मुख्यमन्त्री सुबाश घिसिङले इन्कार गरे

(संस्मरण)

वि सं २०५७ साल तिरको कुरा हो हामीहरुलाई लाइन्स क्लबको मीटिङमा सिक्किम जाने अवसर मिल्यो । त्याहाँका मुख्य मन्त्री सुबाश घिसिङलाई प्रमुख अतिथिको लागि अनुरोध गरियो तर उनले इन्कार गरे । स्थानिय नेपालीको मन जितेर पद पाएका घिसिङ्ले गोर्खा ल्याण्डको आन्दोलनसँग त्यो कार्यक्रमको कतै साईनो पर्छ कि भनेर डराएको देख्दा अचम्म पनि लाग्यो । तर पछी गवर्नर रणधिर सिंहलाई प्रमुख अतिथी बनाइयो। तर जनस्तरमा भने नेपालीहरुप्रती सिक्किमेलीहरु हुरुक्कै हुँदा रहेछ भन्ने केही नजिर भेटियो ।

हामीलाई थपी थपी चिया दिने सिक्किमे दाईले बङाली पर्यटकहरुलाई भने हप्कायरै लाइनबाट हटाए – साले ‘धोती’ भनेर ।  पुष माघको ठण्डीमा सबेरै ‘सूर्योदय’ हेर्न बसेका पर्यटकहरुलाई चिया थपेर खान पाउनु कम मजाको कुरा थिएन ।  मैले तुरुन्तै हाँसेर सोधी हालें तपाईं पनि ‘धोती’नै होइन र ! जवाफमा उनले भने – हाम्रो मन फाटेको छ भाई, नेपाली मनमा चीरा पारीएको छ । फाटेको मन सियोले सिएर सग्लो हुने रहेनछ । भुगोलको सिमानाले बाँध्ने रहेनछ- मनलाई ।  टुटेको खबटा ग्लुले टाल्न नसके जसतै । हामी त नेपाली हो नि !!!

भोलिपल्ट महिन्द्रा निसान जीप रीजर्व गरेर दार्जलिङ झर्दै गर्दा नेपाली ‘कुसुमे रुमाल’ फिल्मको ‘मायाको बारीमा फुलेको फूल….. ‘ बाट अन्ताक्षरी दोहोरी गीत सुरु भयो । सिक्किमेहरु एकातिर हामीहरु अर्कातिर । हामीहरुलाई उनिहरुले हराये । यसैबिच सिक्किम र पश्चिम बङालको सिमाना रङ्पो बजार आइपुगियो अनी ड्राइभरसाबले फ्याट्टै भनी हाले- बल्ल ईन्डिया आइयो । फेरी पनि मैले सोधी हालें – यो पनि ईन्डिया होइन र दाई ? वाक्य फरक थिए होलान तर माथिकै सैली मा जवाफ आयो – हामी त नेपाली हौं । दार्जलिङ्को चौरास्ता मा उभिएका भानुभक्तको पूर्ण कदको सालीक र त्यो ड्राइभरको तसबिर अहिलेको नेपालको अवस्था देख्दा झन ताजा भएर आएको छ .

यो सबै हुनुको कारण बारे भुझ्न एउटा किताबको नाम लिंदै एकजना वेइटर भाईले होटेल जुपुनोमा भने -‘सिक्किम सागा’ । केन्द्र सरकारबाट सिक्किम भारतमा बिलय गराउने जिम्मा पाएका ब्रज्बिर शरण दास ( वि एस दास) ले त्यो काम कसरी सम्पन्न भयो भन्ने कुरा उनी स्वयद्वारा लिखित यस पुस्तकमा राम्ररी उल्लेख गरेका छन । नेपाली नेताहरुले एक पटक पढनै पर्ने किताब रहेछ यो ‘सिक्किम सागा’ ।

13 December 2012 at 02:31 / Image: Google

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s