साहित्य शब्दहरू संमिलित ललित कला हो, जहाँ छरिएर रहेका शब्दहरूलाई भावनामा उनेर लेखक एउटा पूर्ण आकृतिको कृति तयार गर्दछ । भावनाहरू उम्लिएर आउछन् । समय र परिस्थितिले उमालेका तिनै भावनाहरू यहाँ संग्रहित भएकाछन ।

साहित्यमा रुचि राख्नुहुने सबैलाई यसमा सहभागी हुन म बिनम्र अनुरोध् गर्दछु । आउनोस तपाईका भावनाहरूलाई पनि यसमा प्रकाशित गरौँ ।

हाम्रा पिताजी वालचन्द्र वाग्ले र हजूरबुवा टिकानिधी वाग्लेको प्रेरणाले आफुभित्र पनि त्यस प्रकारको साहित्यानुराग प्रस्फुटित भएकोहुँदा वहाँहरूप्रति श्रध्दा सुमन अर्पण गर्दछु ।

मेरा वाल्यकालदेखिका कतिपय रचनाहरू दिव्यचक्षु नामको साहित्यिक डायरिबाट यहाँ जस्ताको त्यस्तै  उतार गरिएको हो ।

 

 

 

Advertisements