छातीमा तक्मा | कविता

शान्ति बाटिकामा रातो उजाडिएको लालिगुराँस बाह्रबिसे खोल्सिको खहरेले पछारेका खग्राखे ठुटाका बुंदाहरु अरब र खाडीको मार्ग हुँदै नेपाल छिरेको कान्छो गणतन्त्र, बन्दूकहरुको मिलापत्र अनी जिम्मुवालहरुको चक्रब्रित्ती उठाउने तमसुक गणतन्त्र दिवस- जिन्दावाद !!! नव महाराजा महारानीहरुबाट गाडीको पाङ्राले देशको माटो छुने नवराजकुमार, राजकुमारीहरुलाई ढलेको दरवार र तरवारकै शैलिमा उठेर छातीमा बिरताको तक्मा टाँसिदिएको देखेर रोल्पाको पहरामा … Continue reading छातीमा तक्मा | कविता

Advertisements

बझाङी राजा देवीजंग सिंहसम्म: पिताजीको पाइला पच्छ्याउँदै

हाम्रा पिताजी कवि बालचन्द्र वाग्लेले हामीलाई सुनाउनु भए अनुसार उहाँ १४–१५ वर्षको हुँदा जागिरको सिलसिलामा बझाङ्, डोटी, जुम्ला, पुग्नुभएको थियो । बझाङ्मा रहँदा उहाँको बझाङी राजा देवीजंग सिंह (जयपृथ्वी बहादुर सिंहका छोरा) सँग राम्रो परिचय भएको थियो । पिताजी बझाङमा रहँदा नै राजा देवीजंग सिंहको निधन भएछ । त्यो दुखद् घटना र राजा सिंहको योगदानको … Continue reading बझाङी राजा देवीजंग सिंहसम्म: पिताजीको पाइला पच्छ्याउँदै

पल्किएका आँखा | कविता

फोहरको डंगुरमा मान्छे, बिकृतिले आत्तिएको सत्ता भन्छ- दाईजो विर्ता, भुँडी फुलाएर मात्तिएको जनताको दिन बिग्रेर, तन्नम हालत तन्किएको विकल्प थिएकि कतै, खोज्नै हुन्न कसैले भन्दिएको यसैमा कुर्लेर मेरै गोरु, बाह्र टक्का गरिदियो यस्तो त चाहेकै हैन, पर-जा-तन्त्र फैलिंदैगयो सत्ता, शक्ति परम भक्ति; लुटतन्त्र मन्त्र भैदिए नआएको खुसी त्यो गाउँमा, भएको पनि खोसिए कमाउने छोरो बिग्रेर, … Continue reading पल्किएका आँखा | कविता

उपहार | कविता

ऊसले उपहार मागेकि थिई मैले पनि तत्कालै जे मागी त्यही दिएँ यतिकैमा मैले उसलाई गुमाए ।   मैले उपहारलाई नक्कली झिल्झिले कागजले सिंगारिन, कनि कनि कथेका शब्दले दुई लाईन कविता कोरिन, कागजमा रंगिने चुम्मा र झुम्मा- ईमोजीहरु टॉस्ने औचित्य ठानिन, ऊ बेसरी तीर्खाएकी थिई विशुद्ध पिउने पानी दिएको थिएँ, तर उसले त तीर्खा नमेटाएरै गई … Continue reading उपहार | कविता

जगदीश घिमिरेको अन्तर्मनको यात्रा : अडियो किताव सुन्नुहोस

अन्तर्मनको यात्रा - एक :  अडियो किताव सुन्नुहोस  http://ia601600.us.archive.org/17/items/SS_Antarmankoyatra01/ShrutiSambeg2011-12-02.mp3 अन्तर्मनको यात्रा - दुई : जगदीश घिमिरे http://ia600606.us.archive.org/34/items/SS_Antarmankoyatra02/ShrutiSambeg2011_12_09.mp3 अन्तर्मनको यात्रा - तीन : जगदीश घिमिरे http://ia801608.us.archive.org/20/items/SS_Antarmankoyatra03/ShrutiSambeg2011_12_16.mp3 अन्तर्मनको यात्रा -  चार : जगदीश घिमिरे चार देखि बाह्र शृंखला हाम्रो आवाजमा  

परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

उदहारणका लागि- खोला र नदि ! नदीमा खोला मिसिन दिनु भनेको खोलाको अस्तित्व समाप्त हुनु हो । यस सन्दर्भमा नदीले खोलालाइ आफुमा समाहित गरिदिन्छ र वास्तवमा खोलाको परिवर्तन नदि भएर देखिन सक्छ तर त्यो भनेको खोलाको सभ्यता समाप्ति र नदीको यथा स्थान नै हो । त्यसै गरि खोलामा आनन्दित जलचरहरुको पूर्ववत स्वभावमा समेत उक्त परिवर्तनले … Continue reading परिवर्तनलाई अवतरण गर्न चाहिने अर्थ, र नीतिहरुको अभावमा परिणाम के होला ?

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै कचौरा भरिएको छ विश्वविध्यालयको दिक्षा अन्त ए-फोर साइजको सेतो पन्नामा लेखिएको मेरिट कालो अक्षरको थियो सेतो बनाउने प्रयास बार्हमा पुगेपछि थाहा भयो समय त सकिएछ […]

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

अकिर्ण आँखा | त्रिभुवनचन्द्र वाग्ले

नयाँ पुस्ताको जवर्दस्त कविता https://www.youtube.com/watch?v=WichEM-Ks98

ठीक खोजेर पाईन्न

ठीक बेठिक के जप्नु मन्त्र नै गलत भएपछी ठीक खोजेर पाईन्न , बेठीकको चाङ्ग लागेपछि अमृत बर्षा भेटिन्न राजै, सर्वत्र काउछो रोपेपछि (फेबु ष्टाटसबाट) ©Jesi, 2016  

जिन्दगीको खैंजडी घन्किएला र !

धर्तिमा झर्ने वित्तिकै चिच्याएको घर आॅधिले थला पारेछ, लिस्नो पछाडी चोयाले बारेको परेवाको गुॅड पनि त्यहिबेला भत्किएछ, खैरा भैंसी, गजुवा गोरु गोठ रित्तै, कोहि पनि रहेनछ दशैंको साईतमा ठेउवा हराउने बुढो गिंदरीको रुख पनि छैन जुॅडी खेतका कलिलो बिमिरा दाॅत अझै कुॅडिए झैं लाग्छ ऐशेलु, असारे र अॅगेरीले रंङिएको मुख खनायो र पॅदेलले के पखाली सक्नु … Continue reading जिन्दगीको खैंजडी घन्किएला र !

छोरा रामनाथले रामायण सारेर भानुभक्तलाई सघाएका थिए

- पदमसिंह कार्की भानुभक्त आचार्य न बीपी कोइरालाले आँकेजस्तै रुढीवादी हुन्, न त सिक्किमका मुख्यमन्त्री काजीले पुजेझैँ पहाडे देवता हुन् । बरू, रामकृष्ण शर्माले खुट्याएझैँ मानवीय कमजोरीसहितका मनुष्य कवि हुन् । नेपाली बहादुरीले ओतप्रोत वीर रसयुक्त नेपाली काव्य परम्परालाई सुगौली सन्धिको सन्निपात गराइदियो र भानुले भक्तिरसमा डुबुल्की मारेर शुद्ध नेपाली भाषामा रामायण लेखाएको हुनुपर्छ । … Continue reading छोरा रामनाथले रामायण सारेर भानुभक्तलाई सघाएका थिए

महाभारतबारे प्रदिप गिरी

नेपाल साहित्य महोत्सव २०१६ मा महाभारतका प्रमुख पात्रहरुबारे प्रदिप गिरीको प्रवचन महाभारतका प्रमुख पात्रका रुपमा कसैलाई पनि चित्रित गर्न सकिन्न, जबकि अरु कतिपयलाई हटाउँदा पनि फरक पर्दैन तर भिष्मलाइ हटाएर कथा वस्तु अगाडि बढन सक्दैन, महाभारतका बारेमा यति प्रष्टसंग सुन्न पाउनु सौभाग्य नै मान्नु पर्छ; त्यो पनि पात्रहरूका बारेमा ... Watch "Nepal Literature Festival 2016 - … Continue reading महाभारतबारे प्रदिप गिरी

ढोङ

पानी परीरहेको थियो, त्यो झरीको ओससँगै चिसिएको मन न्यानो हुन खोजि रहेको महसुस हुन्थ्यो । तर त्यस्तो हुन त्यति सहज थिएन । किनभने सभ्यताको नाममा समाज पुरै चिसो थियो, तताउने कुराहरुलाई समाजका मान्यतालॆ आफ्नो गर्भमा लुकाएर राखेको प्रतित हुन्थ्यो । अर्थात इन्धनको आपूर्ति बिच पनि सजिलो हुञ्छ भनेर दाउरामा भात पकाए जस्तै । बरु त्यो … Continue reading ढोङ