मानिच

वचनमा मानिस शान्ति, डिमोक्र्यासी

सहयोग-सदभाव र अधिकारको कुरा गर्छ
र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो ।

 

क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म
मेरो गोरुको बारै टक्का- मेरो जति सबै ठिक, तेरो जति सबै बेठिक
लोकले देखेकै छैन् झैँ गरि सर्वत्र अशान्ती फैलाउँछ र भनिदिन्छ यहि हो शान्ति

बारुदको धुवाँमा ढाकिएर आफ्नो छ दिने नाबालक खोजिरहेकी आमाले कसरी पत्याउने
त्यो शान्ति र अधिकार ती  आमाहरु र मारिइसकेको अबोधहरुकालागि हो भनेर !

नपत्याए हेर स्वदेशको अस्पतालदेखि बिदेशको खाडीसम्म, पर्वदेखि पुज्यारीसम्म
निलो समुन्द्रको रंग बमको धुलोले खरानी त भएकै थियो, बिस्तारै रगतले रातिँदैछ

रावणले कोरेका चित्रहरु कहिले  सिताको भेषमा त कहिले बुद्धको  आवाजमा

अमेरिका, युरोप, अरब त कहिले ईजरायल, प्यालेष्टाइन; विध्वंश मचाइ रहेकाछन

हिजो उसले मार्थ्यो, आज यसले मार्दैछ,

कहिले  यता त कहिले उता निर्दोशहरु मारीइरहेका छन ।

किनकि स्वभाव फेरिएको छैन /

हतियारले खिइएका हात र रगतले रङिएका पोशाकमा सजिएर

छेस्कलोबाट वुद्ध गुम्वा भित्र पसेका हुल्याहा ब्वाँसाहरू
थप बमहरु पडकाउने भन्दै आज पनि परेवा उडाउन  उस्तै ब्यस्त छन ।

मानिसले ‘म’ लाई त्याग्न सकेकै छैन र सक्ने पनि छैन … 2

यो त उसको जन्मसिद्ध स्वभाव हो, जातिगत स्वभाव ।

सुकिलो भेष र महँगा विश्वविध्यालयहरुले स्वभाव परिवर्तन हुंदैन

नपत्याए हेर कमिला, धमिरा र माहुरिका त्यो हुललाई
तिनीहरु क को अक्षर लेख्न पढन पनि जन्दैनन
सिक- जाओ तिनका घरमा, एक वास बसी हेर, र सिक तिनको मेलमिलाप
बडो विस्तारै जाओ, तर्सन्छन तिनिहरु !
तिम्रो त साशले पनि तिनको मेलमिलापलाइ छिन्नभिन्न पारिदिन्छ
व्यस्त छन तिनिहरू तिमिले बिनास पारेको वस्ती पुनर्निर्माण गर्न
र सर्टीफिकेट हैन विवेक सापट मागेर आओ ।

कसरी भयौ तिमी सर्वश्रेष्ठ ? बाँदर झैँ अर्काको घर भत्काउँछौ

कोइलीले झैँ कागको फुल चोर्छौ, ब्वाँसो झै मारेर खान्छौ
रावणझैँ सीताहरु भगाउछौ, शान्तिदूत बनेर आत्मदाह गर्ने सन्देश दिन्छौ
हज्जारौँ जिव, जनावर, वनस्पती र सम्पदा भत्काइसक्यौ; भत्काउँदैछौ
चोरलाई साधु र निर्धोलाई शूली चढाउन कानुन बनाएकोछौ

कमिला, धमिरा र माहुरीको आदर्शलाई माथी उठनै दिंदैनौ !

अव तिमी मानिस रहेनौ, सर्वश्रेष्ठ भएनौ

जुनि नै बदल्यौ, हुनसम्म भयौ ‘ नीच’ अर्थात् ‘मानिच’  नै भयौ ।
अलिकति मात्रै मानवत्व बांकी छ भने जाउ विवेक सिकेर आउ; विवेक सिकेर आउ ।

20/10/2014, UK

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s