माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

Advertisements

अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

दु:ख रोपेर छिमेकमा सुख

देश नै चोरी भईसकेको छ, अरु त के कुरा भो र ! नेताहरु नै बिक्रिमा छन, बिक्री हुनै बाँकी के भो र ! राजनीति गन्धा छ, हिल्याउन नै बाँकी के भो र ! पाइलै पिच्छे सडकमा खाल्डा, मन टाल्नै पर्ने के छ र! जसो तसो गाडी चलेकै छन, सडक मै रोपाइँ र नहर, कृषिको बिस्तार … Continue reading दु:ख रोपेर छिमेकमा सुख

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

रबिन्द्र मिश्रको पार्टीमा किशोर थापाको नाम देख्दा केहि लेख्न मन लाग्यो, थापासँग केही समय निकट रहेर काम गर्दा उनी भित्रको इमान्दारिता र जिम्मेवारी बोधले निकै प्रभाव पारेको थियो । राजनीति असजिलो पेसा हो, त्योभन्दा असजिलो त थापालाई नेपालको ब्यूरोक्र्यासिमा असल छवी बनाउन भएको थियो होला । त्यसोत थापा भन्छन - ‘हो, पार्टी चलाउन सजिलो छैन भन्ने … Continue reading समृद्ध सूचकहरू हेरेर मर्ने अठोट हो- रबिन्द्र मिश्र

ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

सरकारमा बसेर समन्वय गर्न पनि सजिलो छैन । वेलायतको यूरोपीयन यूनियनसंग हनिमून चलिरहेको थियो तर जनताले ''ब्रेक्जिट'' भनेर बाहिर निस्कन मतदान गरे । हनिमूनबाट ''ब्रेक्जिट'' हुँदा आफुलाई नोक्सान हुने देखेर तिल्मिलाएको (?!) अमेरिकाले धनाड्यहरुको समूह जी-२० को बैठकमा वेलायती प्रधानमन्त्रि टेरेसा मे नै तिल्मिलाउने गरि 'ब्रेक्जिट'  पछिको वेलायतसंग ''ट्रेड डिल'' प्राथमिकतामा छैन भनिदियो भने अमेरिकी … Continue reading ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

विष्मात (कविता)

पानि भएर के गर्नु, तीर्खा नमेटिए पछि फाँटहरु भएर के गर्नु बारी बाँझै भए पछि ऊच्च सगरमाथा के चुम्नु, विचारै होंचो भए पछी बुद्ध जन्मेको के भन्नु, सर्वत्र अशान्ति फ़ैलाए पछि छिमेकीको के गर्नु आस, टाउकै उठाउन नदिए पछि नेता मानेर पछि के लाग्नु, देशै भताभुङ्ग भएपछि प्रजातन्त्र बोलेर छाक के टार्नु, अवसर सबै गुमेपछि … Continue reading विष्मात (कविता)

धन्यवाद (कविता)

म त नेता हो माग, चाहिए जति माग म सबै दिन्छु सढक ढाकेर तिम्रैलागि चिच्याउँछु रातो दिन तिम्रै लागि त हो नि !   तिमीले मलाइ भोट देउ म त्यसलाई नोट बनाउछु त्यहि नोट गाऊँ भरी भजाउँछु चुनाव ताका यौटा लाइसेन्स लिन आउंछु त्यहि देखाएर तिमीलाई समाउँछु तिमी मलाइ भोट देउ सट्टामा म तिमीलाई भाषण … Continue reading धन्यवाद (कविता)

शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

आज सर्वत्र विकृति छ। अस्पताल, शिक्षा, यातायात, बैदेशिक रोजगारी सबैमा दलाली र अबांछित चर्को शूल्क व्याप्त छ। विकृति सुधार्नु पर्छ भनेर ८-८ पटक अनसन बसेका डा गोबिन्द केसीको माग पुरा नगर्ने राजनीतिक क्षेत्र हो। यी सबै विकृतिको कारण राज्यलाइ कमजोर पारेर त्यसलाई संचालन गर्ने राजनिती नै हो । हामी भोला रिजाल, डा गोबिन्द केसी, राजेन्द्र … Continue reading शोषण गर्न अधिकार दिने डा. गोबिन्द केसी हुन कि प्रधानमन्त्रि ?

वीपीको नेतृत्वमा प्रस्तुत नेपाली कांग्रेसको पहिलो नीति तथा कार्यक्रम

  Source : Facebook  

मोदिआइनमा असल मानिस

“ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।” - विश्वेश्वरप्रसाद कोइरालाले ५२ वर्षअघि सुन्दरीजलमा लेख्नुभएको उपन्यास ‘मोदिआइन’ बाट

सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो … Continue reading सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ