सिमान्तMarginal

बिकास समिकरणको सूत्र

वेलायती जीवनको एक क्षण(संस्मरण)

(संस्मरण)

बिहानै करीव ६ बजे बिच्छौनासँगको नसालु संबन्ध टुट्यो । नित्य कर्म सकियो । कामका लागि लण्डन जाने ट्रेन समातेर गिल्फर्ड तिर लागें । आजको दिन, देशको जिवनलाई नियाल्ने गरी झुल्केको रहेछ क्यारे त्यसैले ट्रेनमा यात्रा गरी रहेका कर्मचारी कारिन्दाहरुको जिवनलाई अलि नै बढी नियाल्न मन लागेर आयो । भावनाहरु पनि त्यसरि नै मुश्लिरहेका थिए I

ट्रेनको यात्रा, खचाखच यात्रु र त्यसै बेला यौटा सम्पन्न देशको जीवन चक्र माथिको अवलोकन; झट्ट हेर्दा लाग्थ्यो अहा, कती सुन्दर जिवन ! सफा, सुन्दर हराभरा; अभाव कतै देखिदैन । प्रत्यक दिन गरिने ट्रेन यात्रामा यिनिहरुलाई उमेरले खासै फरक पारेको छैन । बुढादेखि जवानसम्म प्राय: सबैको हातमा स्मार्ट फोन्, ट्याब्लेट र ल्यापटप उपलब्ध रहेको अवस्था छ । त्यस माथी दुवै कानका  प्वालहरु एअर फोनले टालिएका हुन्छन । मनिसको जिवनलाई भौतिक सम्पन्नताले यती धेरै सहज बनाइ दिएको छ कि जे सोच्यो त्यही- प्राकृतिको शक्ति जस्तै । कोही कसैलाइ कसैको मतलव छैन, जे छ सबै आ-आफ्नै सुरमा घोत्लिएका छन् । मलाइ लाग्छ, प्रतेकले एक अर्काको गतिविधिमाथी  भने सुक्ष्म नजरले चियाइ रहेको अवस्था छ; त्यसैले सबै सतर्क अवस्थामा देखिन्छन । अर्थात मानिस आर्काको चियो गर्न खप्पिस हुन्छ । घोसे मुन्टो लगाएर भुइंमा हेरेको देखिए पनि आँखाका नानीहरु चारैतिर सल्वलाई रहेका हुन्छन । तर हल्लाको शव्द सुन्नु पनि पर्दैन ।

सुचनाको शक्तिलाई पेपर मै भए पनि सहि, सबेरै देखि ट्रेन स्टेशनमा नि:शुल्क उपलब्ध हुने ”मेट्रो” र साँझमा उपलब्ध हुने ”लण्डन ईभीनिंग स्ट्याण्डर” ले रिफ्रेश गरिरहेका छन् । आफ्ना नागरिकहरुलाई मुलुकको सुचना एवं गतिविधि सहजै उपलब्ध गराउने राम्रो तरिका हो, यसरि नि:शुल्क पत्रिका उपलब्ध हुनु । फेरी पत्रिका हेर्दै सेवाग्राहीलाई उभ्याएर काम ठग्न, सामाजिक संजालमा भुल्न, र ब्यक्तिगत प्रायोजनकालागी  फोनमा घन्टौं समय विताउन त के ब्यक्तिगत मोवाइल उठाउन पनि पाइन्न । त्यसैले ट्रेनको यात्रामा दैनिक समाचार अपडेट हुन पाउनु राम्रो हो नत्र ती मानिसहरुसंग फाल्तु समय नै कहाँ हुन्छ र ! सर्कुलेशन धेरै हुँदै जाँदा आउने बिज्ञापनले ती पत्रिकाहरु मजाले धानिएका छन् । यसरि मानिसहरु ट्रेन भित्र पनि कुनै न कुनै रुपमा ब्यस्त हुन्छन ।

तर यता, बि. बि. सि. भने नि:शुल्क छैन । बि. बि. सी. को लागि ‘‘टी. भी. लाइसेन्स’’ भनेर प्रत्येक परिवारले प्रति महिना पाउण्ड १२.५० अनिर्वार्य रुपमा बुझाउनै पर्छ नत्र कुनै पनि साधनको प्रयोग मार्फत टेलिभिजनसंग सम्बन्धित कुनै पनि कार्यक्रम हेर्नु गैर कानुनि हो । त्यसवापत बि. बि. सी. ले ब्यापारिक विज्ञापन प्रसारण गर्न पाउदैन ।

लण्डन विश्वका महङा शहरहरुमा पर्दछ । मनिशहरुसँग गाडी भएर पनि घण्टाको ५-७ पाउण्डका दरले तिर्नु पर्ने पार्किङ शुल्क र ट्राफिक जामले गर्दा उनिहरु ट्रेन स्टेसनको छेउछाउमा गाडी पार्किङ गरेर ट्रेनबाट कमका लागि लण्डन जाने र बेलुका त्यही गाडी लिएर घर फर्कनु धेरै जसोको दिनचर्या हो ।

मानिसको अधिकांश आम्दानि घर र यातायातमा खर्च हुने गर्दछ । चार जनाको परिवारको लागि बाह्र सय घर र कम्तिमा तिन देखि पांच सय पाउण्ड यातायातको लागि खर्च हुनु सामान्य कुरा हो I हप्ताको ३००,००० पाउण्ड कमाउने फ़ुटवल खेलाडि वाइन रुनीदेखि  बार्षिक ९,५०० पाउण्ड भन्दा कम कमाइ हुने १९ लाख गरिव परिवारले गुजारा गर्ने ठाउँ पनि यहि वेलायत हो (मेट्रो, जुन, २०१५ ) त्यसो त जोसेफ स्टिग्लिट्ज, थोमस पिकेटि र पोल क्रुग्मान जस्ता अर्थाशास्त्रीहरुले यो ठाउलाई आर्थिक असमानताका लागि  उच्च कोटिमा राखेका छन् I

प्राधिक सभ्यताको चरम सुविधाबाट लाभान्वित यो जमात समयलाई जित्न भने सेकेण्ड-सेकेण्ड संघर्ष गरिरहेछन । क्याफिनको साहराले शिथिल इन्द्रियहरुलाई झकझक्याई रहेका,  ट्रेन समात्न ट्रेन स्टेशन भित्र दौडिरहेका मनिशरुको हालत हेर्दा प्रविधीसँग जुधिरहेको देखिन्छ । म यसलाई प्राधिक सभ्यता भन्न रुचाउँछु । प्राधिविक सभ्यता यस मानेमा कि एक घण्टा मात्रै बिजुली र इण्टरनेट उपल्ब्ध नहुने हो भने जीवन अस्त ब्यस्त हुन्छ ।  वर्तमान समाजले मानविय कल्याणको वरिपरी रहेर बिकास गर्न सकिने सभ्यताका बारेमा त्यती सोचेको छैन ।  मलाई लाग्छ; जुन संभव थियो र रहिरहनेछ ।

खासगरी असिको दशक पछाडि ब्याप्त रेगन-थ्याचर युगले निजिकरणको नाफालाई ह्वात्तै सतहमा ल्याइदियो भने राज्यका कल्याणकारी योजनाहरुलाई बिस्तारै पछाडि धकेलिदियो । आजसम्म आईपुग्दा यो क्रम पुरै अष्टेरिटिमय (भएकै सार्वजनिक सेवा सुविधाको कटौती) भएकोछ । वेलायती जनताहरुले पनि यो समस्यालाई प्रत्यक्ष रुपमा भोग्दैछन । धनीहरु झन धनी हुने र गरिवहरु झन गरिव हुने क्रम तीब्र छ, त्यसैले भविष्यको बाटो के हुने भनेर योजनाकारहरुको टाउको दु:खईको बिषय भई सकेको छ । यो बिषयलाई अलगै चर्चा गरौँला, अहिले लागौँ ट्रेन यात्रा तिरै ।

विश्वको शक्तिशाली विकशित मुलुक हो – वेलायत । सम्पन्नता र सभ्यता यहाँको बिशेषता हो ।नागरिकहरुमा एक अर्काप्रति देखाइने आदर र सहयोग भाव पनि चर्चा गर्न लायक मान्नुपर्छ । स्वास्थ र कलेज सम्मको शिक्षा पुरै नि:शुल्क छन् ।

भौगोलिक हिसाबले सानो, समुन्द्रको बिचमा कुनै पनि मुलुकसंग सिमाना नजोडिएको, नेपालको भन्दा करिव दोब्बर सात करोड जनसंख्या भएको वेलायतले विश्वलाई हल्लाउन सक्ने ताकत संचय गर्ने सक्नु यहाँ कालागी गर्वको कुरा हो । एक जमाना वेलायतले विश्वलाई नै राज गरेको थियो, त्यसैले भन्ने गरिन्थ्यो कि ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउदैन ।

Image https://www.pinterest.com/pin/472244710899454701/
Image https://www.pinterest.com/pin/472244710899454701/

प्राधिक सभ्यताको चरम सुविधाबाट लाभान्वित यो जमात समयलाई जित्न भने सेकेण्ड-सेकेण्ड संघर्ष गरिरहेछन । क्याफिनको साहराले शिथिल इन्द्रियहरुलाई झकझक्याई रहेका,  ट्रेन समात्न ट्रेन स्टेशन भित्र दौडिरहेका मनिशरुको हालत हेर्दा यस्तै लाग्छ । म यसलाई प्राधिक सभ्यता भन्न रुचाउँछु । प्राधिविक सभ्यता यस मानेमा कि एक घण्टा मात्रै बिजुली र इण्टरनेट उपल्ब्ध नहुने हो भने जीवन अस्त ब्यस्त हुन्छ । अहिले सभ्यता प्रविधिको बैशाखिमा धानिएको छ । हिजो हामिलाई एक छाक खान र रात पाहुना बस्न ”बास पाउँ हजुर” भन्दा चल्थ्यो तर आज आफ्नै आमा बाबुले छोरा छोरिकहाँ जान जान जानकारी दिएर समय मिलाउनु राम्रो मानिन थाल्यो । किनभने वर्तमान समाजले मानविय कल्याणको वरिपरी रहेर बिकास गर्न सकिने सभ्यताका बारेमा त्यती सोचेको छैन ।  मलाई लाग्छ; जुन संभव थियो र रहिरहनेछ । त्यतिखेरै पुष्पक बिमान, क्षेप्यास्त्र लगायतका आविस्कारहरु उपभोग गरेको हाम्रो वैदिक सभ्यताले मानविय मुल्यलाई पनि जोगाएको थियो । तर अती आध्यामिक गतीबिधी भने निस्कृयता, र परनीर्भरता हो भन्ने मेरो बुझाईछ ।

थपी थपी क्यफिन पिएर काम र दामकालागी जाँगरिलो देखिनु पर्ने उनिहरु मध्ये कतिपयको वाध्यता हो । कफी दैनिक कम्तिमा एक कप्, नपुगे थप सामान्य कुरा हो । यो असर ममा पनि देखिन थालेको महसुस छ, मात्रा धेरै हुन नदिन त्यतिकै चनाखी पनि अपनाउने गरेको छु । खासगरी निरो र कोष्टा कफी मेरो रुचिका कफी हुन्, स्टारबक्स त मलाई मनै पर्दैन । यदी आफैले बनाउनु पर्यो भने अटाउन सक्ने जती चिया चम्चाको एक चम्चा नेस्क्याफेको धुलो अलिकती दुध र विना चिनी नै मेरालागी काफी ।

समयले कसैलाई पर्खँदैन । तर समयमै कार्यस्थलामा पुग्नै पर्यो । धेरै ठाउँमा चल्ने ‘माफ पाउँ’ (सरी) भन्ने शब्द यहाँ चल्दैन । त्यसैले मानिशहरु एक डेढ मिनेटकालागी रोकिएको ट्रेन छुटन नदिन दौडिरहेका हुन्छन । कहिले काहीं  त यो दृश्य बिरक्त लाग्दो देखिन्छ । टाइ शुट लगाएर ठाँटिएका भलादमी मानिशहरु, हाइ हिल र स्कर्टको पहिरनमा ठाँटिएका महिलाहरु त्यसरी दौडिन पर्‍यो भने हालत के होला, सहजै अनुमान गर्न सकिन्छ । यसरी  स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै दौडीरहेको दृश्य राम्रो लाग्दैन । अझ लण्डन पुगे पछी उभिन पनि नसकिने भिडले भरिएको अण्डर ग्राउण्ड रेल (मेट्रो) चडेर ठेलाठेल गर्दै काममा पुग्नु चानचुन छैन ।  तर पनि वाध्यता छ । दु:ख नै त नभनुँ, सुख कै भए पनि दु:ख आ-आफ्नै प्रकारका भनेको यही हो ।

जहाँ जे सुकै होस पृथ्वीको निरन्तर गति चलिनै रहेको छ, चलि रहने छ । यिनै तरङ्गहरु विच झर्ने ठाउँ आइपुग्यो ।

Feature Image : Google search

©जगदीश

Your comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: