अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

Advertisements

प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

परिचय झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ। झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग … Continue reading ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल

नेपाली कांग्रेस पनि अधैर्य शक्तिमा गजवले रुपान्तरण हुँदैछ । हिजो सत्तामा पुग्नका लागि भुकम्प पिडितलाई बनायो र संसदको काम कारवाहि नै रोक्यो र भन्यो कि तत्काल पिडितलाई पाँच लाख बाँड । सत्ता पायो, त्यो के भएको छ- पीडितले पाए पाएनन, सबै कुरा छाडेर मन्त्रि मन्त्रालय तिर गिद्धे दृष्टि खन्यायो । अहिले नेकाका बरिष्ट नेता रामचन्द्र … Continue reading करप्ट हावी भए, इमानदारहरु अगाडि आउन जरुरी छ – रामचन्द्र पाैडेल

धन्यवाद (कविता)

म त नेता हो माग, चाहिए जति माग म सबै दिन्छु सढक ढाकेर तिम्रैलागि चिच्याउँछु रातो दिन तिम्रै लागि त हो नि !   तिमीले मलाइ भोट देउ म त्यसलाई नोट बनाउछु त्यहि नोट गाऊँ भरी भजाउँछु चुनाव ताका यौटा लाइसेन्स लिन आउंछु त्यहि देखाएर तिमीलाई समाउँछु तिमी मलाइ भोट देउ सट्टामा म तिमीलाई भाषण … Continue reading धन्यवाद (कविता)

मोदिआइनमा असल मानिस

“ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।” - विश्वेश्वरप्रसाद कोइरालाले ५२ वर्षअघि सुन्दरीजलमा लेख्नुभएको उपन्यास ‘मोदिआइन’ बाट

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

ने का सभापति: शशांकलाई अघि बढ्न दबाब

शशांकले सोमबार धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनर्विचार गर्न आग्रह गरेपछि महाधिवेशनको पूर्वसन्ध्यामा सिद्धान्त र नीतिगत विषयमा समेत छलफल गरी त्यसका आधारमा मात्र उम्मेदवार घोषणा गरिनुपर्ने अडान केही नेताहरूले लिएका छन् । मंगलबार साँझ शशांक निवास महाराजगन्जमा महामन्त्री कृष्ण सिटौलाबाहेक संस्थापन पक्षका अन्य शीर्षस्थ नेताहरूबीच भएको बैठकमा आफूले उठाएको मुद्दाका साथ नेतृत्व पदमा दाबेदारी दिन … Continue reading ने का सभापति: शशांकलाई अघि बढ्न दबाब

तनहुँँ, बिकेन्द्रिकरण र स्थानिय बिकास

त्यतिखेर उत्तर दक्षिणको अवधारणालाई जोड दिएर तनहुँका कार्यक्रमहरु बनेका थिए र ती कार्यक्रमहरुमा लगानी गर्न दताहरु पनि खुशी देखिन्थे । युएनडिपीका लागि नेपाल प्रमुख त सिधा संपर्कमा थीइन ।

निरिह उपभोक्ता, सरकार असफल: निजि क्षेत्र सफल !

यसै हप्ता नेपालको अर्थब्यवस्था र त्यसको अबस्थाका बारेमा दुइजना उच्च तहका ब्यक्तित्व- नेपालि कांग्रेसका नेता एवं बिपि पुत्र डा सशांक कोइराला र उद्ध्योगपति बिनोद चौधरिको बिचार तौलेर पढने समय पाइयो ।  बीपीले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन नि ? भन्ने प्रश्नमा डा कोइराला भन्छन- ''यो एकदम ठीक हो । अक्सफाम भन्ने संस्थाको तथ्यांकअनुसार … Continue reading निरिह उपभोक्ता, सरकार असफल: निजि क्षेत्र सफल !

नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

अचम्म त के भने मधेश आन्दोलनमा शतप्रतिशत भारतको हात छ । नाकावन्दी लगाएर खासमा मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गरेको हो, त्यसैको परिणाम हुन कुटनैतिक नियोगहरुको मौनता र मोदी वेलायत गएका बेला त्यहाॅका प्रधानमन्त्रीबिच 'वैधानिक तवरमा जारी भएको नेपालको संविधान बिरुद्ध' को संयुक्त वक्तव्य । त्यसैले यस मित्र भारतका जलश्रोत र सुरक्षा सम्बन्धी नदेखिने मागहरु छन, … Continue reading नाकावन्दी लगाएर मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गर्‍यो

नयाँशक्ति: छिमेकिको नितिलाई पहिचान गर्ने सवालबाट हेर्दा

बाबुरामको नयाॅ शक्तिमा पुराना अशोक राई र उपेन्द्र यादव पालैपलो अध्यक्ष हुने गरि पार्टी बनाउन सहमत भएको भन्ने पनि सुनिन आयो । यसै बिच बाबुरामले भने आफू प्रधानमन्त्री हुन नयाॅ शक्ति नबनाएको भनेका छन्। नेपाली जनताले झनझन कठिन दिन भोग्दै जानु परेको वाद्यताले बाबुरामको नेतृत्वलाई पनि असफल सावित गरिसकेको छ। नेपालमा आजको परिस्थिति आउनुमा जो जहाॅ बसेर … Continue reading नयाँशक्ति: छिमेकिको नितिलाई पहिचान गर्ने सवालबाट हेर्दा

दु:ख सबैलाई लाग्यो तर वादलभित्र प्रकाश पनि थियो

सभामुख तथा उपसभामुखको उमेद्वारीमा एकताको नितीलाई नछाडेका सुशिल कोइरालाले आफु प्रयोग नभइकन प्रधानमन्त्रिको पदमा काँग्रेसले उम्मेद्वारी दिएर प्रतिफल लिन सकिने कुरामा सोचेको देखिएन । सबै सहयात्रिहरुलाइ विश्वासमा लिएर जान सकेको भए ठुलो उपलब्धी देखिन्थ्यो त्यो कुरा सुशिल कोइरालाले नगरेकै हुन, जसले उनको उचाइलाई एकाएक न्युन गरिदियो । तर संबिधान नै नमान्ने भनेर बाहिरिएकाहरु संसद्मा फर्केका छन । मुलुकले एक पटक राम्रोसँग खेल्ने, गोटी चाल्ने मौका पाएको छ । यही सकारात्मक धरातलमा टेकेर ओली सरकारले समस्याको समाधान निकाल्न सक्छ । यसलाई कम आँकलन गर्नु हुन्न ।

संविधान कार्यान्वयन: जटिल चुनौती र लगानिको पक्ष

संविधान त आयो, तर चाङ् लागेका जनताको आकांक्षा र समस्याहरुको सम्बोधन हुन बाँकी नै छ । समस्याले नयाँ स्वरुप ग्रहण गरेको छ र कसरी गन्तब्यमा पुग्ने भन्ने बाटो करीव प्रष्ट भएको छ । तर कुनै पनि नियम कानुनले कार्यान्वयन हुनका लागि एउटा सिस्टम र साँगठनिक ढाँचा खोज्छ, त्यो भने तयार छैन । जे थियो - थोरै … Continue reading संविधान कार्यान्वयन: जटिल चुनौती र लगानिको पक्ष

माझी (कबिता)

भबिष्य द्रष्टाहरु मरेर गए झल्को तिनकै अाइरहेछ नजान्नेले माझी हुँँ भन्यो, तर डुँङा तलतल बगिरहेछ ...