परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

उदहारणका लागि- खोला र नदि ! नदीमा खोला मिसिन दिनु भनेको खोलाको अस्तित्व समाप्त हुनु हो । यस सन्दर्भमा नदीले खोलालाइ आफुमा समाहित गरिदिन्छ र वास्तवमा खोलाको परिवर्तन नदि भएर देखिन सक्छ तर त्यो भनेको खोलाको सभ्यता समाप्ति र नदीको यथा स्थान नै हो । त्यसै गरि खोलामा आनन्दित जलचरहरुको पूर्ववत स्वभावमा समेत उक्त परिवर्तनले … Continue reading परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

Advertisements

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ […]

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

परिचय झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ। झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग … Continue reading ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल, चिल, वाज र हुँण्डारहरुसंग यौटा माउ बाख्रीले आफ्ना पाठा-पाठीहरुलाई बचाइदिन दयाको भिख मागे जस्तै हुँदै गयो नेपालको हालत; धिक्कार होस यो युगका कलंकहरुलाई र प्रजातन्त्र, … Continue reading “भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नबुझेर त्यही तेरो र मेरो

माया रैछ कस्तो कस्तो सिङ हो कि, पुछार कहिले सरीर आफ्नो एउटै रैछ आकार मात्रै त फरक हो नि! कोपिला भएर फुलिदिन्छ पतिगर भएर झरिदिन्छ पालुवा भएर भरिदिन्छ लटरम्म फल फलिदिन्छ शत्रुले निमोठे पलाएर आउँछ झन-झन सहस्र फैलेर आउँछ माया रैछ कस्तो कस्तो हाँगा हो की ज़रा कहिले नाम मात्र त फरक हो नि ! … Continue reading नबुझेर त्यही तेरो र मेरो

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ … Continue reading अध्ययन !

गणतन्त्रको गलगाँढ

कुनै मुखियाको स्वागतमा जनतालाई अस्पताल जान बन्देज लागेको छ तिनै जनता 'वाक स्वतन्त्रता' खोज्दै सामाजिक संजाल चहार्न वाध्य छ भरौटेहरुको त पाैरखै भो- देश नाकावन्दिले होस वा भ्रमणले ठप्प छ गणतन्त्रको गलगाँढ- सके खाउ नसके घिच; देश त ब्यथामा सिकिस्त छ ! ©Jesi, 2016

तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

सबैलाई अचम्ममा पार्ने गरि वेलायतका निवर्तमान प्रधानमन्त्रि डेभिड क्यामरनले १३ सेप्टेम्बरदेखि तत्काल लागु हुनेगरी सांसदको पदबाट समेत राजिनामा दिए । अब उनि राजनीति सुन्यको अवस्थामा आइपुगेका छन । धेरै शंका उपशंकाहरु चले । हुन त यस अघि तत्कालिन प्रधानमन्त्रि टोनि ब्लेयरको कार्यकालमा विदेशमन्त्री रहेका डेभिड मिलिब्याण्ड जब आफ्ना भाइ एड मिलिब्याण्डसँग लेवोर पार्टि नेताको पदमा … Continue reading तीन घुम्ती: किन डेभिड क्यामरनले राजनीतिबाट सन्यास लिए ?

जनैको धागो (कविता)

जनैको धागो बॅधिदिए, पहिचान तिनको तागाधारी भो गरिव भए पनि त्यहि जनै आरक्षणको अभिषाप भो जातीय आन्दोलन चर्किंदैछ, भुषमा आगो सल्कियो आगो सल्काउने दूराचारी, राज्य तिनकै बन्धक भो जातपात हुन्न भन्थ्ये, आरक्षणको नाउँमा झेल भो आर्थिक आधार; बिलौना के पोख्नु ! दुष्ट बुद्धिचाल भो

विष्मात (कविता)

पानि भएर के गर्नु, तीर्खा नमेटिए पछि फाँटहरु भएर के गर्नु बारी बाँझै भए पछि ऊच्च सगरमाथा के चुम्नु, विचारै होंचो भए पछी बुद्ध जन्मेको के भन्नु, सर्वत्र अशान्ति फ़ैलाए पछि छिमेकीको के गर्नु आस, टाउकै उठाउन नदिए पछि नेता मानेर पछि के लाग्नु, देशै भताभुङ्ग भएपछि प्रजातन्त्र बोलेर छाक के टार्नु, अवसर सबै गुमेपछि … Continue reading विष्मात (कविता)