एक्लै हिड्न खोज्ने अमेरिका: ग्लोबल हुन नसकेको ग्लोबलाइजेशन

अन्तराष्ट्रिय राजनीतिमा काफी प्रभाव पार्न सक्ने शक्तिशाली अमेरिकी प्रसाशनका निवर्तमान र वर्तमान राष्ट्रपतिहरुका दृष्टिकोणमा ब्रेक्जिट सम्बन्धि धारणा एकदम फरक देखियो ।

Advertisements

सिक्काका दुई पाटा: वर्नी साण्डर्स र जेरेमि कोर्विन

विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिका फेरी राष्ट्रपतिको निर्वाचनमा जुटेको छ । अमेरिका भित्रमात्रै होइन विश्वभरि सबैको ध्यान तान्ने चुनावमा धेरै जोड घटाउ हुने गर्छ; खासगरी यो वा त्यो उमेदवारका पक्षमा ! विदेश नीतिमा कमजोर र विवादास्पद देखिएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक लोकप्रियता कम आँक्न सकिने अवस्था छैन । फेरी यो चुनाव पनि उनैको हातमा … Continue reading सिक्काका दुई पाटा: वर्नी साण्डर्स र जेरेमि कोर्विन

राष्ट्रपति ट्रम्प: रिपब्लिकन पार्टि खै त?

धेरैले भन्ने गेरेका छन वर्तमान अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प राम्रो मान्छे होइनन, उनले अमेरिकाको नेत्रित्वलाई निरन्तरता दिन सकिरहेका छैनन र उनी एक विवादस्पद चरित्र भएका ब्यक्तित्व हुन भनिएको छ! त्यो भन्दा पनि ठुलो आरोप त उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो हिमचीम छ र पुटिनकै षड्यन्त्रमा ट्रम्पको विजय भएको हो भन्ने सम्मको आरोप लगाइएको छ … Continue reading राष्ट्रपति ट्रम्प: रिपब्लिकन पार्टि खै त?

ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको अवसान संगै राजनीतिको मियो गुमाए पछि त्यो भूमिकामा यतिखेर केपी ओली बिस्तारै उक्लदै गरेको देखिएको छ। धेरै प्रतिस्पर्धाका बिचमा आफ्नो दलको अध्यक्ष चुनिए, प्रधानमन्त्रि भए, भारतले लगाएको नाकावन्दीका वेला जनताको सहानुभूति लिन सफल देखिए, वाम एकता र स्थानीयदेखि केन्द्रसम्म बाम उम्मेद्वारलाइ नेतृत्व दिएर जिताउन सफल भए; आफु बहुमतको प्रधानमन्त्रि र माओवादी … Continue reading ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

  कुनै पनि संगठनको आवश्यकता नेत्रित्वमा पुगिसकेकाहरुलाई भन्दा पुग्न चाहनेहरुका  लागि धेरै आवश्यक हुन्छ । कङ्रेस नेत्रित्वले कैयौँ पटक दोहोर्‍याएको गल्तिलाई भावी नेत्रित्वले चुपचाप समर्थन जनाइ रह्यो । नेत्रित्वको मनपरिलाई बैचारिक र साङठनिक रुपमा चुनौती र विकल्प दिन नसकेकोले अन्तर्घात मार्फत राजनीतिमा बलियो देखिन खोजियो, अन्तर्घात स्वभाविक बन्न पुग्यो,  निरुत्साही पार्नुपर्छ भन्ने कुरा कसैले आवश्यक … Continue reading काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- "इन्टलेक्चुअल मेसिनरिजहरु छन्, जो बहिरको पैसा खान्छन् अनि उनीहरुको एजेण्डा आफ्नो नामबाट लेख्छन् । नेपाललाई त्यसबाट खतरा छ । अनि अर्को लठैत जर्नालिजम छ । त्यसले निहित स्वार्थका … Continue reading बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

आइ एन जि ओ को पैसोले देश कहिल्यै सप्रन्न, झन बिग्रन्छ

नागरिक दैनिकमा प्रकाशित एउटा समाचार बिश्लेषणबाट फेरी पनि पुष्टी भएको छ कि आइ एन जि ओ को पैसोले देश कहिल्यै सप्रन्न, झन बिग्रन्छ। "तराई-मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजोओ) मार्फत खर्च गरिएको खुल्न आएको छ। ती जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ … Continue reading आइ एन जि ओ को पैसोले देश कहिल्यै सप्रन्न, झन बिग्रन्छ

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

तराइ आन्दोलन: झादेखी राउतसम्म

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ । प्रजातान्त्रिक भनिने राजनीतिले नेपाललाई अब यस्तो अवस्थामा ल्याइपुर्याएको छ कि नचाहेर पनि आन्दोलनको राप दन्किने छ; शायद यही आन्दोलनका लागि वेदानन्द झा, गजेन्द्रनारयण सिंह, … Continue reading तराइ आन्दोलन: झादेखी राउतसम्म

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

बिषय थियो- 'प्रजातन्त्र र सामाजिक निर्णय' । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा 'सामाजिक कल्याण' का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै अगाडि नै रजिस्ट्रेशन बन्द भै सकेछ; जाने एकिन भएन । तैपनि उपाय लाग्छ कि भनेर मुख्य आयोजक समुहकी महिलालाइ सिधै इमेल पठाएँ, उनले सबै सिटहरु … Continue reading अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

आखिर ड्रोन के हो ?

नेपालको सुर्खेतमा सि एन एन हिरो म्यागी डोयनले ड्रोन उडाइन र कस्टडिमा परिन । त्यसै त होईन नि ! ड्रोनेको अतिक्रमण बिरुद्ध जर्मनिमा प्रदर्शन नै भयो । यसको बैधानिकतालाई लिएर सयुक्त राष्ट्र संघमा कुरा उठिरहेकोछ । अहिले अमेरिका र चिनको बिचमा यस्तै बखेडा आएको छ । ड्रोनको दुख भोग्ने मुलुकमा पाकिस्तान पनि पर्छ । मान्छे … Continue reading आखिर ड्रोन के हो ?