सिमान्तMarginal

बिकास समिकरणको सूत्र

गोला-बारुद-शान्ति

हिजो हामी रोयौं
आज पेरिसहरु रुॅदैछन
पेरिसहरुलाई दुख्दा
हामिलाई पनि दुख्यो
तर हामिलाई दुख्दा
कसैलाई दुखेन

गोला-बारुद
जहाॅबाट निस्किएको भए पनि
मर्छन तीनै निर्दोषहरु
लुक्छन अपराधीहरु त
भेटिदैनन कतै पनि

देखिरहेछौँ, बुध्दको नाममा
आत्मदाहको कू-निती, र
गान्धिको शालिक मुनि
हतियारको कारोबार,
बुध्दकै चेला भएर पनि
हिंसाको रापमा जलिरहेछौँ,

एउटाले बेचेर कमायो  नाफा
आर्कोले मारेर वाहवाही कमायो
हिजो तिमीले मार्यौ, खुसि थियौ
आज तिमीहरुलाई मार्दा
निन्याउरो देखिन्छौ,
मार्नुको गन्तव्य भित्र
पाउने त सबैले
मृत्‍युकै फल हो ।

दु:ख बेचेर कमाएको रकमले
सुख किन्न ब्यर्थ- ब्यग्र छौ
तिम्रो बजारमा सिकेका ब्यापारिले
बेच्ने त हिंसा र अपमान मात्र हो

बन्दुक र हथियार बोकेर
बोकाउने झन ठूलो हिंश्रक हो,
त्यो त सबै बिर्सिएछौ,
पत्याउन्नन कसैले-
शान्ति को राग अलाप्छौ

हिजो मैले गुमाएँ
आज गुमाउने तिमीले नै हो
भरिने त तिम्रो पनि नोक्सान नै हो
आज गुमाउने त तिमीले नै हो

©Jesi, 2016

share rule
share rule
%d bloggers like this: