नेपालको बिकास : शक्ति कमजोर पार्दै नयाँ खोज्दै

(बिचार-बिश्लेषण)

जनताका आकाँक्षा बाँझै छन, त्यसैले नेपालमा नयाँ शक्तिको बहस निरन्तर छ। बिगतका आन्दोलनमा अभिव्यक्त जन चाहनालाई संस्थागत गर्न सकिएको छैन। ती उपलब्धिहरुको ब्यवस्थापनामा देखिएको उदासिनताले छोटो समयमै आन्दोलनका शक्तिहरु असफल देखिए। २०६३ सालको आन्दोलनले स्थापित गरेको संबिधान सभाबाट संबिधान आईहाले पनि तुरुन्त बिरोध शुरु हुने खालको बातावरण देखिएको छ। जनतामा निरासा छाएकोछ, राजनीतिक दलहरुले अास जगाउन सकिरहेका छैनन। निसास्सिएको जन आकांक्षाले नयाँ शक्तिको चाहना राख्नु अस्वाभाविक होइन। नयाँशक्तिको अर्थ खास गरि ब्यक्ति परिवर्तनसंग भन्दा पनि प्रणालिसंग निकट रहेर बुझ्न जरुरि छ।

समाचारको अंश र प्रसङ

यस प्रसङलाई एउटा समाचारको अंशबाट कुरा शुरु गर्नु बेश होला। सेतोपाटिमा केहि दिन अघि प्रकाशित समाचारमा ‘‘हामीलाई विकासबाहेक अरु केही पनि चाहिएको छैन’’ भनेर पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का गाउँ गएका बेला सुर्खेतकि स्थानीय गीता शर्माले मार्मिक रूपमा पीडा पोखेकी थीइन । सोही अवसरमा त्यसै गाउँका अर्का शिवलाल शर्माले भनेका थिए –”विकासको नाममा हामीलाई ढाँट्ने काममात्र भएको छ।” गीता र शिवलालको उक्त वाक्यंशले संपुर्ण नेपालीको आकांक्षालाई प्रतिनिधित्व गर्दछI नेपालमा भइरहेको चलखेल, राजनितिक अस्थिरता, परिदृश्य विहिन नेतृत्व र निराशाले नयाँ शक्तिको चाहना जन्माएको छ, यसबारे यहाँ विस्तारमा चर्चा गर्ने कोशिस गरिएको छ ।

eee473faa27cb9aba603b4afbc968904नयाँ शक्तिको चाहना शुसासनका लागी लक्षित हो भने त्यो मुलत: सक्षम ब्यवस्थापनसंग नजिक छ । होइन, यो त राज्य सम्रचनासंगै सम्बन्धित हो भने त्यो राज्य प्रणालिमा आधारित हुनेछ। आर्थात नेपालमा कस्तो नयाँ शक्ति, किन, के का लागि र कसको नेत्रित्वमा भन्ने कुरा प्रष्ट हुन जरुरि छ। निरर्थक शव्दहरुको बहसमा नेपाली जनताको महत्वपूर्ण समय वर्वाद पारिएकोछ। पछिल्लो समय लोकतन्त्र, गणतन्त्र, समावेशी, संविधानसभा जस्ता शब्दहरुको व्यापार भएको छ र नाफा नोक्सान चाहि कुर्चीमा गएर टुंगिने गरेकोछ। कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छI आजसम्म आइपुग्दा राष्ट्रियता नराम्रोसंग स्खलित भएको छ। यतिसम्म कि प्रजातन्त्र भन्ने कि लोकतन्त्र भन्ने भनेर पनि बहस भए ।

एक छिन बिगतको कुरा : नेपाल २००७ सालसम्म आइपुग्दा, बिकासको गतिमा विश्व धेरै अगाडि बढि सकेको थियो। राणा शासनले अङ्रेजको सेवा त गर्यो तर जनताको बिकास गरेन। २००७ सालको आन्दोलनले संविधान सभाबाट संविधान दिने भने पनि २०१७ सालसम्म खिचलो मात्र भयो। २०१७ सालको प्रजातन्त्रलाई राजा महेन्द्रले रुचाएनन र एक्लै हिंडने कोसिस गरे। परिणाम स्वरुप निर्दलिय पंचायत लादे। बिकास र राजनितिको केन्द्रबाट पाखा लगाइएको जनताको शक्ति र महेन्द्र पथ दुबैले भारतबाटै शक्तिको संचय गर्न खोजे। यता भारत भने इन्दिरा गान्धि र बल्लब भाइ पटेलको हिमाली भूखण्डलाइ हेर्ने ‘‘सिक्किमे’’ नजरबाट गुज्रिरहेको थियो। राष्ट्रियताको सवालमा राजा र आफ्नो घाँटि जोडिएको देख्ने स्व वि. पी. कोइरालाको खाँटि बिचारले क्रियाशिल हुने अवसर पाएन। देशलाई माया गर्ने शक्तिहरु बिचको एकतालाई वि.पि.ले बुझेका थिए, त्यो सफल भएन। महेन्द्र पथलाई अघि बडाउने सारथिका रुपमा सुर्य बहादुर थापालाई लामो समय पंचायतले च्याप्यो। थापा आफु बलियो भए, जुन दिन सत्ता र शक्ति बिहिन भएको महसुस गरे पंचायतकै बिरुध्दमा खनिन थाले। २०३६ सालको जनमत संग्रहमा वि. पी. कोइरालाको राष्ट्रवादी ताकतालाई हराउन सूर्य बहादुर थापा र राजा विरेन्द्र एक भए जवकि वि. पी. कोइराला ‘मेलमिलाप’ र ‘राजतन्त्र नरहे देश रहदैन’ भनिरहेका थिए।२०३६ सालको जनमत संग्रहमा बहुदललाई हराउन प्रधानमन्त्रि रहेका यिनै थापा आफु सफल भएको दावि गर्थे।

कागजमा लेखिने शब्दहरुमा शक्ति हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि त्यसैकालागि मरिहत्ते गर्ने पाखण्डी परम्परा नेपालमा बसेको छ। आजसम्म आइपुग्दा राष्ट्रियता नराम्रोसंग स्खलित भएको छ।

मेलमिलापको राजनितिभन्दा एक्लै हिंडने कोसिस : २०४६ मा बहुदल आयो। २०४७ को संबिधानले कांग्रेस, राजा र कम्युनिष्टहरुलाई एक ठाउँमा उभ्यायो। जनताले नेपाली कांग्रेसलाई पहिलो चुनावमा बहुमत दिएर सुखको स्वास फेरे तर त्यो मजवुत संसदलाई तीन बर्ष नपुग्दै भंग गरियो। यस अवधिमा तत्कालिन प्रधानमन्त्रि स्व गिरिजा प्र कोइरालाले नेपाली जनतालाई धेरै गुन लगाएका छन । नेपालको राजनीतिमा उनको जती संघर्षको ईतिहास अरुको छँदा पनि छैन । तर उनले जनअन्दोलनका कमाण्डर गणेशमान सिंह, सस्थापक नेता कृष्ण प्रसाद भट्टराइ र जनअन्दोलनको शक्ति नेकपा एमालेलाई पाखा लगाएर अति कठिन र जोखिमपूर्ण यात्रा तय गरे जहाँ पर्दा पछडिका स्वार्थिहरुलाई चलखेल गर्ने राम्रो अवसर प्राप्त भयो र त्यसले माओबादी हिम्सालाइ सस्थागत गरिदियो । अदृष्य चलखेल ह्वात्तै अगाढि आयो । नेकपा ए. मा. ले. जिम्वेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न र  राजनीतिलाई ट्र्याकमा हिँडाउन संधै असफल रह्यो । बहुदलमा गिरिजा प्र कोइराला बलियो देखिए पनि जनताको शक्ति कमजोर हुने क्रम रोकिएन, झन बढेर गयो । मेलमिलापको राजनिति ओझेलमा पर्यो।

PicMonkey Collageपछिल्लो समयममा मेलमिलापको सान्दर्भिकतालाई जब कोईरालाले लागु गर्न खोजे, परिस्थिति भने बेमेलमा भाँढीइ सकेको थियो। कोइरालाले बि.पि.को आदर्शलाई त्यागेर राजसंस्थाको बिसर्जनबाट समस्याको समाधान देखे भने माओवादिहरुले कोइराला र कांग्रेसको बिसर्जनबाट। आजसम्म आइपुग्दा राजनितिमा जातियता र अखण्डता हावि भै सकेकोछ। काग्रेस, एमाले, माओवादि र दरवार कसैले कसैको बिस्वास नगर्ने, शक्ति हिनताको अबस्थामा नयाँ शक्तिको खोजि जारिछ। नेताहरु बलिया भए, धनी भए, उनिहरुको बिकास भयो होला तर जनता भने कमजोर, गरिव र अबिकसित भए । जनताले दुःख पाए।

यसै बिच माओवादको हिंसा सुरु भयो : दुइवटा बन्दुकको विचमा निर्दोष जनताको जिवन असाध्यै कष्टकर भएर गयो। २०५२ साल देखि २०६३ सालसम्म हिंसा र बिनासबाट शक्ति आर्जन गरेको भनिएको माओवादीहरु विकासको काममा सत प्रतिसत असफल देखिए। जनताले दिएको बहुमतलाई नेतृत्व बर्गले आफ्नो स्वार्थ्यमा केन्द्रित गर्न थाल्यो। त्यो शक्ति अहिले सम्विधान बनाउने काममा पनि बाधक देखिएकोछ। बिभाजित मनस्थिति, सैधान्तिक बिचलन र अस्पष्टता जस्ता आन्तरिक कारणले माओवादीहरु झन कमजोर हुँदै गएको अवस्था छ। फेरी अबको माओवादी ने. क. पा. एमालेभन्दा के फरक भन्ने सवालको जवाफ़ पनि छैन। बहुदलमा आई सके पछि पनि खेलको नियम नमान्नुले उनिहरु पाखण्डि सावित भए भने जनताले देखेको सुख पनि टाढिँदै गयो।

अहिले नेपाललाई चाहिएको शक्ति भनेको राष्ट्रिय शक्तिलाई बलियो पार्ने, बिकास र सुशासनलाइ ब्यवस्थित गर्ने हो । दलहरुको शक्ति, जनताको शक्ति र विदेशिको गुह्य स्वार्थबिच तालमेल मिलेको देखिन्न। त्यसैले यिनै शक्तिहरुको बिचबाट न्युनतम शक्ति आर्जन गरेर अघि बढनु पर्ने आवश्यकता छ। शक्ति आर्जन हुने ठाउँ भनेको जनता, सार्वभौम शक्ति र बलियो अर्थ तन्त्र हुन। तर जहाँ शक्तिको श्रोत निहित रहेको छ तिनैलाई कमजोर पर्दै फेरी नयाँ शक्ति खोज्ने उल्टो काम नेपालमा भएको छ।

माओवादीहरुले विदेशीलाई गुहार्दै हिंडनु गलत : प्रजातन्त्रमा बहुमतीय प्रणालिबाट सम्विधान जारि हुँदा आफ्नो हित नहुने देखिए पछि माओवादीहरु विदेशीलाई गुहार्दै हिढेका छन। यिनीहरुको चासो जनताले दिनहुँ भोग्नु परेको कुशासन, हत्या हिंसा, बलात्कार, मानव बेचबिखन, भ्रष्टाचार, लेडसेडिङ्ग, इन्धन कुनै समस्यासंग सम्बन्धित छैन। छ त भनिन्छ, तर त्यसलाई कार्यान्वयन गर्न गराउन सिंहदरवारका कुनै छलफल केन्द्रित देखिदैनन। सहमतिको नाममा ”आफु मात्रै ठीक भनेर” अरुको अस्त्वित्व स्विकारै नगर्नुले असहमतिलाइ बल पुरयाको देखिन्छ। हिजो छिमेकीको बिरुद्ध चर्को नारा दिने अनि आज आन्तरिक राजनीतिमा असफलता लुकाउन तिनैसंग हदैसम्म झुक्नुले राष्ट्रियता खतरामा परेको कुरा चासोको बिषय भएको छ। बिदेशी गुप्तचर संस्थासग माओवादीहरुको सम्झौता हुनुले नेपाल र नेपालीको शक्ति कमजोर पार्न जाल झेलको खेल भएको अहिले आएर प्रमाणित हुँदैछ।

आन्तरिक कारणबाट मात्र राजसंस्था संकटमा परेको होइन : जहाँसम्म दरवारको कुरा छ आजसम्म आइपुग्दा उसले जनतामा आर्जन गरेको सहानुभूति बिस्तारै शक्तिमा परिणत हुदैछ। किनभने यतिखेर दरवारसंग ”पर्ख र हेर” को रणनीति देखिएको छ। ज्ञानेन्द्र सकेसम्म नेपाली जनतालाइ नै रिझाएर ”बेबी किङ्ग” फर्काउने सुरमा छन तर वाह्य शक्ति यिनको पक्षमा देखिन्न। इतिहासको अवमुल्यन गरिनु हुन्न कि- नेपालको राजसस्थाले २४० बर्षसम्म नेपालको अस्तित्व जोगाएर राखेको इतिहास नेपाली मात्रका लागि गौरवपूर्ण छ। नेपाली जनतासँग राजसंस्था प्रति पुर्वाग्रह हुनु पर्ने कुनै कारण छैन। नेपालको राजसंस्था आन्तरिक कारणबाट मात्र संकटमा परेको होइन। यसर्थ आन्तरिक शक्तिलाई वाह्य शक्तिले आन्तरिक खिचलोकै प्रयोगबाट विस्थापित गर्ने परम्परा बसिसकेकोले यहा कसैको पनि स्थायित्व कम से कम अहिलेसम्म देखिएन।

विडम्बना, नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले नयाँ शक्ति आर्जन गर्नु परेकोछ। त्यसलाई पराजित गर्नु निकै चुनौतिपूर्ण छ।

अहिलेको राजनीति मधेश केन्द्रित हुदै गएको छ : कथम कदाचित प्रचण्डको माओवादी सम्विधान जारि गर्ने सवालमा लचिलो भएछ भने पनि तराइका दलहरु त्यो कित्तामा आउने देखिदैनI तिनीहरुको कवच बनेर स्वयं आफ्नो अस्तित्व माथि खेलबाड गरेको कुरा प्रचण्ड- बाबुरामले बुझेको देखिन्नI कमसेकम बाबुरामलाइ ज्ञान हुनु पर्ने कुरा के थियो भने पन्चायत कालमा रामराजा प्रसाद सिङलाइ रिहाइ गर भनेर आफ्नो नेतृत्वमा दिल्लीमा निकालेको जुलुस देखि आजसम्म आइपुग्दा मधेशले आफुलाई कसरि झुकाउदै लग्यो!? बाबुराम, बिजय गच्छदार र महन्त ठाकुर ढिलै भए पनि राष्ट्रिय कित्तामा उभीहालेछन भने पनि उनिहरुको बिकल्पमा सी. के. को लिट्टे अवताररलाई ‘‘छूचो कुटनिति’’ ले ओढाएको मानवाधिकारको खोलले नेपाली जनताको बिकास र अखण्डताको सवाललाइ पेचिलो बनाउँदै लगेको छI

Image http://cain.ulst.ac.uk/images/photos/derry/citywithout/statuesbr2.htm
Image http://cain.ulst.ac.uk/images/photos/derry/citywithout/statuesbr2.htm

मिल्नु पर्छ, झुक्न जरुरि छैन : आजको विश्वमा छिमेकीहरुसँग आगो पानी बाराबार गरेर बाच्न सक्ने ठाउँ छैनI मिल्नु पर्छ, झुक्न जरुरि छैनI किनभने नेपालसंग अपार प्राकृतिक श्रोत र इमान्दार जनशक्ति छ त्यो नै मुलुकको ठुलो शक्ति हो| यिनै श्रोतहरुको सदुपयोगबाट ती मुलुकहरुसंग आफ्नो सम्बन्ध बिस्तार गर्ने तर्फ लाग्नु पर्छI लगानी क्षमता बढाएर सम्पन्न मुकुकको कोटिमा पुर्याउनु मै नयाँ शक्तिको आवश्यकता लुकेको छI शब्दमा टल्काउन खोजिएको ‘’नयाँ शक्ति’’ ले वास्तविक शक्ति दिनै सक्दैनI त्यसका लागि कार्यक्रम चाहिन्छI खै कार्यक्रम, योजना, रणनिति? खै लगानी र सहभागिताको आंकडा? प्रजातन्त्रको हिमाइते भनेर चिनिएका मुलुकका कुटनितिज्ञहरुले खुलेयाम सम्विधान सभाका सदस्यहरुलाई भड्काउने खालको लेख सामाग्रीको प्रचार-प्रसार गर्दाका बखत हामीले एकजुट भएर आफ्नो ठाउंबाट प्रतिकार गरेर शक्तिको बोध गराउन जरुरि थियोI तर त्यसका लागि अहिलेसम्म भएका सबै खाले पुरानो नेतृत्व तयार देखिँदैन। किनभने यिनिहरु प्रति ठुलो बिश्वासको संकट छ, कसैले कसैलाई विश्वास गर्न सक्दैनन। सर्पले सर्पको खुट्टा देखिरहेको अवस्था छ। हामी बत्ति मुनी अँधेरो भएर उभिन वाध्य छौंI त्यसैले अब जनतालाई शब्दमा होइन तथ्थ्यांकमा आस्वस्त बनाउन सक्नु पर्छI जो अहिले सत्ताको गुलियोमा छन तिनले पनि सधै आफुलाई नयाँ शक्ति देखाउन खोज्छन, नयाँ शक्ति जन्मन दिंदैननI त्यसको पनि मुकाविला गर्नुपर्ने हुन्छI एक पटक त नाराकै भरमा जनताले विश्वास गर्लान, तर टिकाउ हुन जरुरि छI

केजरिवाल नयाँ शक्ति होइनन : केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत होI विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। प्रजातान्त्रिक चुनावमा ब्यक्ति फेरिनुलाई नयाँ शक्तिको उदय भन्न मिल्दैन। त्यहि प्रशासन, निति-नियम र कानुन, राज्य संम्रचना र पुरानै सोचका बिचमा पद बहाली गरेका केजरिवालका लागि आफ्नै दलका मित्रहरु बाधक हुँदैछ्न। किनभने उनि स्वयम अन्ना हजारेको छबिमा हुर्के। अहिले अन्ना हजारेको स्वच्छ छविमा उठेको भ्रष्टाचार विरोधि आन्दोलन र हजारे स्वयंलाईलाइ बिचैमा छाडेर कुर्चीमा शक्ति खोज्दै छ्न, जुन असम्भव छ ।

संबिधान दिने कुरामा असफल देखिएको संबिधान सभा जातिय बिभाजनलाई संस्थागत गर्ने कुरामा भने सफल देखिएकोछ।

नयाँ शक्ति के का लागि? बाबुराम भट्टराइले पदकै लागि भएपनि नयाँ शक्तिको सान्दर्भिकता स्वीकार्नुले माओवादिहरु स्वयंले असफलता स्विकारेको देखिन्छI अहिले नेपाललाई चाहिएको नयाँ शक्ति भनेको राष्ट्रिय शक्तिलाई बलियो पार्ने, बिकास र सुशासनलाइ ब्यवस्थित गर्ने होI सरकार चलाउनेहरुले बिकास र शुशासन दिनै पर्छI त्यो सरकारको न्युनतम दायित्व हो, त्यसकै लागि नयाँ शक्ति खोजिनु- टाउको दुखेको औषधि नाइटोमा लगाए जस्तै होI विगतका सबैखाले खेलहरुले साबित गरेको कुरा के हो भने ब्यक्ति बलिया भए होलान, तर देश र जनताको स्वभिमान भने स्खलित भएकोछI विडम्बना, नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले नयाँ शक्ति आर्जन गर्नु परेकोछI दुष्टहरुको खेलमा नयाँ शक्ति अर्कै तरिकाबाट संयोजन भैरहेको बुझिन्छ। त्यसलाई पराजित गर्नु पनि नयाँ शक्तिको आवश्यकता होI यो कार्य जनताका लागि निकै चुनौतिपूर्ण छ। त्यसका लागि असल नेतृत्वमात्रै सफल हुन सक्छ्।

जनताले चाहेको बिकास बाहेक केहि होइन : नेपाली जनता निरन्तर ढँटिएका छ्न। संबिधान दिने कुरामा असफल देखिएको संबिधान सभा जातिय बिभाजनलाई संस्थागत गर्ने कुरामा भने सफल देखिएकोछI संबिधान सभा नेपालीको हितमा प्रमाणित हुन सकेननI दलहरुको शक्ति, जनताको शक्ति र विदेशिको गुह्य स्वार्थबिच तालमेल मिलेको देखिन्न। त्यसैले यिनै शक्तिहरुको बिचबाट न्युनतम शक्ति आर्जन गरेर अघि बढनु पर्ने आवश्यकता छ। शक्ति आर्जनमा हिंसा सोच्नुसम्म पनि गलत हो, जुन कुरा माओवादिहरुले गरे। जनताले दुखःमात्र पाए, उनिहरुप्रतिको विश्वास हरायो। यसरि प्रजातन्त्रमा शक्ति आर्जन हुने ठाउँ भनेको जनता, सार्वभौम शक्ति र बलियो अर्थ तन्त्र हुनI तर जहाँ शक्तिको श्रोत निहित रहेको छ तिनैलाई कमजोर पर्दै फेरी नयाँ शक्ति खोज्ने उल्टो काम पनि नेपालमा नै भएको छI चौतर्फी घोर अविश्वास छ, त्यो आर्जन हुन जरुरि छI त्यसैले सबैभन्दा पहिले त विश्वासको वातावरण कायम हुन जरुरि छI

अतः नेपालको जलशक्ति, जनशक्ति, खनिज र पर्यटनलाई बृहद रुपमा उपयोग गरेर शक्ति संचय गर्न सक्ने नयाँ शक्तिनै आजको आवश्यकता हो। त्यसका लागि जनतालाई कार्यक्रम, समय-सीमा र आर्थिक श्रोतको किटानी दिनुपर्छ र काम हुन नसके जिम्वेवारि लिएर सजायाँ भोग्न समेत तयार हुनुपर्ने अवस्था छ। नत्र पटक पटक ढाँटिइएका जनताको सिङो बिश्वास आर्जन गर्न अब कसैलाई सहज छैन। ब्यक्ति र दल बदल्ने काम नयाँ शक्ति हुँदै होइन।

( http://setopati.com/samaj/25661/ )

20/04/2015 © जगदीश

Images : Google search

7 Comments

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s