एमसीसी पारित नहुने पक्का, म्याद थप्न पत्राचार

काठमाण्डौ – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समय असार १६ गतेभित्र  संसदबाट पारित नहुने पक्का भएको छ । सभामुखद्वारा प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेकालागि बोलाएपछि उक्त मितिमा एमसीसी पारित नहुने पक्का भएको हो । पार्टीभित्रै विवादित बनिरहेको एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्नेमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्ड दाहाल कै मत नमिलेपछि मंगलबार … Continue reading एमसीसी पारित नहुने पक्का, म्याद थप्न पत्राचार

विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

विश्व ब्यापार संगठनको औचित्य सकिएकै हो ! एउटा लेक्चरबाट प्रोफेसर बाहिर निस्कदै गर्दा मैले  सोधेको थिएँ - विश्व ब्यापार संगठन (World Trade Organisation) अर्थात यसपछि डब्लुटिओ ले अल्पबिकशित मुलुकको ब्यापार प्रवर्धन गरेको छ कि ठुला मुलुकको व्यापारलाई संरक्षण गरेको छ; कति निस्पक्ष छ ? उनले जवाफ दिएका थिए, ठुला मुलुकको प्रभाव त पर्छ नै । … Continue reading विश्व ब्यापार संगठनको असफल यात्रा : सीयाटलदेखि ब्यापार-युद्धसम्म

व्यापार युद्धमा अमेरिका र चीन : शक्तिको बदलिँदो मानचित्र

ब्यापार युद्ध व्यापार युद्धमा जित कसको सुनिस्चित होला, सर्वत्र जिज्ञासा छ । गएको करिव तीन हप्ता ब्यापार र ब्यापारसंग सम्बन्धित सम्झौताका बिषयले अन्तराष्ट्रिय राजनीतिमा निकै चर्चा पाए भने त्यसलाई समाचार र बिश्लेषणमा पनि त्यति नै महत्व दिएको पाईयो । खासगरी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै चाइनालाई साइजमा राख्ने उद्घोष गरे अनुरुप चीनबाट अमेरिका … Continue reading व्यापार युद्धमा अमेरिका र चीन : शक्तिको बदलिँदो मानचित्र

प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिका फेरी राष्ट्रपतिको निर्वाचनमा जुटेको छ । अमेरिका भित्रमात्रै होइन विश्वभरि सबैको ध्यान तान्ने चुनावमा धेरै जोड घटाउ हुने गर्छ; खासगरी यो वा त्यो उमेदवारका पक्षमा ! विदेश नीतिमा कमजोर र विवादास्पद देखिएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक लोकप्रियता कम आँक्न सकिने अवस्था छैन । फेरी यो चुनाव पनि उनैको हातमा … Continue reading प्रजातान्त्रिक समाजवाद : साण्डर्स र कोर्विन

मोदीमय भारत र जिमको ग्रोथ म्याप

मोदी, छिमेक र ब्यवहार

लेखक तथा अर्थबिज्ञ जिम ओ' निलले आफ्नो पुस्तक "द ग्रोथ म्याप" मा विश्व अर्थतन्त्र बारे उदघोष गरेका छन् कि सन २०३५ सम्म अमेरिकालाई उछिनेर चाइना विश्वको सबैभन्दा शक्तिशालि अर्थतन्त्रका रुपमा उदय हुनेछ । अमेरिका दोश्रो र भारत तेश्रो शक्तिका रुपमा उदाउने कुरा पनि त्यसै पुस्तकमा उल्लेख छ । त्यस्तै सन २०५० सम्म वृक (ब्राजिल, रसिया, … Continue reading मोदीमय भारत र जिमको ग्रोथ म्याप

बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- "इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका … Continue reading बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

कुनैपनि राष्ट्रप्रमुखले मुलुकको सम्बिधान र जनताप्रति उत्तरदायी रहेर सपथ खानुपर्छ, त्यसैले  त्यो उपस्थिति  सिर्फ़ त्यहि मुलुकको लागि हो । यस मानेमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी हितका लागि प्रस्तुत भएका हुन, अरु कसैका लागि होइनन । मुलत: ट्रम्प काँचो माटो हुन् ; उनि वार्गेनिङ्गमा सफल भए जस्तो देखियो, जसले अरब र मध्यपूर्वको काँचो युद्ध पकाएर … Continue reading ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

मनीचको शान्ति र अधिकार

वचनमा मानिस शान्ति, डिमोक्र्यासी सहयोग-सदभाव र अधिकारको कुरा गर्छ र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो । क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ- यहि हो शान्ति; बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने … Continue reading मनीचको शान्ति र अधिकार

तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

सबैलाई अचम्ममा पार्ने गरि वेलायतका निवर्तमान प्रधानमन्त्रि डेभिड क्यामरनले १३ सेप्टेम्बरदेखि तत्काल लागु हुनेगरी सांसदको पदबाट समेत राजिनामा दिए । अब उनि राजनीति सुन्यको अवस्थामा आइपुगेका छन । धेरै शंका उपशंकाहरु चले । हुन त यस अघि तत्कालिन प्रधानमन्त्रि टोनि ब्लेयरको कार्यकालमा विदेशमन्त्री रहेका डेभिड मिलिब्याण्ड जब आफ्ना भाइ एड मिलिब्याण्डसँग लेवोर पार्टि नेताको पदमा … Continue reading तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

सरकारमा बसेर समन्वय गर्न पनि सजिलो छैन । वेलायतको यूरोपीयन यूनियनसंग हनिमून चलिरहेको थियो तर जनताले ''ब्रेक्जिट'' भनेर बाहिर निस्कन मतदान गरे । हनिमूनबाट ''ब्रेक्जिट'' हुँदा आफुलाई नोक्सान हुने देखेर तिल्मिलाएको (?!) अमेरिकाले धनाड्यहरुको समूह जी-२० को बैठकमा वेलायती प्रधानमन्त्रि टेरेसा मे नै तिल्मिलाउने गरि 'ब्रेक्जिट'  पछिको वेलायतसंग ''ट्रेड डिल'' प्राथमिकतामा छैन भनिदियो भने अमेरिकी … Continue reading ब्रेक्जिट : दिनभरको शिकार, कान्छा बाउको अनुहार

शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

अमेरिकाले टी पी पी (Trans-Pacific Partnership) लाई अगाडि बढायो; हालसम्म १२ देशहरुले हस्ताक्षर गरिसकेका छन । संगै कामगरेका खास गरि युरोपियन यूनियन भित्र सौता पस्न लागेको महसुस हुँदै गरेका वेला वेलायत ई यू बाट निस्कने निर्णय गर्यो । यता फ्रान्स, नेदर्ल्याण्ड, स्विडेन, इटालीले पनि जनमत संग्रह माग्ने भन्दै ''वेलायतले सुरु गरेको यो अभियान रोकिने छैन'' … Continue reading शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

वेलायत लेवोर पार्टिका तर्फबाट छायाँ अर्थमन्त्री जोन म्याक्डोनलले पनि आधारभूत आम्दानि अवधारणालाइ लागु गर्ने सन्दर्भमा  आफुहरुले निकै नजिकबाट सम्भावना नियाली रहेको कुरा हिजो बताए । यदि यो अवधारणा लागु हुन सक्यो भने एरिस्टोटल, प्लोटो, जोन लक, जे एस मिल, अब्र्हाम लिङ्कनजस्ता दार्शनिकहरुको लोक कल्याणकारी मान्यतामा राज्यहरु फेरी एक पटक पुनर्मुख हुने छन  । खासगरी ग्लोबलाइजेसनले … Continue reading आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

‘संकटको लाभ’ मानविय अस्तित्वका लागि सबैभन्दा घातक भएका छन्

भूमध्यसागरमा डुंगा पल्टिएर मर्ने सयौं मानिसहरुको तस्बिर आइरहेका बेला एक नाबालकको पनि तस्बिर सार्वजनिक भएको छ। केहि दिन अघिमात्र ७०० जना डुबेको दृश्य संचार माध्यमहरुमा हेर्न पनि नसक्ने गरि प्रसारण भएका थिए । यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरियाली बालक अयलान कुर्दीको दर्दनाक मृत्युलाई सम्झाएको छ । सन् २०१४ देखि अहिलेसम्म … Continue reading ‘संकटको लाभ’ मानविय अस्तित्वका लागि सबैभन्दा घातक भएका छन्

प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

सुख पाउन राजनीति गरेकाहरुबाट नेपालीले दुख त पाइनै रहेका छन र पाउने पनि दुख नै हो। नेपाली जनताको चाहना सरकार बदलीरहनु पर्ने हैन, बरु स्थायित्वको स्थायित्व हो। त्यसैले व्यक्ति हैन संस्कार नबदलेसम्म हुने वाला केहि छैन। अहिले सरकार बदल्नै परेकाहरु नेपाल भित्र नभएर विदेश तिर छन, उनीहरुको काम नेपाललाई अस्थिरतामा धकेलेर त्यहाँको श्रोतमाथि हालीमुहाली गर्नु हो … Continue reading प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

वेलायती जनतालाई ओबामाको धम्कि (?)

''वेलायत इयू मा नरहे अमेरिकाले गर्ने ट्रेड टक को पुछारमा पर्नेछ'' - बाराक ओबामा, अमेरिकी राष्ट्रपति प्रजातन्त्र भनेको अमेरिकी इण्ट्रेस्टमा 'भोट हाल्न दवाव' दिनु हो? वा जनताले स्वतन्त्र भएर आफुलाई लागेको मत जाहेर गर्ने अनि राज्यले त्यसको ब्यवस्थापन गर्ने हो? ''यूरोपिएन यूनियनबाट वेलायत बाहिरिनु हुन्न'' भनेर ''हस्तक्षेप'' गर्न तीन दिने भ्रमण (२१-२३ अप्रिल) का लागि हतारमा वेलायत आइपुगेका … Continue reading वेलायती जनतालाई ओबामाको धम्कि (?)