जिताउन सफल भए; आफु बहुमतको प्रधानमन्त्रि र माओवादी … Continue reading ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

image Goolgle search

अब कसैले केपी ओलीबाट क्रान्तिकारी परिवर्तन देखिरहेको छ भने, त्यो बित्थामा मानसिक क्षति सिवाय केही हुने छैन; उनी केवल बिगतको ‘लिगेसी’ सम्हाल्ने शर्तमा प्रधानमन्त्री हुन पाएका हुन, नत्र प्रचन्ड (पुष्पकमल उर्फ पिके) तुरुप पल्टि सकेका थिए । के पी ओलीले बिगतमा आफैले चीनसंग गरेको भनिएका कतिपय राम्रा पूर्वाधार निर्माणका सन्धि-सम्झौता पनि कार्यान्वयन नगरी उनको पदावधि … Continue reading केपि र पिके महोदयको पहिरनमा देखिएको दाग

केन्द्रमा एशिया : नेपालले अपनाउनु पर्ने सावधानि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको बिजयको संकेतको रुपमा मलाइ लागेको थियो कि - अब एशिया, खास गरि चाइना माथि कडा दवाव, प्रभाव सिर्जना गरिने छ ।  एशियामा परेको अन्तराष्ट्रिय राजनीतिको असरले नेपालजस्ता साना मुलुकलाई खपी नसक्नु हुनेछ । मध्यपूर्व, अरबतिर 'आफ्नो अफ्ठ्यारोलाइ' प्राय ध्वस्त पारेर आफु खुसि एक्लो युद्ध विजय गरेको अमेरिका अबको सामरिक र आर्थिक … Continue reading केन्द्रमा एशिया : नेपालले अपनाउनु पर्ने सावधानि

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

रबिन्द्र मिश्रको पार्टीमा किशोर थापाको नाम देख्दा केहि लेख्न मन लाग्यो, थापासँग केही समय निकट रहेर काम गर्दा उनी भित्रको इमान्दारिता र जिम्मेवारी बोधले निकै प्रभाव पारेको थियो । राजनीति असजिलो पेसा हो, त्योभन्दा असजिलो त थापालाई नेपालको ब्यूरोक्र्यासिमा असल छवी बनाउन भएको थियो होला । त्यसोत थापा भन्छन - ‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने … Continue reading समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

बिषय थियो- 'प्रजातन्त्र र सामाजिक निर्णय' । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा 'सामाजिक कल्याण' का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै अगाडि नै रजिस्ट्रेशन बन्द भै सकेछ; जाने एकिन भएन । तैपनि उपाय लाग्छ कि भनेर मुख्य आयोजक समुहकी महिलालाइ सिधै इमेल पठाएँ, उनले सबै सिटहरु … Continue reading अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल, चिल, वाज र हुँण्डारहरुसंग यौटा माउ बाख्रीले आफ्ना पाठा-पाठीहरुलाई बचाइदिन दयाको भिख मागे जस्तै हुँदै गयो नेपालको हालत; धिक्कार होस यो युगका कलंकहरुलाई र प्रजातन्त्र, … Continue reading “भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

यो कथा गाउँमा बस्ने गरिवहरुका लागि दुर्दशा, सिङो देशका लागि कलन्क अनी दशा । गान्धिको 'महान देश'का लागि खाने पानीको लागि मूल्य तिर्न नसकेर भारतको पन्जावका किसानहरु पानीकै नहरमा कसरी हाम्फालेर सुसाइड गर्छन् ? विश्वमै जलश्रोतको धनी देश नेपालका निती निर्माता र" महान राजनेता" ले हेक्का नराखे पनि चलेकै छ तर तपाईं हाम्रालागी पानीको दर्दनाक … Continue reading पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

मनीचको शान्ति र अधिकार

वचनमा मानिस शान्ति, डिमोक्र्यासी सहयोग-सदभाव र अधिकारको कुरा गर्छ र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो । क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ- यहि हो शान्ति; बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने … Continue reading मनीचको शान्ति र अधिकार

नेपाली अर्थमन्त्रीले कसरि बुझ्लान ?!

भारतीय अर्थमन्त्री अरुण जेटलीले हालै त्यहाँको गैह्र कृषि क्षेत्रमा काम गर्ने अदक्ष श्रमको न्युनतम ज्यालादर ४२ प्रतिशतले बढाएर (''एेतिहासिक'' भनिएको) प्रतिदिन भारु २४६ बाट ३५० पुर्याएका छन् । खुला सिमाना छ, नेपाली उत्पादन र श्रम बजारमा यसको असर कसरि पर्ला - नेपाली अर्थमन्त्री कृष्ण बा महराले कसरि बुझ्लान ?! उनलाई चाइनिज ककटेल खाँदै फुर्सद छैन, … Continue reading नेपाली अर्थमन्त्रीले कसरि बुझ्लान ?!

रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ''ड्र'' गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग स्थिर विनिमय दर भएको नेपालले पनि त्यसको नकारात्मक मार 'बिना कसुर' व्यहोर्नु पर्यो । त्यसबाट अर्थतन्त्र जोगाउन तत्कालिन भारतीय सरकारले चिकागो प्रोफेसर रघुराम राजनलाइ रिजर्भ बैंक … Continue reading रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

धन्यवाद (कविता)

म त नेता हो माग, चाहिए जति माग म सबै दिन्छु सढक ढाकेर तिम्रैलागि चिच्याउँछु रातो दिन तिम्रै लागि त हो नि !   तिमीले मलाइ भोट देउ म त्यसलाई नोट बनाउछु त्यहि नोट गाऊँ भरी भजाउँछु चुनाव ताका यौटा लाइसेन्स लिन आउंछु त्यहि देखाएर तिमीलाई समाउँछु तिमी मलाइ भोट देउ सट्टामा म तिमीलाई भाषण … Continue reading धन्यवाद (कविता)

बहिखाता र झोला (कविता)

मसंग यौटा झोला थियो र त्यसलाई बोक्ने मेरो शरिर, तिम्रो ठूलो थुप्रोबाट केहि पाउन झोला थापिरहें झोलामा बिष(ख)य अडिएन पिंधमा त प्वाल परिसकेको रहेछ म त माथिमात्रै हेर्दै थिएँ तिमीले दिएको त्यो झोला तिम्रो एक हातले दिईरहन्थे आर्को हातले प्वाल टाले झैं गरेर लिइ रहँन्थे दिए झैं गरेर निरन्तर लिन सक्नु तिम्रो कला हो मसंग … Continue reading बहिखाता र झोला (कविता)