समावेशीको अर्थ सबैका लागि बिकास हो; भागबण्डा होइन

गरिवको नाममा राजनीति थाल्ने र पाइलैपिच्छे सर्वहाराको नाम लिनेहरुलाई त खुशी आयो, राज्यको सुविधा, खादा र अनुहारै पुरिने गरी माला, पाँचतारे होटल, अहरे-पहरे अनी मान सम्मान ! आज नभए भोली; त्यतिले नभए आन्दोलन र गोली त छँदैछ । तर यी तमाम वास्तविक सर्वहारा वर्गको भलाई भने कसले गरिदिने ? केवल गास, वास र कपास; यत्तिको पनि सार छैन । अनी भनिन्छ समावेशी- महिला, जनजाती अनी पिछडा वर्गले नेत्रित्व पाए, त्यसैले खुशी हुनु पर्छ । समावेशिताको नाममा फेरी पनि नव कुलिन वर्गकै हित हुने र गरिवले भोको पेट र नांगो हर लिएर ताली बजाउनु पर्ने हो भने त्यस्तो समाबेशीको अर्थ छैन । मानौँ ओनसारी घर्ति र विध्या भण्डारीले पाएको पदले यी गरिवको घरमा केही परिवर्तनको अनुभुती हुन सक्ला !!! सक्दैन भने यो ‘समावेशी’ झन्डै असी प्रतिशत नेपालीको लागि हुनैसक्दैन । त्यसैले अब गर्नु पर्छ ”बिकास सबैका लागि; भन्नु पर्छ ”बिकास सबैका लागि” । समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन । त्यसैगरी पदको बाँडफाँड गर्ने नाउॅमा गुणस्तरहीन व्यक्तिहरुका लागि पदको आरक्षण पनि होईन समावेशिकरण ।

भर्खरै पदवहाली गर्दै गर्दाको बखत पदासिन पढाधिकारीले वारीपरी उभिएका, ताली बजाइ रहेका र तमाम भरोसा दिने र राख्ने जनताका लागि मैले के दिन सक्छु ? भनेर सोचेको हुनु पर्छ । वास्तवमा यतिवेला त्यस्ता जिम्मेवार पदाधिकारीको अनुहारमा खुशीको उत्ताउलो बहारभन्दा जिम्मेवारीको गम्भिरता झलझलती देख्न सकिन्छ । एक पटक हालका प्रधानमन्त्रि खडगप्रशाद ओलिले ”नेताहरुले अकुत संपत्ती कमाए” भन्ने पत्रकारको जिज्ञासामा भनेका थिए ”राजनिती जोगी हुन गरिँदैन” । राजनीति महत्मा गान्धी र कार्लमाक्सले पनि गरेका थिए । उनिहरु महान थिए तर धनी थिएनन । त्यस मानेमा नेपालका नेताहरु मुलत: ब्यापारि हुन, जो सँधै नाफाको लागि कामा गर्छ । नाफा ब्यापारको धर्म हो । नाफाको लागि ‘चरी’ देखी ‘घैँटे’; राज्यलक्ष्मी देखी चन्दादान, घुस देखी मिसावट, सबैगर्न सक्नु पर्छ; जुन हामी कहाँँ दिन दहाडै हुने गरेको छ र त्यसको पछाडि नेताहरुकै नाम जोडिएर आउने गरेकोछ ।

हिजो ४१ बुँदाका नाममा हिंसात्मक, जातिय बिखण्डनको बिउ रोपेर भारतकै शक्ती विस्तारमा ‘सहजिकरण’ गर्दै आएका बाबुराम अहिले ‘नाकावन्दिको’ बेला बिभिन्न बाहनावाजि गर्दै भागेको अवस्था छ । उल्टै फेरी चार-पाँच ”स” का नाममा अर्को षड्यन्त्रको चक्रब्युह्य रच्दैछन, जुन अहिलेको भुराजनिती र विश्व राजनिती कतै पनि मेल खाँदैन । अब नेपाली जनता बरु मर्न तयार हुनु पर्छ तर यस्ता षड्यन्त्रकारीलाई फेरी नेता मान्ने भुल गर्नुहुन्न ।

OHRLLS-3
यो वालकको अनुहारमा खुशी कहिले आउला !

चन्दा लिनु पर्छ, ब्यापार गर्नु पर्छ । यी कामहरु नहुँदा पनि समाज चलाऊन कठिनाई हुन्छ । तर सुब्यवस्थित र पारदर्शी तरिकाबाट यस्ता कामहरु संचालन गर्ने हो भने कसैको अहित हुँदैन । तर हामीकोमा त चुनाव आयो नेताहरु बिदेशिको एम्वेशी र ब्यापारिको ढोका ढकढक्याउन पुग्छन । यसैबेला ती नेताले आफ्नो अस्तित्व बन्धकी राखेका हुन्छन, त्यसैले उसले जनताको हैन त्यही चुनाव खर्च दिने एम्वेशी र ब्यापारिको नाफाका लागि काम गर्नुपर्ने वाध्यता अाइपर्छ । त्यसैले प्रजातन्त्रमा जनताको काम हुनुपर्ने मान्यतालाई टाठाबाठाहरुले सर्लक्कै आफ्नो पक्षमा उल्ट्याएर काम गराउँछन । त्यती मात्र होइन पैसोकै भरमा ‘लवी ग्रुप’ तयार पारेर बिभिन्न पदाधिकारीकोमा जाने, तिनिहरुलाई दवाव दिने, धम्क्याउने सबै प्रपन्च गरिन्छ । यसरी प्रजातन्त्रलाई वास्तविक रुपमा त्यसको मर्यादा भित्र रहेर संचालन गरिएन भने एउटा समाज पुरै भ्रष्ट हुनजान्छ, जुन कुरा हामी नेपालीहरु यतिखेर भोग्न वाध्य छौँ ।

हिजो ४१ बुँदाका नाममा हिंसात्मक, जातिय बिखण्डनको बिउ रोपेर भारतकै शक्ती विस्तारमा ‘सहजिकरण’ गर्दै आएका बाबुराम अहिले ‘नाकावन्दिको’ बेला बिभिन्न बाहनावाजि गर्दै भागेको अवस्था छ । उल्टै फेरी चार-पाँच ”स” का नाममा अर्को षड्यन्त्रको चक्रब्युह्य रच्दैछन, जुन अहिलेको भुराजनिती र विश्व राजनिती कतै पनि मेल खाँदैन । अब नेपाली जनता बरु मर्न तयार हुनु पर्छ तर यस्ता षड्यन्त्रकारीलाई फेरी नेता मान्ने भुल गर्नुहुन्न । बाबुरामले प्रधानमन्त्रि भएपछी एकपटक भनेका थिए ”बिपी कोइराला पछी भारतसंग कुरा गर्न सक्ने मान्छे मैं हुँ” । किन त्यही शक्ती प्रयोग गरेर आर्थिक नाकावन्दी र जनजाती उचालेको प्रसंग भारत समक्ष उठाउन तयार छैनन ?!

संबिधान बनेपछि भारतले नेपालमा लगाएको नाकावन्दीले जन-उत्साह र त्यसले बिकाश अभीयानमा पार्न सक्ने सकारात्मक प्रभावहरुलाइ कुण्ठित गर्दैछ । यसैबाट यो पनि प्रमाणित गर्न सकिन्छ कि भारतको यस्तो गतिविधिले नेपालमा प्रथमत: निराशा र त्यसपछी आर्को आन्दोलनको तयारी हुन जानेछ । बाबुरामले अहिले क्यास गर्ने खोजेको बिषय पनि यही हो कि त्यस्तो आन्दोलनमा आफ्नो नेत्रित्व रहन सकोस । दैनिक समस्याको निराकरण हुने अवस्था आएन भने आफ्नो असंतुष्टिलाइ एकट्ठा गर्दै जनता आर्को आन्दोलनअका लागी जुटन थाल्दछ र गलत जालोमा फस्न पुग्दछ । प्रजातन्त्र प्राप्तिका नाउँमा हामीले भोगेको सत्य यही हो ।

थोरै जनसंख्या भएको सानो मुलुक नेपाल प्राकृतिक श्रोतका हिसावले विश्वमै धनी मानिन्छ तर जनताले निरन्तर अभावको सामना गर्दै अाइरहेका छन । नेपाली जनताले बिकास बाहेक चाहेको केही होइनन, तर उनिहरु ढाँटिने क्रम निरन्तर छ । त्यसैले अब कर्णप्रिय शब्दभन्दा बिकास, त्यसका कार्यक्रम र श्रोतको परिचालनको लागि ठोस आधारहरु नकेलाइ ह्वातै आन्दोलनका नाममा ज्यान फाल्ने काम पनि नेपाली जनताले गर्नु हुन्न । यती समय भित्र यो समस्याको समाधान यो तरिकाबाट दिइने छ भन्ने कुराको ग्यारिण्टी नगर्ने नेत्रित्वलाई षड्यन्त्रकारीको कोटिमा राखेर व्यबहार गर्नु पर्छ, नत्र भोको पेट लिएर अर्काको जितमा ताली बजाउनु पर्ने दशा कहिल्यै हटने छैन ।

Posted on October 30, 2015