मैले भगवान देखें

लामो प्रतीक्षा पछि

आज मैले भगवानलाई देखें

भ्रष्टहरुको घरमा लक्ष्मी बनेर छिरेको

हत्याराहरुको हातमा बन्दुक बनेर टाँसिएको

पापीहरुलाई पखाल्न मन्दिर बनेर उभिएको

कुख्यातहरुलाइ सत्ता सुम्पदै,

न्यायालयमा वकिलहरु भरेर;

मार्ने र आदेश दिनेहरुको पक्षमा वकालत गरिरहेको

ठिक त्यसै वेला म-

भ्रष्टाचारमा ठडिएको बंगलाको गेटैमा,

एक मुठी चामल मागेर उभीएको थिएँ

मन्दिरको ढोका अगाढि एक सुका भन्दै,

कुच्चिएको कचौरा पसारी रहेको थिएँ

मेरो पक्षमा वकालत गरिदिदिने वकिल खोजेर

अदालतको ढोका अगाढि कराई रहेको थिएँ, कराई रहेको थिएँ I

मैले भगवानको तामाझाम देखें

मरेको आशा पलाएर आयो

तर, त्यहि बाटो हिंड्दा उनले मलाइ देखेनन

न त बटुकोमा एक सुका फ्याँकेर

न्याय दिएको भन्नसम्म सके

निराशाको वादल कहिल्यै हटेन

म भूकम्पले छिया-छिया भएको छु

घर परिवार समेत गुमाएको छु

मेरो नाममा ठुलो राहत आएको छ रे

मैले भने आहत मात्र पाएको छु,

मैले भने आहत मात्र पाएको छु !!!

यसै बिच मैले भगवानलाई देखें

यसै बिच मैले भगवानलाई चिनें

08/06/2015

CClicence

OHRLLS-3

nepal-tour

 

08/06/2015

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s