नेपाली राष्ट्रियताका अपराधीहरु

कुरुप बनाउँदै लगिएको प्रजातन्त्रमा नेपालीको एक दिन पनि चैनले वित्न पाएको छैन। आन्दोलनै आन्दोलन; अन्योलै अन्योल !!!

प्रजातन्त्र, आन्दोलन र विखण्डनलाई एक अर्काको पुरक बनाइयो । प्रजातन्त्रका लागि हजार हण्डर खाएका नेत्रित्वहरुबाट आफ्नो स्वार्थलाई पर सार्न नसक्दा आज बिखण्डनको सवाललाई खुलेयाम चर्चामा ल्याइेकोछ । के यसैका लागि हो नेपाली जनतालाई पटक पटकको आन्दोलनमा होमिएको ? यसका अपराधीहरु आजको दिनसम्म नेत्रित्व सम्हालेका सबै कलंकित छन ।

२०४७ को संविधान र त्यसले लिएको राज्यका मान्यताहरु नेपाली जनता र राष्ट्रको हितमा प्रयोग हुन सक्ने खालका थिए। तर माओवादी आन्दोलनले ती हितहरुलाई संस्थागत हुनै नदिइकन जात, क्षेत्र, र धर्मको आन्दोलन रोपेर नेपाली जनाताको सिङो एकतालाई चिरा चिरा पार्ने काम गर्‍यो । हिंसाको यस अपराधी खेल र झेलमा नेपाली जनताको निष्ठा र स्वभाभिमानलाई तिलान्जली दिएर आफ्नो ब्यक्तिगत स्वार्थ र सत्ताको भर्र्याङ् चडन आतुर तथाकथित ब्यँसाहरुले राजनीतिको नेत्रित्वलाई गाँज्दै लाग्यो । जसले न त ईतिहास हेर्दाथ्यो नत भबिष्य नै केलाउने सोच राख्दथ्यो । केवल वर्तमानमा आफु र आफ्नो भजन मन्डलीको खुशी खोजिरहेको हुन्थ्यो । यिनै छत्रछायाँमा ”अमरेश” नामका काउछोहरु वालुवाटारको बगैँचामा हुर्किएर संरक्षण पाइरहेका थिए भने त्यो प्रव्रितिलाई नराम्रो देख्नेहरु भैँसेपाटिहरु कुर्न वाध्य थिए । उता क्याम्ब्रिजका लिट्टे अवतारका ”राउतहरु” अमेरिकाको Raytheon नामको हतियार कम्पनिमा देश टुक्र्याउने तालिम लिँदै थिए । संभवत: इनिहरुले नेपाली नागरिकता नत्यागिकन त्यस्तो जागिर पाएका छैनन।

सिक्किमको हविगत देखेर मेलमिलापको निती तयार गर्ने बि पि कोइरालाको मुल्य र मान्यताहरु पल्ट्याएर हेर्ने जाँगर कम से कम काँग्रेसिहरुमा पनि थिएन । यसरी २०४७ देखी २०६३ सम्मको अवधिलाई नराम्रारी दुरुपायोग गरियो । २०६३ पछीको कालले त नेपालीहरुको चिरहरण गरिसकेको छ । सामान्य लाग्ने कुरामा पनि ”आपत्ति” जनाउन सक्ने एकताका प्रतिक पहिलो राष्ट्रपति एम्नेष्टी इण्टरनेशनलको खेलभन्दा पनि फरक देखिन सकेका छैनन। मौन छन। देश द्रोही राउत र अमरेशको राष्ट्रिय एकता माथिको झुसिलो डकार चुपचाप सुनेर अनी सुँघेर बसिरहेकाछन । जुनकुरा ईतिहासले आफ्नो गर्वमा समाहित गरिसकेको छ । राष्ट्रियताको सवालमा यहिंनेर बिपिले राष्ट्रपतिय प्रणाली र राजसंस्था बिच देखेको फरक अन्तर्निहित छ।

कम्सेकम नेपाली जनताले आफ्ने राष्ट्रियतामाथि खेलवाड गर्ने खुँखार अपराधीहरुहरुलाई पहिचान गरी तिनिहरुले गरेको हर्कतको केस्रा केस्रा सार्वजनिक गर्न ढिलो गर्नु हुँदैन।