माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

Advertisements

अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

नेपालका विद्यमान दिनहरु कस्ता छन ? उत्तर दश बुँदामा

१) आज हामी जे भोग्दै छौँ, त्यो माओवादी हिंसाको देन हो । यसकै लागि कारीव १५००० निहत्था नेपालीलाई मारिए, गणतन्त्र ल्याइयो, संघियता अपनाइयो । अन्तत: बहुदलिय गुँडमै बास बसियो । देश राजनीतिको भुमरीमा फसेको छ; जनतालॆ झन् दुख भोगेका छन् । यहि नियतिको निरन्तरता हो आगामी दिन । २) यसका डिजाइनर बाबुराम भट्टराई 'परिस्थिती समाल्न … Continue reading नेपालका विद्यमान दिनहरु कस्ता छन ? उत्तर दश बुँदामा

नेपालमा सुन्दर प्रजातन्त्रको कुरुप भविष्य

धेरै काँचा संझौताहरु बिच खोजिने सहमतिले प्रजातन्त्रलाई कुरुप बनाउॅदो रहेछ, खासगरी नेपाल जस्ता मुलुकहरूमा । खुला सिमाना, भौगोलिक हिसाबले एउटा दुईटा मुलुकहरूसॅग मात्र परनिर्भरता, अर्ध शिक्षित नागरिक, देश काल परिस्थिति नबुझेका तीब्र सत्ता केन्दित नेता भएको देशमा प्रजातन्त्रलाई फरक तरिकाबाट ब्याख्या र ब्यवहार गर्न जरुरी छ । नेपालको प्रजातन्त्रले नेपालीमात्रको हित गर्न असफल भएको छ … Continue reading नेपालमा सुन्दर प्रजातन्त्रको कुरुप भविष्य

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल दल बनाए दल दलमा राजनीति खलबल बनाए पारीको बारीमा फूलबारी मिसाए सयपत्री साझा, पत्र पत्रै चुँडाए शान्तिको गीत, क्रान्तिले गायो नमिल्ने ब्वाँसा ३६ जस्तै- पछाडिको … Continue reading पारीको बारीमा मिसाईएको फूलबारी

दु:ख रोपेर छिमेकमा सुख

देश नै चोरी भईसकेको छ, अरु त के कुरा भो र ! नेताहरु नै बिक्रिमा छन, बिक्री हुनै बाँकी के भो र ! राजनीति गन्धा छ, हिल्याउन नै बाँकी के भो र ! पाइलै पिच्छे सडकमा खाल्डा, मन टाल्नै पर्ने के छ र! जसो तसो गाडी चलेकै छन, सडक मै रोपाइँ र नहर, कृषिको बिस्तार … Continue reading दु:ख रोपेर छिमेकमा सुख

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

परिचय झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ। झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग … Continue reading ज्ञानको बिकासमा अनुमान र झुटको प्रयोग

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो