सिमान्तMarginal

बिकास समिकरणको सूत्र

पूर्वजन्म​

भनिन्छ, म जे भोग्दैछु

पूर्व जन्मको फल भोग्दैछु

त्यो अदॢश्य पूर्वजन्म​;

कहाँ, कहिले, र कसको पासमा

पूर्व जन्म भयो?

कहाँ छ प्रमाण !

प्रमाण विना

सजायं दिने कोहो ?

पुरस्कृत गर्ने को हो ?

प्रमाणित नभइ अभियोग लाग्दैन

अभियोग नलागि दण्ड भोग्नु पर्दैन

तर, भोगिरहेको छु

पूर्व जन्मको फल !

कसले भन्यो ?

कसले देख्यो ?

कुन लहडीले लेखेको ग्रन्थमा छापियो ?

यति ठूलो जिन्दगिको कथा-ब्यथा,

लहडीहरुको मागि खाने कचौरा बनेको छ

मैले चित्रगुप्तलाइ सोधें

बही खाता मागेँ

अनि फेरि प्रश्न तेर्श्याएँ-

भगवानले विना जानकारि, विना प्रमाण

सजांय गर्न मिल्छ ?

त्यो पनि थपि-थपि !

उनि अकमकाए, उनको खाता शुन्य थियो

विना जाानकारि प्रमाणित हुँदैन,

प्रमाणित नभइ अभियोग लाग्दैन

अभियोग नलागि दण्ड भोग्नु पर्दैन

तर म भोगिरहेको छु;

निरन्तर भोगिरहेको छु भगवानको नाममा

13/06/2015

CClicence

in_heaven

Your comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: