गीतसँग जोडिएका प्रसङ्ग

  - जगदीश वाग्ले संगितको धुनले कसलाई लट्ठ नपार्ला र! तलबको थोरै आम्दानी बचाएर विद्यार्थी जिवनमा भर्खर खुलेको नेपालको आधुनिक भटभटेनी सुपर मार्केटबाट किनेको सोनी वाकमेनमा रातैभरी गीत सुनेको अहिल्यै हो जस्तो लाग्छ। अहिले पनि फुर्सदका बेला गीतसँग भुल्ने मन बाहिरिएको छैन।   त्यसमध्ये नारायण गोपालका प्रायः सबै, एकोनको ‘आइ वान्ट टु मेक लभ राइट … Continue reading गीतसँग जोडिएका प्रसङ्ग

बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य

रोजगारी मिल्ला तर घरवारै बिग्रियो भने के हुन्छ? रेमिट्यान्सले धनी भएका देश र समाजले बिछोडको पीडालाई तथ्याङ्कमा घटाउनु पर्छ भन्ने मान्यता बसालेका छैनन्। आम्दानी देखाउने तर समाजमा भएको नोक्सान वा क्षतिबारे तथ्याङ्कलाई किन मौन राखियो ?यसो हुनु नियतवश हो वा नवउदारवादको निकृष्टता? पछिल्लो समय, चितवनका सन्तोषले १३ वर्षसम्म ५५ डिग्री तापाक्रममा परिश्रम गरेर पठाएको सबै … Continue reading बैदेशिक रोजगारीः राज्यले लुकाएको तथ्य

विश्व व्यवस्थाको संरचना र नेपालको अस्थीरता – देशसञ्चार

नेपालमा नागरिकतन्त्रले पाएको सकस देखेर धेरैको मन कुँडिएको छ। तर्कहरू मडारिएर आफ्नै मन पक्ष विपक्षमा बाँडिएका छन्। समाज पनि तर्कसँगै विभाजित भएको छ। — Read on deshsanchar.com/2021/02/15/475143/

संघिय संरचना: अनुशासन र श्रोत खै?

अर्गानिक नेपाल

नेपालाई बिकशीत राष्ट्र बनाउने जन-चाहना अनुरुप धेरै आन्दोलन र राज्य संरचनामा काफी परिवर्तन गरियो । तर परिवर्तनलाई स्थाईत्व दिनका लागि लगानिको श्रोत ब्यवस्थापन र त्यसको परिचालनको लागि साशकिय अनुशासनलाई नै उपेक्षा गर्ने परिपाटि आज पर्यन्त उस्तै छ । परिवर्तन स्थिर छैन, विकाशको गति र मती नै दिग्भ्रमित देखिएकाछन । बिकास कागजमा लेखिने शब्दमा नभएर, कर्ताहरुको … Continue reading संघिय संरचना: अनुशासन र श्रोत खै?

माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

यो कथा गाउँमा बस्ने गरिवहरुका लागि दुर्दशा, सिङो देशका लागि कलन्क अनी दशा । गान्धिको 'महान देश'का लागि खाने पानीको लागि मूल्य तिर्न नसकेर भारतको पन्जावका किसानहरु पानीकै नहरमा कसरी हाम्फालेर सुसाइड गर्छन् ? विश्वमै जलश्रोतको धनी देश नेपालका निती निर्माता र" महान राजनेता" ले हेक्का नराखे पनि चलेकै छ तर तपाईं हाम्रालागी पानीको दर्दनाक … Continue reading पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

सरकारमा बसेर समन्वय गर्न पनि सजिलो छैन । वेलायतको यूरोपीयन यूनियनसंग हनिमून चलिरहेको थियो तर जनताले ''ब्रेक्जिट'' भनेर बाहिर निस्कन मतदान गरे । हनिमूनबाट ''ब्रेक्जिट'' हुँदा आफुलाई नोक्सान हुने देखेर तिल्मिलाएको (?!) अमेरिकाले धनाड्यहरुको समूह जी-२० को बैठकमा वेलायती प्रधानमन्त्रि टेरेसा मे नै तिल्मिलाउने गरि 'ब्रेक्जिट'  पछिको वेलायतसंग ''ट्रेड डिल'' प्राथमिकतामा छैन भनिदियो भने अमेरिकी … Continue reading ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

नेपाली अर्थमन्त्रीले कसरि बुझ्लान ?!

भारतीय अर्थमन्त्री अरुण जेटलीले हालै त्यहाँको गैह्र कृषि क्षेत्रमा काम गर्ने अदक्ष श्रमको न्युनतम ज्यालादर ४२ प्रतिशतले बढाएर (''एेतिहासिक'' भनिएको) प्रतिदिन भारु २४६ बाट ३५० पुर्याएका छन् । खुला सिमाना छ, नेपाली उत्पादन र श्रम बजारमा यसको असर कसरि पर्ला - नेपाली अर्थमन्त्री कृष्ण बा महराले कसरि बुझ्लान ?! उनलाई चाइनिज ककटेल खाँदै फुर्सद छैन, … Continue reading नेपाली अर्थमन्त्रीले कसरि बुझ्लान ?!

रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ''ड्र'' गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग स्थिर विनिमय दर भएको नेपालले पनि त्यसको नकारात्मक मार 'बिना कसुर' व्यहोर्नु पर्यो । त्यसबाट अर्थतन्त्र जोगाउन तत्कालिन भारतीय सरकारले चिकागो प्रोफेसर रघुराम राजनलाइ रिजर्भ बैंक … Continue reading रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

बहिखाता र झोला (कविता)

मसंग यौटा झोला थियो र त्यसलाई बोक्ने मेरो शरिर, तिम्रो ठूलो थुप्रोबाट केहि पाउन झोला थापिरहें झोलामा बिष(ख)य अडिएन पिंधमा त प्वाल परिसकेको रहेछ म त माथिमात्रै हेर्दै थिएँ तिमीले दिएको त्यो झोला तिम्रो एक हातले दिईरहन्थे आर्को हातले प्वाल टाले झैं गरेर लिइ रहँन्थे दिए झैं गरेर निरन्तर लिन सक्नु तिम्रो कला हो मसंग … Continue reading बहिखाता र झोला (कविता)

नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

नगरपालिका हुँदा एक लाख ४३ हजार आठ सय ३६ जनसंख्या रहेको भरतपुरमा अहिले बढेर एक लाख ९९ हजार आठ सय ६७ पुगेको छ । जनसंख्या वृद्धिसँगै भरतपुरको आय पनि बढेको छ तर उपमहानगरपालिकाका बासिन्दाले साबिकमा पाउँदै आएको सेवा र सुविधामा विस्तार भएको छैन । टेलिफोन र खानेपानी नपुगेको ठाउँमा ती सेवा पुग्नसकेका छैनन् । कर … Continue reading नगरपालिकामा बस्छौं भनेर मात्रै कर तिर्नुको कुनै अर्थ छैन

राजकुमार दिक्पालको खोज: जंगबहादुर राणाको तलबचाहिँ कति थियो ?

तलब-इतिहास जंगबहादुर राणा कतिपयलाई दन्त्यकथाको नायकजस्तो लाग्छ। यही नेपाली माटोमा जन्मेर राजदरबारमा राजा, रानी र युवराज तीनमुख भएको बेला अनेक किसिमका खेल खेली शक्ति आफ्नो हातमा लिएर राजालाई खोपाको देउता बनाउने शासक हुन्, उनी। उनैले बीजारोपण गरेको जहानिया राणा शासनले नेपालमा लगातार एक सय चार वर्ष एकछत्र राज गर्‍यो। जंगबहादुर राणा सत्तामा आउनुमा उनको पारिवारिक … Continue reading राजकुमार दिक्पालको खोज: जंगबहादुर राणाको तलबचाहिँ कति थियो ?

सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो … Continue reading सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ