के काम

तिसौं बर्ष बितिसक्यो धारामा पानी आउँदैन भने,

मेलाम्चीको के काम !

टुकी र लालट्रेनको आयतले ढुङे युगमा लैजानेहो भने,

लोडसेडिङको तालिका फेर्न प्राधिकरण र मन्त्रालयको के काम !

ग्याँस, पेट्रोल मट्टितेल पाइंदैन,

घाटामात्र थपिरहने निगमहरूको के काम !

जामै-जाम छ, पन्छाउनसम्म सकिन्न भने,

ट्रफिक र गृहको के काम !

असमानता र गरिवी घटाउने उपायसम्म छैन भने,

योजना र अर्थको के काम!

 

समस्याहरूको समाधान खोज्ने बिषयमा प्रबेषै हुन्न भने,

बर्षौँ बितिसक्यो यदि संबिधान बन्दैन भने,

देशलाई राज्यमा बिगार्ने हस्ताक्ष्ररकालागी

भत्ता दिएर पालिएका गाँढतन्त्रका तमसुकेहरुको के काम !

राज्यको प्रत्याभुती नै नहुने हो भने,

हुक्के र बैठकेहरू सम्मिलित क्याबिनेटको के काम !

बिदेशिको चलखेल देखिरहने र खेल्न पनि दीईरहने हो भने,

जनताले दल र नेता मान्नुको के काम !

 

गर्न पनि नसक्ने दिन पनि नजान्ने, मेरै गोरुको बारै टक्का

मिल्न कहिले सकिन्न भने

कुर्ची कुर्न राखिएका खेतालाहरूको के काम-

कुर्ची कुर्न राखिएका खेतालाहरूको के काम

CClicence
share rule

 

14/11/2014

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s