सिमान्तMarginal

बिकास समिकरणको सूत्र

नयाॅशक्ति: बिकास कि राजनितिक कुन्ठा 

आन्धाहरुले हात्ती छामेर बिभिन्न अनुमान लगाए जस्तै नयाँशक्तिको आवश्यकता माथि लामै चर्चा चल्यो । धेरै अन्धाहरु जुर्मुराए अब ‘नयाँ आँखाहरु’ पाइने भयो भनेर; तर कमैले बुझे कि आँखा बनाउने डाक्टर वास्तवमा डाक्टर नभएर इन्जिनियर थिए, अर्थात मूर्ती बिगार्ने कालिगड! अन्तमा पेशा, ब्यक्तित्व र महत्वाकाँक्षाको क्रम-भंग भएकाहरुको जमातमा परिणत भएर टुङिएको छ बाबुरामको “नयाॅशक्ति”।

केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर भ्रम पाल्नेहरुको नेपालमा कमी थिएन । नहुनु पनि कसरी, पुराना शक्तिबाट यो देशले मुक्ती पाउँदैन भन्ने सबैलाई लागेको छ। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। प्रजातान्त्रिक चुनावमा ब्यक्ति फेरिनुलाई नयाँ शक्तिको भन्न मिल्दैन। त्यहि प्रशासन, निति-नियम र कानुन, राज्य संम्रचना र पुरानै सोचका बिचमा पद बहाली गरेका हुन- केजरीवालले, जुन संम्रचनाले पुरानो शक्तिमात्र उत्पादन गर्छ । नयाँ शक्ति उत्पादन गर्ने संरचना यिनिहरुसँग पनि छैन । किनभने केजरीवाल स्वयम अन्ना हजारेको छविमा उठेको भ्रष्टाचार विरोधि आन्दोलनमा हुर्केका हुन र उनी अहिले अन्ना हजारेलाइ बिचैमा छाडेर पुरानो कुर्चीमा ‘नयाँ’ शक्ति खोज्दै छ्न, जुन असम्भव कुरा हो।

देश निर्माणका लागि अपेक्षा गरिएको जाज्वल्यमान “नयाॅशक्ति”को शब्दार्थ यतिविघ्न अवमूल्यन भयो कि अव यो शब्द उच्चारण गर्न पनि लाज लाग्ने भएको छ। ब्यक्तित्व र महत्वाकाँक्षाको क्रम-भंग भएकाहरुको जमातमा परिणत भएको छ “नयाॅशक्ति”। यौटा असफल कमेडीको पो याद आउन थालिरहेको छ! ‘कमाउने’ ब्यवसाय हुँदै एमालेबाट पलायन भएका बिनोद चौधरीदेखी ‘कम्युनिष्ट’ शब्दलाई नै खौरेर मुण्डन गरेका बाबुराम, प्रशासनबाट लप्सिको गेडा फुत्के झैँ उछिट्टिएर काँग्रेस हुँदै नयाँशक्तिको ढोका हिर्काउन पुगेका ‘स्वाभिमानी’ रामेश्वर खनालदेखी कलामा गला मिलाउन नसकेर पातालतिर भासिएर स्वदेस फर्केका सरोज खनाल लगायत पूर्व प्रहरी प्रसासकहरु सबै ‘करीयर’  क्रमभङ भएकाहरु हुन। यिनिहरु नै नयाँशक्तीको नेत्रित्व तहमा देखिएका छन ।       

बाबुरामले आफुलाई शक्तिशाली बनाउन शान्तिका प्रतिक धेरै परेवाहरूलाई माओवादी हिंसाको मन्दिरमा भोग चढाए । अहिले आफ्नो गुमेको शक्ति पुनर्स्थापित गराउन केही परेवाहरू ‘नयाँशक्ति’को पिँजडामा थुनेर तिनै परेवाहरुलाई ‘गोपी कृष्ण कहो’ भन्न सिकाएको देख्दा अचम्म लाग्नु स्वभाविकै हो ।

बिचार-बिश्लेषण 

पूर्व अर्थ सचिव रामेश्वर खनाल र उद्योगपति विनोद चौधरी कसरी एक ठाउॅमा अटाए! यो पनि अचम्मको बिषय बनेको छ।  राजस्व छानविन आयोगको प्रतिवेदन अनुसार कर छलेका उद्योग घरानामाथि कारवाही थालेका खनाललाई चौधरीले रातारात तत्कालीन अर्थमंत्री भरतमोहन अधिकारीलाई पैसोको बिटोले मन्तरेर (?!) सरुवा गराएका थिए र  अर्थ सचिवमा कृष्णहरी बास्कोटालाई ल्याइएको थियो । स्वभिमानका कारण त्यो पिडा पिउन नसके पछि खनालले पदवाट राजीनामा बुझाएका थिए ।

प्रष्ट कुरा त के हो भने हिजो उद्ध्योगपतिका नाममा चलखेल गर्ने ब्यक्तीसँग रामेश्वर खनाल र उनको स्वभिमान भोलिका दिनमा कसरी सहयात्रा गर्न सक्लान ! अचम्मको बिषय भएको छ । वास्तवमा खनाल अझै पनि सम्मानजनक अवतरणकै खोजिमा छन, त्यो यात्रा उनकालागि नेपाली कँग्रेसमा सहज हुने देखिन्छ भने खनालले धेरै अधैर्य गरेको पनि सुहाउँदैन ।

खनालले हालै पनि यो कुराको पुष्ठि गरेका छन ”अर्थ सचिवको हैसियतले काम गर्ने स्थिति नभएपछि मैले राजीनामा गरेको थिएँ। मेरो र मन्त्रीज्यूबीच अविश्वास बढेको थियो। उहाँले बाहिरी मानिसको सल्लाहका आधारमा काम गर्न सुरू गर्नुभएको थियो।”

त्यही भएर नै होला खनालले आफ्ना लागि ”ताल्चा नखोल्नेहरुलाई” सबक सिकाउन खोज्नु भएकोछ। त्यस्तै खनालले बाबुरामको ”ड्रामाटिक डिपार्चर” सकारात्मक भएको भन्दै अहिलेसम्म म नयाँ शक्तिको ‘‘शुभ-चिन्तकको रूपमै’’ रहेको छु र नयाँ राजनीतिको सुरूआत होस् भन्ने अभियान र ‘‘बहसमा छु” भनेबाट प्रष्ट के बुझिन्छ भने खनालले बाबुरामको सत्ता कुण्ठाका लागि प्रायोजित नयाशक्तिलाई पुरै विश्वाश गरिसकेको अवस्था छैन।

नेपालको नेतृत्व गर्नेहरुबाटै विदेशीलाई बुझाउदै लागेको शक्ति खोस्न अब जनताले नयाँशक्ति आर्जन गर्नु परेको हो। तर त्यसमा नेत्रित्व गर्न तम्सेका बाबुराम भट्टराईलाई उनकै सहकर्मिहरुले ‘भारतीय दलाल’ भनेर आरोप लगाउँदै आएका छन र उनको आगत र बिगत नियाली रहेको जमातलाई पनि त्यो आरोप सहि हो भन्ने लागेको छ। यी सब प्रिष्ठभुमिलाई केलाएर हेर्दा बाबुरामले आफ्नो गुमेको शक्ति आर्जन गर्न फेरी एक पटक बिदेशिको चाकडी गर्नु पर्ने भएको छ। त्यसैले भन्न सकिन्छ कि- यिनीहरुबाट गुमेको शक्ति जनताको हातमा किमार्थ फिर्ता आउने छैन।     

नेपालको जलशक्ति, जनशक्ति, खनिज र पर्यटनलाई बृहद रुपमा उपयोग गरेर शक्ति संचय गर्न सक्ने नयाँ शक्तिनै आजको आवश्यकता हो। त्यसका लागि जनतालाई कार्यक्रम, समय-सीमा र आर्थिक श्रोतको किटानी दिनुपर्छ र काम हुन नसके जिम्वेवारि लिएर सजायाँ भोग्न समेत तयार हुनुपर्ने अवस्था छ। नत्र पटक पटक ढाँटिइएका जनताको सिङो बिश्वास आर्जन गर्न अब कसैलाई सहज छैन। ब्यक्ति र दल बदल्ने काम नयाँशक्ति हुँदै होइन।    

%d bloggers like this: