सिमान्तMarginal

बिकास समिकरणको सूत्र

समिकरण र सूत्र

समिकरण र सूत्र

बिकास एउटा कठीन समिकरण हो, जसलाई निश्चित सूत्र लगाएर मात्र सहि उत्तर निकाल्न सकिन्छ। © 

मेरा लेखनका बिचारहरुलाई निम्न मान्यताहरुले निर्देशित गर्ने गरिरहेका छन । तिनै सिद्धान्त र मान्यता नै बिचार प्रवाहको आधार  बन्न गएको छ । 

बिकासका लागि राजनीतिको अभ्यास गरिनु पर्छ । समाजको व्याख्या र पहिचान गर्दा आर्थिक पक्ष केन्द्रमा रहनुपर्छ । जात, क्षत्रियता र भाषागत आधारमा गरिने पहिचान बिखण्डनकारी हुन।  

बिकास भन्ने कुरा लेखिने र बोलिने शब्दमा नभएर, गरिने कर्ममा फल्दछ।  

 नेपाली जनताले बिकास बाहेक चाहेको केही होइन, तर उनिहरु ढाँटिने क्रम निरन्तर छ।

श्रोतको अभाव हुनु अर्कै कुरा हो तर पर्याप्त मात्रामा  प्राकृतिक श्रोत उपलब्ध भएर पनि बिकास नहुनु भनेको बेइमानी हो।

देशको धन भनेको जनशक्ति हो । शिक्षा, स्वास्थ्य र सुरक्षा जनशक्ति बिकासका आधार हुन । नागरिक सक्षम नहुँदासम्म राज्यले लोक कल्याणकारी मान्यताबाट पछी हटन मिल्दैन।

 बिकासको नमुना तर्जुमा र चयन गर्दा देशको भौगोलिक अवस्थिती, उपलब्ध साधन श्रोत र धान्न सकिने मौलिक पक्षलाई उच्च प्राथमिकता दिनु पर्छ । आयातित नमुनाले देशको बिकास कुरुप हुन जान्छ, जनतामा भयानक निराशा आउँछ र उनिहरु दुखी हुन्छन । जनताले गर्व गर्ने पहिचानहरु लोप भएर जान्छन।      

आन्तरिक मुल्य-मान्यतामा गरिने परिवर्तनले मात्र देश अघि बढन सक्दैन; त्यसका लागि प्रयोगकर्ताको स्वभाव र छिमेकिहरुसँग गरिने संबन्धका मान्यताहरुमा पनि समयानुकुल परिवर्तन गर्नु पर्छ।

नियम-कानून र राज्यका मान्यताहरुमा गरिने परिवर्तन आर्थिक लगानी विना सफल हुन सक्दैन । लगानिको सुरक्षित श्रोत पहिचान नहुँदासम्म बरु पुरानै मान्यता तुलनात्मक हिसावले स्थिर हुन्छ । अन्यथा परिवर्तन त अस्थिरताको श्रोत मात्र बन्न जान्छ।

नेपालमा संघियताले ‘टेक अफ’ लिनका लागि कुल कति रकम लगानी गर्नुपर्ने हो, श्रोत प्रष्ट हुनु पर्छ । आवश्यक आर्थिक लगानी जुटाउन दातासँग मागेर काम चलाउनु पर्‍यो भने धेरै अनपेक्षित दुर्घटनाको स्थिती आउँछ।

प्रजातन्त्रमा बिचारको स्थान उच्च रहेको हुन्छ । यदि नेत्रित्वबर्ग बहु बिचार र मतान्तरको द्वन्दलाई  ब्यवस्थान गर्न सक्दैन भने त्यहां प्रजातन्त्रले भयानक बिकृति ल्याउँछ।

नेपालको कृषि न त पूंजी-प्रविधि प्रधान हुन सकेको छ न त आत्म निर्भर नै । भूमि माथिको अतिक्रमण पनि तिब्र छ; यो त केवल जिवन निर्वाहको आधार मात्रै हो । अत: कृषिमा टेकेर गरिने जलश्रोत र पर्यटनको बिकास नै नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन । 

 

वर्तमान समाजले मानविय कल्याणको वरिपरी रहेर बिकास गर्न सकिने विकल्पका बारेमा त्यती सोचेको छैन; जुन संभव थियो र रहिरहनेछ। 

 

अहिलेसम्म जे जति उपलब्धिहरु प्राप्त भएका छन ती सबै राज्यद्वारा अवलम्बन गरिएका र गर्न नसकिएका नीतिहरुको परिणाम हुन; राज्य सिर्जित समस्याको समाधानका लागि राज्यको संरचना र मान्यतामा नै आमुल परिवर्तन हुन आवश्यक छ। व्यक्ति परिवर्तन समाधानको उपाय नभएर समस्यालाई लम्ब्याउने तरिका मात्रै हो । 

 

अस्ताउँदै गरेको पूँजीवाद प्रजातन्त्र होइन, यसले मानव अधिकारको पनि सम्मान गर्दैन; न त अस्ताइसकेको साम्यवादले नै। आर्थिक सुरक्षा, न्याय र वास्तविक प्रजातन्त्रको सम्मानका लागि प्रयोगमा असफल भैसकेका वादहरूभन्दा समाजवादको कल्पना गर्नु बेश।

ब्लग पोष्ट      बिकास-बहस