माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

Advertisements

परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

उदहारणका लागि- खोला र नदि ! नदीमा खोला मिसिन दिनु भनेको खोलाको अस्तित्व समाप्त हुनु हो । यस सन्दर्भमा नदीले खोलालाइ आफुमा समाहित गरिदिन्छ र वास्तवमा खोलाको परिवर्तन नदि भएर देखिन सक्छ तर त्यो भनेको खोलाको सभ्यता समाप्ति र नदीको यथा स्थान नै हो । त्यसै गरि खोलामा आनन्दित जलचरहरुको पूर्ववत स्वभावमा समेत उक्त परिवर्तनले … Continue reading परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ […]

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

वर्तमान देउवा समर्थित प्रचन्ड सरकारले दुइवटा काम गरेको छ- कर्मचारीको पजनी । अख्तियारका लोकमानलाई महाअभियोग लगायो र प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ती गर्‍यो । परीणामत: अख्तियारले अगाडि बडाएका पूर्व प्रधानमन्त्री, मन्त्रि, प्रहरी प्रमुखहरु लगायत संलग्न भ्रष्टाचारका छानविन पुरै सेलायो भने अर्का प्रहरी महानिरीक्षकका दावेदार नवराज सिलवाललाई 'राज्यको निर्णय' नै पक्षपाती भयो भनेर न्यायलको ढोका ढकढयाउन … Continue reading लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

रबिन्द्र मिश्रको पार्टीमा किशोर थापाको नाम देख्दा केहि लेख्न मन लाग्यो, थापासँग केही समय निकट रहेर काम गर्दा उनी भित्रको इमान्दारिता र जिम्मेवारी बोधले निकै प्रभाव पारेको थियो । राजनीति असजिलो पेसा हो, त्योभन्दा असजिलो त थापालाई नेपालको ब्यूरोक्र्यासिमा असल छवी बनाउन भएको थियो होला । त्यसोत थापा भन्छन - ‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने … Continue reading समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

प्रतियोगिता

मौसम सुरु भयो- साहुको बारी जोत्नु थियो हल गोरु खोज्नु थियो हलिहरु तयारै थिए गोरु पाइयो हलो छैन, हलो त पाइयो लट्ठी भाँचियो जित्नै पर्ने खेल थियो सबै थोक चोरी भयो खोज्नेको इमान त्यो खोजिखोजि जोहो गर्यो वेइमानको चोरी थियो चोरी गरी लगिदियो चोरी जोडेरै जोतीदियो जोत्ने खासमा गोरु थियो खान पाउने हली भयो जोतिएको … Continue reading प्रतियोगिता

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ … Continue reading अध्ययन !

ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

कुनैपनि राष्ट्रप्रमुखले मुलुकको सम्बिधान र जनताप्रति उत्तरदायी रहेर सपथ खानुपर्छ, त्यसैले  त्यो उपस्थिति  सिर्फ़ त्यहि मुलुकको लागि हो । यस मानेमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी हितका लागि प्रस्तुत भएका हुन, अरु कसैका लागि होइनन । मुलत: ट्रम्प काँचो माटो हुन् ; उनि वार्गेनिङ्गमा सफल भए जस्तो देखियो, जसले अरब र मध्यपूर्वको काँचो युद्ध पकाएर … Continue reading ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

मनीचको शान्ति र अधिकार

वचनमा मानिस शान्ति, डिमोक्र्यासी सहयोग-सदभाव र अधिकारको कुरा गर्छ र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो । क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ- यहि हो शान्ति; बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने … Continue reading मनीचको शान्ति र अधिकार

तिनको के काम

तिसौं बर्ष बितिसक्यो धारामा पानी आउँदैन भने- मेलाम्चीको के काम ! टुकी र लालट्रेनको आयतले ढुङे युगमा लैजानेहो भने- लोडसेडिङको तालिका फेर्न प्राधिकरण र मन्त्रालयको के काम ! ग्याँस, पेट्रोल मट्टितेल पाइंदैन, घाटामात्र थपिरहने निगमहरूको के काम ! जामै-जाम छ, पन्छाउनसम्म सकिन्न भने, ट्रफिक र गृहको के काम ! असमानता र गरिवी घटाउने उपायसम्म छैन … Continue reading तिनको के काम

तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

सबैलाई अचम्ममा पार्ने गरि वेलायतका निवर्तमान प्रधानमन्त्रि डेभिड क्यामरनले १३ सेप्टेम्बरदेखि तत्काल लागु हुनेगरी सांसदको पदबाट समेत राजिनामा दिए । अब उनि राजनीति सुन्यको अवस्थामा आइपुगेका छन । धेरै शंका उपशंकाहरु चले । हुन त यस अघि तत्कालिन प्रधानमन्त्रि टोनि ब्लेयरको कार्यकालमा विदेशमन्त्री रहेका डेभिड मिलिब्याण्ड जब आफ्ना भाइ एड मिलिब्याण्डसँग लेवोर पार्टि नेताको पदमा … Continue reading तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

सरकारमा बसेर समन्वय गर्न पनि सजिलो छैन । वेलायतको यूरोपीयन यूनियनसंग हनिमून चलिरहेको थियो तर जनताले ''ब्रेक्जिट'' भनेर बाहिर निस्कन मतदान गरे । हनिमूनबाट ''ब्रेक्जिट'' हुँदा आफुलाई नोक्सान हुने देखेर तिल्मिलाएको (?!) अमेरिकाले धनाड्यहरुको समूह जी-२० को बैठकमा वेलायती प्रधानमन्त्रि टेरेसा मे नै तिल्मिलाउने गरि 'ब्रेक्जिट'  पछिको वेलायतसंग ''ट्रेड डिल'' प्राथमिकतामा छैन भनिदियो भने अमेरिकी … Continue reading ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल

नेपाली कांग्रेस पनि अधैर्य शक्तिमा गजवले रुपान्तरण हुँदैछ । हिजो सत्तामा पुग्नका लागि भुकम्प पिडितलाई बनायो र संसदको काम कारवाहि नै रोक्यो र भन्यो कि तत्काल पिडितलाई पाँच लाख बाँड । सत्ता पायो, त्यो के भएको छ- पीडितले पाए पाएनन, सबै कुरा छाडेर मन्त्रि मन्त्रालय तिर गिद्धे दृष्टि खन्यायो । अहिले नेकाका बरिष्ट नेता रामचन्द्र … Continue reading करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल