तनहुँँ, बिकेन्द्रिकरण र स्थानिय बिकास

नेपालमा कहिले र कसरी बिकास हुन्छ ? यो प्रश्न निकै गम्भिर र सान्दर्भिक पनि छ । परिवर्तनका नाममा कागज र शब्दहरु बदलिंदै गए पनि  कार्यान्वयन गर्नेहरुको स्वभावमा कत्ति पनि परिवर्तन आएको छैन । यो नै निराशाको बिषय हो ।

केही शब्दहरु बिपि कोइरालाबाट सापट लिउँ- ‘देशको बिकासका आयोजनाहरु बनाउँदा गरिव किसानलाई हेरेर बनाउनु, अहिले नै ठुला ठुला सडकहरु भन्दा गाउँ-गाउँसम्म पुग्न सकिने कच्ची मोटरेवल बाटो भए पनि पुग्छ, यदी जनतालाई शुद्ध खाने पानी उपलब्ध हुने हो भने ठुला अस्पतालमा हुने खर्च कम हुनुको साथै असी प्रतिशत रोग कम गराउन सकिन्छ; सरकारले जनताको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, शिक्षा र यातायातको जिम्मेवारि आँफैले लिनु पर्छ र निजी क्षेत्रलाई उत्पादनको अन्य क्षेत्रमा सहभागि बनाउँदै लैजानु पर्छ’ । जनताका आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषयमा बिपी कोइरालाका उक्त समाजवादी धारणाको सान्दर्भिकता आज झन बढेर गएको छ । तर बिगतमा लागु भएका कार्यक्रमहरुले गर्दा शिक्षा, स्वास्थ्यमा माफियाकरण भयो भने यातायात सिण्डिकेटले थला पर्यो । पुँजिवादमा निजिकरणको अत्यधिक प्रयोगले अहिले आर्थिक असमानता देखिएको छ त्यसले बिकल्पहरुको खोजी तिब्र भएका छन ।

तनहुबाटै कुरा गरौ । एउटा संयोग नै मान्नु पर्छ कि- यतिखेर नेपाली कांग्रेसको कार्यबाहक सभापति रामचन्द्र पौडेल हुनुहुन्छ भने मुलुकको प्रधान सेनापती राजेन्द्र क्षत्रि पनि तनहुँकै हुनुहुन्छ । भानुभक्तिय रामायाण र घाँसिको कर्मठ प्रेरणा पनि तनहुँँकै योगदान हो । तर बिभिन्न क्रान्तिको अगुवाइ गर्ने तनहुँँ पंचायतकाल र जहानियाँ राणा शासनमा उपेक्षित थियो भन्ने कुराको साक्षि पूर्व पश्चिम राजमार्ग हो ।

Satrasaya-Suryodaya-Road-Construction-Project (Image: Google)
सत्रसय-सुर्योदय

यो राजमार्गले तनहुँँको पूर्व पश्चिम पुरै भागलाई बिचबाट चिरेर गए पनि बिकासका हिसावले उत्तर दक्षिण तर्फ २०४६ सालभन्दा अघि सडक बिस्तार हुनै सकेन । तनहुँको प्रयोग गरियो तर बिकास गरिएन, त्यतिबेला तनहुँबाट धेरै कुरा लिइयो तर दिइएन । किनभने त्यतिखेरको निरंकुश सत्तालाई प्रजातन्त्रका योद्धा स्व गोवर्धन शर्मा लगायत तमाम काँग्रेसका जुझारुहरुले निरन्तर धक्का दिइरहे । छुवाछुत बिरोधि आन्दोलन र हलो जोत्ने क्रान्तिको अगुवाइ पनि तनहुँले नै गरेको थियो । तर प्रजातन्त्रको पुनस्थापना पस्चात गठित जिल्ला बिकास समितिको पहलुमा बिकासका धेरै कामहरु भए । त्यसले देख्न सकिने परिवर्तन ल्याएको भए पनि यो अभियान बिचैमा रोकियो । समग्र देशमा गतिरोध उत्पन्न भयो ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भए पछि सत्तामा जान कवी भुपिशेरचनले कवितामा उल्लेख गरे झैँ काँग्रेसीहरुको ‘रेस’ नै चल्यो भने टंकप्रशाद आचार्यले कांग्रेसिहरु सत्तामा पुगे भने सडकमा हिंडनेहरुलाई ‘ढुंगाले हान्छन’ भन्ने आरोप पनि सत्य देखियो ।

प्रजातन्त्र पुनस्थापना पछि स्थानिय निकायको चुनाव भयो । आम निर्वाचनमा बहुमत ल्याएको काँग्रेस धेरै स्थानिय निकायमा पराजित भयो । यसका लागि काँग्रेसिहरुले तत्कालिन गृहमन्त्री बामदेव गौतमलाईलाई दोष थोपारेर उम्के तर भट्टराई र कोइराला खेमामा बिभाजित काँग्रेसिहरुले जनता कति चिडिइ सकेछन भनेर कारण खोतल्ने तिर लागेनन ।

मानानीय रामचन्द्र पोखरेल कार्यक्रममा मन्तब्य दिंदै (फोटो: फेसबूक)
मानानीय रामचन्द्र पोखरेल कार्यक्रममा मन्तब्य दिंदै (फोटो: फेसबूक)

तनहुँँको जिल्ला बिकास समितिमा भने नेपाली काँग्रेसका रामचन्द्र पोखरेल सभापतिमा निर्वाचित हुनुभयो । २०४८ को आम निर्वाचनमा तिनवटा निर्वाचन क्षेत्र भएको तनहुँबाट संसदका लागि रामचन्द्र पौडेल, गोबिन्दराज जोशी र रामचन्द्र पोखरेलको नाम अगाडि थियो तर रामचन्द्र पोखरेलको नाम ‘भाग पुर्याउने’ कोटामा काटियो  । संसदको कोटामा पर्नुपर्ने मान्छे जिल्ला सभापतिमा गएर ‘नाम बेचे’ भनेर सुरुमा पोखरेलको आलोचना मात्रै भएन वहाँलाई सभापतिमा हराउन काँग्रेसिहरु नै लागे । कांग्रेसले कांग्रेस सिद्ध्याउने झेलको खेलबाटबाट जोगिर ओठ तालु सुकाउँदै पोखरेलले जिते । कतिपय बिपिका भाई-चेला भन्नेहरु नै काँग्रेसलाई काखमा राखेर छुरा हान्ने अपराधमा सहभागि भए । केन्द्र नै यस्तो अपराधिकरणको संरक्षक बन्यो ।

जिल्ला बिकास समिती महासंघले आयोजना गरेको एउटा बिकेन्द्रिकरण संबन्धि कार्यक्रममा म पनि सहभागि हुने अवसर पाएको थिएँ । खासगरी लघु बित्त मार्फत संस्थागत बिकासमा बचत तथा रिण सहकारिको अनुभव राख्ने मौका मिल्यो । चितवनको उद्ध्योग बाणिज्य महासँगको हलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथी हुनुहुन्थ्यो- डा शंकर शर्मा, अर्थात तत्कालिन योजना आयोगका उपाध्यक्ष । छ-छ घण्टासम्म कुहिरोका कारण जहाज उडन नसक्दा पनि डा शर्मा काठमाण्डौबाट त्यहाँ पुग्नु भएको थियो र भन्नु भयो- ‘बिकेन्द्रिकरण’ सम्बन्धी कार्यक्रम भएकोले मैले जसरी पनि आउन चाहेँ ।

बिपिका कतिपय भाई-चेला भन्नेहरु नै काँग्रेसलाई काखमा राखेर छुरा हान्ने अपराधमा सहभागि भए । केन्द्र नै यस्तो अपराधिकरणको संरक्षक बन्यो ।

त्यतिखेर जिल्ला बिकास समिती महासंघमा निकै सकृय हुनुहुन्थ्यो- रामचन्द्र पोखरेल, कृष्णलाल सापकोटा, चेत राज बजाल, कृष्णप्रसाद सापकोटा र आदि । बजालजी त मेरो सहपाठि पनि हो । खासगरी तनहुँ जिल्ला बिकास समितीले तर्जुमा गरेका जिल्लाको समग्र बिकास अवधारणा र आयोजनाहरुलाई नजिकबाट हेर्दा त्यतिखेर उत्तर दक्षिणको अवधारणालाई जोड दिएर तनहुँका कार्यक्रमहरु बनेका थिए र ती कार्यक्रमहरुमा लगानी गर्न दताहरु पनि खुशी देखिन्थे । युएनडिपीका लागि नेपाल प्रमुख त सिधा संपर्कमा थीइन । बिकासका अवयबहरुमा पर्ने आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक, एतिहासिक, शैक्षिक, यातायात, संचार, स्वास्थ्य लगायत सबै कुरामा ध्यान पुगेको देखिन्थ्यो । क्यामिन लगायत केही अपवादलाई छाडेर तत्कालिन जिबिसले बनाएका बिकास आयोजनाहरु प्रतिफलका हिसावले नराम्रा थिएनन । तनहुँँ जिल्ला नमुना नै थियो ।

छ-छ घण्टासम्म कुहिरोका कारण जहाज उडन नसक्दा पनि डा शर्मा काठमाण्डौबाट त्यहाँ पुग्नु भएको थियो र भन्नु भयो- ‘बिकेन्द्रिकरण’ सम्बन्धी कार्यक्रम भएकोले मैले जसरी पनि आउन चाहेँ ।    

स्थानिय निकायहरुको महासंघ सम्बन्धी संगठनात्मक अवधारणा पनि त्यतिखेरै आएको थियो, जसले बिकेन्द्रिकरणका लागि देशभरिका स्थानिय निकायहरुको प्रतिनिधिहरुलाई एकै थालोमा कृयाशिल हुने अवसर प्रदान गरेको थियो । पत्रकारिता गर्नुभएका पोखरेल अर्थशास्त्रको पनि बिद्ध्यार्थी भएकोले वहाँलाई योजना बनाउन र त्यसलाई कसरी कम्युनिकेट गर्ने भन्नेमा खासै समस्या थिएन । अनि लाग्यो वहाँसँग बिकासको ‘आइडिया’ छ; केवल ठाउँँ र अवसरको खाँचो हो । कार्यकर्ताहरुको मुल्यांकन गर्ने परिपाटि नै बसाल्न सकेन- कांग्रेसले ।

Damauli bazar
दमौली बजार

एक दिनको कुरा हो- तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जहाजबाट तनहुँका डाँडाभरि सडकै सडकका डोबहरु देखेर भन्नु भएछ- स्थानिय बिकास मन्त्री र शिक्षा मन्त्री भएको जिल्लामा बिकासको समस्यै रहेनछ । यसरी प्रधानमन्त्री नै देशमा बिकास कसरि हुँदैछ र वास्तविक जश कसलाई जानु पर्ने हो भन्नेमा अनबिज्ञ हुनुहुन्थ्यो भने केन्द्रले लादेका अन्धाधुन्द निजिकरणका आयातित नमूनाहरुले स्थानिय बिकास र त्यसका मोडेलहरु ओझेलमा परेको अवस्था थियो । पाथ्रामा देखेको त्यो कपडा बुन्ने तानलाई बिस्तारै सबल, आत्मनिर्भर बनाउनु पर्नेमा निमिट्यान्न पारियो । जुठेल्नोको छेउमा गोलभेँडा र मलखातको वरिपरि रायो उमारेर खाने स्वाभिमानलाई बजारबाट आयात गरेर खान लगाइयो । अरुको उत्पादन र ब्यापार बढ्यो आफ्नो सुक्यो । गाउँमा पुगेको बिकास र मोटरको प्रयोग गर्न कमाउन पनि सक्नु पर्छ भनेर स्थानिय जनताको आय आर्जन र क्रय शक्ती बढाउने कार्यक्रम सँगसङै बनाउने तिर ध्यान गएन ।

म एस.एल.सी. परिक्षा दिएर बसेको थिएं । रामचन्द्र पोखरेलले एकदिन मेरा पिताजी बालचन्द्र वाग्लेसँग खबर पठाउनु भए छ कि ‘जगदीशलाई मकहाँ जान भनि दिनु न’ । यो खबर पाएर भोलीपल्टै गएँ । वहाँले मलाई कपी कलम दिंदै भन्नु भयो- यसमा ‘परिस्थिति’ शब्द लेख त’ । मैले नर्भस हुँदै लेखें । त्यस पछि वहाँले आफुले लेखेको खेस्रा कपिबाट आर्को कपिमा सार है भनेर मलाई केही सामाग्री दिनु भयो । यसरी सार्ने क्रममा मैले बिपि कोइरालाको जीवन गाथा र नेपाली काँग्रेसबारे जान्ने मौका पाएं ।

गाउँमा पुगेको बिकास र मोटरको प्रयोग गर्न कमाउन पनि सक्नु पर्छ भनेर स्थानिय जनताको आय आर्जन र क्रय शक्ती बढाउने कार्यक्रम सँगसङै बनाउने तिर ध्यान गएन ।  

बिकेन्द्रिकरणको माध्यमबाट स्थानिय बिकास र त्यसको इण्टरलिंक मार्फत टेकअफ लिएर बिकासको गति लिनु पर्ने नेपाल हराएर आजको चौबाटोमा अाईपुगेको छ । अहिलेलाई अइन्स्टाइनको यो भनाइबाट बिट मारौँ- ‘‘संसार त्यसले बिगारिरहेको हुँदैन, जसले खराब गरेको छ । बरु त्यसले बिगारिरहेको हुन्छ जसले देखेर पनि केही गर्दैन ।’’ तमाम नेपाली काँग्रेसका जुझारु काँग्रेसिहरु जो पार्टी, देश र जनताको अवस्था प्रति संवेदंशिल देखिएका छन, उनिहरुलाई महाधिवेशनको यस पूर्वसन्ध्यामा सुधारका लागि मार्ग प्रसस्त होस । शुभकामना ।

फिचर इमेज: छिम्केश्वरि गाबिसको सडक र महिला जनसहभागिता

http://wp.me/s5iiCD-tanahun

Advertisements