सिमान्तMarginal

बिकास समिकरणको सूत्र

केटीनै केटीको दुलाह हुने भई

मानव सभ्यताका

महिला र पुरुष

अब अर्कै रङ-रोगनमा आउने भए

पहिले मेल थियो,

चुम्बक झैँ बिपरित ध्रुबमा आकर्षित हुन्थ्ये

नेपाली अंकका छ र तीन ६३ जस्ता

यौटाले अर्काको अनुहारमा नियाली रहन्थे

गुरुत्वाकर्षण त्यहीँ थियो, त्यसैले त

सृस्‍टि उनिहरुको कर्म थियो,

त्यसैमा सभ्यताको धर्म थियो

लहडिले आफ्नो सुविधाको निर्णय गर्दा

अब केटा नै केटाको केटी हुने भयो

केटी नै केटीको केटा हुने भई

लिङ्ले लिङ जनाउने होइन

चाहनाले लिङ बनाउने भयो

समलिङिको धर्काले

छ र तीनको ठाउँँ उल्ट्याइ दियो –

महिला र पुरुष ३६ भए

एक अर्कालाई देख्नै नसक्ने गरी पिढ्युँ फर्काउने भए

डोली चडेर केटि दुलाह हुने भई

केटिसँगै विवाह गर्न जन्त जाने भई

चिउँढोभरी दारी-जुँगा सिन्दूर थाप्ने भयो

केटाले केटी भनी सिन्दूर हाल्ने भयो

हरफ हरफमा सबै धर्म ग्रन्थहरु भन्छन-

त्यहाँ कुनै ठाउँँ छैन

राजनीतिका ठुला मान्छेहरु भन्छन- यो नागरिकको जित हो

धर्मका ठुला मानिसहरु भने मौन, निरिह

एउटा समाजमा फरक धर्मनिती र राजनीति,

बिभाजित समाज

घाम पानी, घाम पानी स्यालको बिहे

कुकुर जन्ती बिरालो बाहुन

सृस्‍टि गर्न कसैले नपाउन

त के भयो !

विवाह गर्न पाइने भो

जन्तुदेखि जनावरसम्म यात्रा खुल्ला भो

ठिकै छ, मानौँ –

यदी पहिले नै यस्तो निर्णय गरिदिएको भए-

शुद्धोधन र मायादेविको भेट हुनेथिएन

बुद्धको कुरै हुन्थेन

गान्धि,मार्क्स्, जेम्स वाट्, आइन्स्टाइन्, कसैको आविस्कार

जानकारी हुने थिएन

कसैले विश्व हाँक्ने थिएनन

मैले कविता लेख्न पाउने थीइन

अब,

बाबु आमाले होइन,

गरिवहरुबाट सस्तोमा किनेको बिर्य र डिम्वलाई

कुनै कारखानाले लहरै इन्कुवेटरमा कोचेर

बच्चा उत्पादन गर्ने छ लेखी दिनेछ

”ए वान बच्चा उत्पादन लिमिटेड” द्वारा उत्पादित

न बाबु, न आमा न त बंशज नै

सुपर मार्केटमा प्राइस ट्याग लगाएर,

कसरी बन्यो भनी इनग्रेडियण्टको विवरण देखाएर

मान्छे बिक्री हुनेछ

एक्काइसौँ शताव्दिमा वाल स्ट्रिटको पुँजिवादिले

अर्को नाफाको मुहान फेला पार्नेछ

बिकास भएको छ भन्नेहरुले

जनसंख्या सिध्दान्तका प्रवर्तक

टि आर माल्थसलाई चुनैतिदिंदै भने होलान-

लौ हेर कसरी जनशंख्या नियन्त्रण गरिंदैछ !

जनसंख्या नियन्त्रण होला,

तर त्यही समलिङकै उत्पादन गर्न

एडम स्मिथको ”जनशंख्या राष्ट्रको धन हो” भन्न र

”श्रमको बिभाजन” गर्न पनि

पुरुषको बिर्य र महिलाको डिम्व त मिलाउनै पर्छ

किन दिने अब ???

जन्मको स्वामित्व लिनेले

कसरी शृस्टी गर्ने हुन, हेर्न बाँकी छ

महिला+पुरुषको अपार शक्ती

महिला+महिला, पुरुष+पुरुष  सक्कियो

आजसम्मको मानव सभ्यताका ज्युँदा साक्षी

महिला र पुरुष-

सृस्‍टिमा चलेको थियो र अन्त हुने भयो,

अब समलिङमा गयो

बिपरित लिङको च्याप्टर सकिएर

समलिङको च्याप्टर शुरु भयो

25/06/2015

Perfect male and female Balance
Perfect male and female Balance

Image: https://happytruelife.wordpress.com/tag/male-and-female-balance/

……

Your comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: