खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको … Continue reading खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

Advertisements

परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

उदहारणका लागि- खोला र नदि ! नदीमा खोला मिसिन दिनु भनेको खोलाको अस्तित्व समाप्त हुनु हो । यस सन्दर्भमा नदीले खोलालाइ आफुमा समाहित गरिदिन्छ र वास्तवमा खोलाको परिवर्तन नदि भएर देखिन सक्छ तर त्यो भनेको खोलाको सभ्यता समाप्ति र नदीको यथा स्थान नै हो । त्यसै गरि खोलामा आनन्दित जलचरहरुको पूर्ववत स्वभावमा समेत उक्त परिवर्तनले … Continue reading परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ […]

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार भएको छैन । टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर … Continue reading नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो । हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र … Continue reading शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

सफल अवतरण वा असफल बिनास !

वेलायतलाई ई यू बाट निस्कने जनादेश प्राप्त भएको छ । ग्लोबलाइजेसनको डुङ्गामा सहयात्रा गरेका सहयात्रीहरु बिचमा मडारिको संका उपशंकाको देन हो ''ब्रेक्जिट'' । संसदले ब्रेक्जिटलाई रोक्नु पर्छ भन्ने आवाजहरु पनि उठीरहेका छन किनमने उक्त निर्णय लागु हून संसदले अनुमोदन गर्नुपर्छ । यता लेबोर पार्टि, वेलायतका नेता जेरेमी कविनले ''अलगै खालको राजनीति'' कालागि युरोपका ''शोसलिष्ट'' हरुको … Continue reading सफल अवतरण वा असफल बिनास !

बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

'मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको … Continue reading बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

जनतालाइ शोषण गर्ने अधिकार कसैलाई छैन, यो ब्यापार होइन अपराध हो

बिश्वजी तपाईलाई शुभकामना, तपाइंको यो अभियान प्रति जोडदार समर्थन गर्दै केहि थप्ने खुल्दुली पनि जाग्यो, अनुमति पाउँ। कर छनविन आयोगको प्रतिवेदन लागुहुने खबर पाएर रातारात व्यापारीले अर्थसचिवलाइ सरुवा मात्रै हैन राजिनामा नै गर्न वाद्ध्य गराए, तिनै व्यापारीहरु अरवपतिको लिष्टमा पर्छन; कम्युनिष्ट हुन तर कांग्रेसी अर्थमन्त्रीको खुलेर आडभरोस लिन्छन; दिन्छन। दमदार समर्थक हुन। तिनै कांग्रेसी अर्थमन्त्री … Continue reading जनतालाइ शोषण गर्ने अधिकार कसैलाई छैन, यो ब्यापार होइन अपराध हो

यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को आन्दोलनको विजारोपण! नभए, कसैसंग योभन्दा फरक जवाफ छ? भुकम्पले थिल्थिलिएको नेपालीलाई नाकाबन्दीको उपहार दिएर औषधि, रगत र अक्सिजन समेत ठप्प पारेको भारतले छिमेकीलाई दिन सक्ने … Continue reading यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

केहि दिन अघिको कान्तिपुरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले 'न्यायिक निकायमा गलत नजिर' शिर्षक दिएर हालैको न्यायधिश नियुक्ति प्रकरणका गलत नजिरहरुलाई जनता सामु राख्नु भएको रहेछ, वहाँको यो प्रयास स्तुत्य छ ।  मुलत: राजनीतिले देश बनाउनु पर्ने हो तर नेपाल भत्काउने काम राजनीतिले नै गरेको छ । त्यसैले राजनीतिकर्मिहरुले यसको जिम्वेवारी लिएर मात्र अब पुग्दैन, … Continue reading शेखर दाइ, देश नै गलत नजिरहरुबाट चलेको छ !

बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

हिजोमात्र यल युनिभर्सिटिका प्रोफेसर, अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता (२०१३) एवं ''फिशिङ फर फूल'' का एकजना लेखक अर्थशास्त्री रोबर्ट शिलरले 'सरी ग्लोबल सम्मिट'मा उपयोगितावादका महान प्रवर्तक जोन स्टुवार्ट मिलको भनाइ ''ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन'' उल्लेख गर्दै बिकास भनेको मानविय खुशी हो भन्ने कुरामा जोड दिएका थिए । आफ्नो पुस्तक फिशिङ फर फूलको … Continue reading बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

मुलुक अन्धकारको चक्र ब्युहमा फसेको छ । सन १९११ मा फर्पिङ जल बिध्युत आयोजनाबाट सुरु भएको नेपालको जल बिध्युतको ईतिहास १०० बर्ष नाघ्दा पनि बिजुली ७०० मेगावाटभन्दा नाग्घ सकेको छैन । ठुला आयोजनाहरु लगानिको अभाव र पानीको राजनीतिले गर्दा 'कुरा उठदै सेलाउँदै' गर्ने गरेका छन । ग्रामीण बिध्युतिकरण अन्तरगत सन्चालनमा रहेका साना र माझौला कतिपय … Continue reading लोडसेडिङ् थपिंदै, लघुविद्युत योजनाहरु भने भटाभट बन्द

ने का सभापति: शशांकलाई अघि बढ्न दबाब

शशांकले सोमबार धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनर्विचार गर्न आग्रह गरेपछि महाधिवेशनको पूर्वसन्ध्यामा सिद्धान्त र नीतिगत विषयमा समेत छलफल गरी त्यसका आधारमा मात्र उम्मेदवार घोषणा गरिनुपर्ने अडान केही नेताहरूले लिएका छन् । मंगलबार साँझ शशांक निवास महाराजगन्जमा महामन्त्री कृष्ण सिटौलाबाहेक संस्थापन पक्षका अन्य शीर्षस्थ नेताहरूबीच भएको बैठकमा आफूले उठाएको मुद्दाका साथ नेतृत्व पदमा दाबेदारी दिन … Continue reading ने का सभापति: शशांकलाई अघि बढ्न दबाब