अमेरिकी जनताहरू विश्वबारे जान्दैनन तर शक्तिशाली मान्छेको छनौट गर्दछन

यिनी हुन हिलारी क्लिण्टन पुर्व राष्ट्रपति विल क्लिण्टनकि प्यारी श्रीमती, जसले मोनिका लेविन्सकीको तमाम दाविहरुलाई असफल पर्दै श्रीमानलाई बचाइन | अब यिनै महान हिलारी क्लिण्टन अमेरिकाको २०१६ मा हुने राष्ट्रपतिको चुनावमा उठने तयारि गर्दैछिन – तमाम महिला हक हितको नारा लिएर !!!

nepal-election-2013-results-disputed-maoists-nepali-congress-united-marxist-leninist-UMLमलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले १८ अक्टोबर २००४ मा द स्टारलाई दिएको अन्तरवार्तामा ततकालिन अमेरिकी रास्ट्रपतीको चुनावमा जर्ज बुशनै निर्वाचित हुने कुराको बिश्लेशण गरेका थिए र भनेका थिए की ‘अमेरिकी जनताहरू विश्वबारे धेरै जान्दैनन तर पनि विश्वको शक्तिशाली मान्छेको छनौट गर्दछन’ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद त्यहाँको विकासका प्रणेता मानिन्छन |

यो प्रसङ्ग पनि जोडि हालौ – माहाथिरले प्रधानमन्त्रीको पद समाल्दा पुर्वी एसिया बित्तिय संकटबाट गुज्रिंदै थियो । यसै समयतीर सोभियत संघ र बर्लिनको पर्खाल बिघटन भए पछी उदारिकरणको नाममा ‘वाशिङ्टन कन्सेन्सस’ लाई सक्रिय पारियो । जसमा अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अंमेरिकी ट्रेजरी डीपार्टमेन्टको सहभागिता थियो । वाशिङ्टन कन्सेन्ससको अवधारणालाई दश बुंदे सुधार कार्यक्रम सहित पहिलोपल्ट सन १९८९ मा वेलायतमा जन्मेका विवादास्पद अर्थसास्त्री जोन विलियमसनले सुझाएका थिए । ‘संरचनागत समायोजन’ (स्ट्रक्चरल एडजस्टमेन्ट) को नाममा सुरु भएको अभियानले खासगरी गरिव देशहरूको सुधार हुन नसकेको कुरा प्रोफेसर जोसेफ स्टिग्लित्जले भनिसकेकाछन । कतिसम्म भने स्टिग्लित्जका अनुसार इथोपियाजस्तो गरिव देशलाई पनि विश्व बैंकको ॠण सहुलियत पाउन वित्तिय उदारिकरण गर्नैपर्ने सर्त अन्तरराष्ट्रिय मुद्रा कोषले राख्यो । त्यतिमात्र होईन इथोपियाको उदाहरण दिंदै गरिवहरू उपेक्षित भएको कुरा क्लिन्टन प्रशानका प्रमुख आर्थिक सल्हाकार प्रोफेसर स्टिग्लित्जले उल्लेख गरेकाछन । माहाथिरले वासिङ्टन कन्सेन्ससलाई मानेनन, त्यसैले जातिय बिद्वेष फैलाएर उनको सफल कार्यकालमाथी पुर्णबिराम लागाइयो भनेर महाथिरलाई सफल सारथिका रुपमा प्रोफेशर जोसेफ स्टिग्लिज ( पुर्व अमेरिकी राष्ट्रपति विल क्लिण्टनका पर्मुख आर्थिक सल्हाकार एवं सन् २००२ को नोवेल पुरस्कार विजेता ) ले आफ्नो पुस्तक ‘द ग्लोबलाइजेसन एण्ड इट्स डिसकण्टेन्ट’मा स्थान दिएका छन ।

विल क्लिण्टनको पालामा अमेरिका रिणबाट बचतमा उकालेका थिए भने बिषेशत त्यहाँका डेमोक्र्याटहरु लिवेरालिजममा बिस्वास राक्ने देखिएकोछ | हुनत हामिहरु अमेरिकाको लागि राष्ट्रपति छान्ने मतदाता होइन, तर पनि विश्व नेताको रुपमा अभिमत राख्नु नराम्रो भएन |

बैदेशिक सम्बन्धका सिद्धान्तहरु मध्ये बिषेशत: ‘लिवेरालिजम’मा बिस्वास राख्नेहरु हिंसालाई टार्न सकिन्छ भन्छन, भने ‘रियालिजम’मा बिस्वास राख्नेहरुले चाहिं हिम्सा समाजको अन्तरनिहित गुण हो भन्ने कुरा मान्दछन , त्यसैले यस्ता प्रवृतिका शासकहरु ठोक-ठाकबाट शासन गर्न रुचाउछन |

फर्कौं फेरी मोनिका र हिलारी तिरै | एक दशकभन्दा लामो समय गुपचुप बसेकी मोनिका अहिले चर्चामा छन र आफुले गरेको अर्घेलोभन्दा धेरै दोष थुपार्यो,  त्यो समाज र संचार जगतले भनेर मुख खोलिन, उनिमाथि प्रयोग भएका अपशब्दहरु (tramp, tart, slut, whore, bimbo)बाट उनि प्रताडित छिन तर ”गुप्त अन्तरक्रिया गर्दाखेरीको रुमाल नै देखाउन सकेकी” मोनिकाको शुरुको नियति भने निर्दोष छैन |जे होस, मोनिकाको यो चर्चा तिनै हिलारी क्लिण्टन, जसले उनका खुसीका रातहरु अन्यत्र मोडिन, का विरुद्ध जाइ लाग्ने त होइन!, हिलारीको तमाम महिला हितका कुरालाई खुला चुनौती हुने सम्भावना पनि छ ! फेरी त्यहि मेडिया हो जसले मोनिकाको आवाजलाई हित र हिलारीको चुनावलाई अहित गरिदिन पनि सक्छन !

अमिरिकाको पहिलो महिला राष्ट्रपति हुने सौभाग्य हिलारी क्लिण्टनलाइ मिलोस अग्रिम शुभकामना !

Posted on March 26, 2015

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s