स्वामी प्रपन्नाचार्य: ज्युँदोमा घ्रिणा मरे पछी प्रसंसाको ब्यापार

'चरी' र 'घैँटे'लाई सहीद घोषणा गर्न खोज्ने मानशिकताका राज्य संचालकहरुमध्ये कसैले पनि स्वामी प्रपन्नचार्यले पशुपतिको ब्रिद्धाश्रममा कष्टकर अभावको बुढ्यौली बिताएको देखेनन, नत ज्ञाताबारे अनुसन्धानको परंपरा नै बसाले ।

मेरा बारेमा मात्र देवतालाई किन फिकिर हुने ?

मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला। ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन।