सुक्ष्म कवितामा दलहरु

एक: कांग्रेस

कांग्रेस त्यो हो गुटको

राजनीति गर्छ फुटको

नाम लिन्छ बी पी को

निजिकरण भन्ने त्यो-

समाजवाद ब्यर्थ भो

 

दुई : एमाले

एमाले हो ढुलमुले

हिजो यता आज उता

कर्कलाको पानि झैँ

छैन यसको पींध लोटा

 

तिन: माओवादी

माओवादी सात टुक्रा

खाओवादी भैसक्यो

हिजो जनता जनार्दन

आज भयो मानमर्दन

 

चार: मधेशवादी

मधेशवादी मूर्ख हुन

भुक्ने लुते कुकुर झैं

लैनचौरमा खाएर

मधेशतिर थुक्छन है

 

पाँच: रा प्रा पा

रा प्रा पा त्यो मण्डले

राजा हिन्दु धर्मले

सत्ता पायो झुक्यायो

गणतन्त्र समायो

 

छ: नयाँशक्ति

ईषले भरिएको त्यो बिष

डस्नुसम्म डसेर

थिल्थिल्यायो नेपाली

चोखिन्छ रे फुटेर

 

सात : प्रधानमन्त्रि ओली 

प्रधानमन्त्रि ओलीको

गोलि मात्रै बोलीको

महेन्द्र पथमा हुर्केर

महाकालीको तीर हुँदै

भारततिर पुगेर

सत्ता पायो, झुक्क्यायो

राष्ट्रियता फलाक्दै

चाइनातिर हुत्यायो


 

share rule
share rule

©Jesi, 03/04/2016

Advertisements