संघिय बिकास, प्रशासनिक खर्च र कर आतंक

वास्तविक करको भार कसलाई पर्ने हो, गरिविमा पिल्सेका जनतालाई त्यसको भारबाट जोगाउन के के 'इण्टाइटलमेण्ट' को ब्यवस्था गर्नुपर्ने थियो, त्यो नगरिएकोले योजना बनाउनेदेखि पास गर्नेसम्म सबै असक्षमताको घेरामा दर्ज भएका छन ।

Advertisements

छातीमा तक्मा | कविता

शान्ति बाटिकामा रातो उजाडिएको लालिगुराँस बाह्रबिसे खोल्सिको खहरेले पछारेका खग्राखे ठुटाका बुंदाहरु अरब र खाडीको मार्ग हुँदै नेपाल छिरेको कान्छो गणतन्त्र, बन्दूकहरुको मिलापत्र अनी जिम्मुवालहरुको चक्रब्रित्ती उठाउने तमसुक गणतन्त्र दिवस- जिन्दावाद !!! नव महाराजा महारानीहरुबाट गाडीको पाङ्राले देशको माटो छुने नवराजकुमार, राजकुमारीहरुलाई ढलेको दरवार र तरवारकै शैलिमा उठेर छातीमा बिरताको तक्मा टाँसिदिएको देखेर रोल्पाको पहरामा … Continue reading छातीमा तक्मा | कविता

पल्किएका आँखा | कविता

फोहरको डंगुरमा मान्छे, बिकृतिले आत्तिएको सत्ता भन्छ- दाईजो विर्ता, भुँडी फुलाएर मात्तिएको जनताको दिन बिग्रेर, तन्नम हालत तन्किएको विकल्प थिएकि कतै, खोज्नै हुन्न कसैले भन्दिएको यसैमा कुर्लेर मेरै गोरु, बाह्र टक्का गरिदियो यस्तो त चाहेकै हैन, पर-जा-तन्त्र फैलिंदैगयो सत्ता, शक्ति परम भक्ति; लुटतन्त्र मन्त्र भैदिए नआएको खुसी त्यो गाउँमा, भएको पनि खोसिए कमाउने छोरो बिग्रेर, … Continue reading पल्किएका आँखा | कविता

माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति

नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति भएको छ । दुई बर्ष अघि गएको भुकम्पका कारण ९००० भन्दा बढि मानिसको ज्यान गएको थियो भने अरबौंको क्षति भएको थियो । २६ जिल्ला बाढीमय -कम्तीमा ७० को मृत्यु, ५० बेपत्ता -३४ हजार घर डुबानमा -मृतकका परिवारलाई दुई/दुई लाख (KantipurNews)   यस सम्बन्धि थप समाचार … Continue reading नेपालमा भिषण बर्षादका कारण जनजीवन अस्तव्यस्त, कयौंको मृत्यु, जनधनको क्षति

अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

नेपालको दशा : सवाल जवाफ

१) आज हामी जे भोग्दै छौँ, त्यो माओवादी हिंसाको देन हो । यसकै लागि कारीव १५००० निहत्था नेपालीलाई मारिए, गणतन्त्र ल्याइयो, संघियता अपनाइयो । अन्तत: बहुदलिय गुँडमै बास बसियो । देश राजनीतिको भुमरीमा फसेको छ; जनतालॆ झन् दुख भोगेका छन् । यहि नियतिको निरन्तरता हो आगामी दिन । २) यसका डिजाइनर बाबुराम भट्टराई 'परिस्थिती समाल्न … Continue reading नेपालको दशा : सवाल जवाफ

नेपालमा सुन्दर प्रजातन्त्रको कुरुप भविष्य

धेरै काँचा संझौताहरु बिच खोजिने सहमतिले प्रजातन्त्रलाई कुरुप बनाउॅदो रहेछ, खासगरी नेपाल जस्ता मुलुकहरूमा । खुला सिमाना, भौगोलिक हिसाबले एउटा दुईटा मुलुकहरूसॅग मात्र परनिर्भरता, अर्ध शिक्षित नागरिक, देश काल परिस्थिति नबुझेका तीब्र सत्ता केन्दित नेता भएको देशमा प्रजातन्त्रलाई फरक तरिकाबाट ब्याख्या र ब्यवहार गर्न जरुरी छ । नेपालको प्रजातन्त्रले नेपालीमात्रको हित गर्न असफल भएको छ … Continue reading नेपालमा सुन्दर प्रजातन्त्रको कुरुप भविष्य

प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

नबुझेर त्यही तेरो र मेरो

माया रैछ कस्तो कस्तो सिङ हो कि, पुछार कहिले सरीर आफ्नो एउटै रैछ आकार मात्रै त फरक हो नि! कोपिला भएर फुलिदिन्छ पतिगर भएर झरिदिन्छ पालुवा भएर भरिदिन्छ लटरम्म फल फलिदिन्छ शत्रुले निमोठे पलाएर आउँछ झन-झन सहस्र फैलेर आउँछ माया रैछ कस्तो कस्तो हाँगा हो की ज़रा कहिले नाम मात्र त फरक हो नि ! … Continue reading नबुझेर त्यही तेरो र मेरो

जिन्दगीको खैंजडी घन्किएला र !

धर्तिमा झर्ने वित्तिकै चिच्याएको घर आॅधिले थला पारेछ, लिस्नो पछाडी चोयाले बारेको परेवाको गुॅड पनि त्यहिबेला भत्किएछ, खैरा भैंसी, गजुवा गोरु गोठ रित्तै, कोहि पनि रहेनछ दशैंको साईतमा ठेउवा हराउने बुढो गिंदरीको रुख पनि छैन जुॅडी खेतका कलिलो बिमिरा दाॅत अझै कुॅडिए झैं लाग्छ ऐशेलु, असारे र अॅगेरीले रंङिएको मुख खनायो र पॅदेलले के पखाली सक्नु … Continue reading जिन्दगीको खैंजडी घन्किएला र !

नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार भएको छैन । टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर … Continue reading नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो । हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र … Continue reading शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

समयले देउवालाई दोहोर्‍याएर महान हुने मौका दिएको छ

हालै सम्पन्न नेपाली कांग्रेसको चुनावमा नव निर्वाचित सभापति शेर ब देउवा प्रति हार्दिक वधाई एवं विजय घोषणाको प्रतिक्षामा रहेका सबैमा शुभकामना । यस अवसरमा केहि कुराहरु मनन योग्य छन । हाम्रो स्वभावमा परिवर्तन हुन जरुरी छ । खण्डित पार्न खोजिएको देश र पराजित हुदैगएको राष्ट्रियताले जित्नु पर्नेछ, ब्यापक अभाब छ- आपूर्ति बढाउनु पर्नेछ, आन्तरिक कलह मिलाउनु … Continue reading समयले देउवालाई दोहोर्‍याएर महान हुने मौका दिएको छ

ने का सभापति: शशांकलाई अघि बढ्न दबाब

शशांकले सोमबार धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनर्विचार गर्न आग्रह गरेपछि महाधिवेशनको पूर्वसन्ध्यामा सिद्धान्त र नीतिगत विषयमा समेत छलफल गरी त्यसका आधारमा मात्र उम्मेदवार घोषणा गरिनुपर्ने अडान केही नेताहरूले लिएका छन् । मंगलबार साँझ शशांक निवास महाराजगन्जमा महामन्त्री कृष्ण सिटौलाबाहेक संस्थापन पक्षका अन्य शीर्षस्थ नेताहरूबीच भएको बैठकमा आफूले उठाएको मुद्दाका साथ नेतृत्व पदमा दाबेदारी दिन … Continue reading ने का सभापति: शशांकलाई अघि बढ्न दबाब