असफल पात्र र प्रवृतिको लागि चाहिएको नयाॅ शक्ति

कुनै पनि राजनैतिक परिवर्तनका लागि हिंसा, अपराध र क्षतिको प्रयोग सोह्रै आना गलत हो । यस्तो विधिबाट प्राप्त हुने उपलब्धि दीगो हुॅदैन र मानशिक अनि भौतिक क्षति यति धेरै भईसकेको हुन्छ कि जसको प्राप्ति, पुर्निमाण र संस्थागत  गराउने कार्य आफैमा चुनौति बनिसकेको हुन्छ । यस अर्थमा बिगतको ‘फगत’ माओवादी आन्दोलन र वर्तमानमा  ‘आदेश’को मधेश आन्दोलनले प्रयोग गरेको विधि अपराध हो, यद्यपि लक्ष ठिक पनि  हुन सक्छ । किनभने यी आन्दोलनमा जनताको आवाजलाई त्रासको माध्यमबाट आफ्नो पक्षमा पार्न आनदोलनका नेतृत्वकर्ताहरुले असल भनिने लक्ष प्राप्तिका लागि पूर्णत गलत विधिको सहारा लिएका छन । जव आन्दोलनलाई उर्जा दिने नाउॅमा हिंसा, नाकावन्दी, अवरोध र धम्कि जस्ता माध्यम प्राथमिकता पर्छन, तव कुर्चि र सत्ता त छिटो प्राप्त होला तर प्राप्त उपलब्धी दीर्घायु हुॅदैन ।

भएको शक्तिलाई विना विकल्प भत्काउने अनि नयाॅ शक्ति खोज्ने पाखण्डि परंपरा  नेपालको अर्को विडम्बना हो। माथि भनिए झैं गलत माध्ममको सहारा लिएर सत्तारोहण गरेको शक्ति शुरुका दिनमा यसैलाई ठूलो सफलता देख्ने गर्छँ तर त्यसका संचालकहरु जन आकांक्षालाई ब्यवस्थापन गर्ने कार्यमा चुकिरहेका हुन्छन। त्यतिमात्र होईन पुरानै ब्यवस्थापनको संयन्त्रमा सामान्य व्यक्ति वदलेर नयाॅ ब्यवस्थालाई समायोजन गर्ने ठूलो भुल पनि यहिॅ हुन्छ। जन आकांक्षालाई ब्यवस्थापन गर्न नसक्ने अबस्था आएपछि तिनै व्यक्तिहरु बिध्यमान राजनैतिक  प्रणालीलाई खोट लागाउॅदै अर्को राजनैतिक प्रणालिको पक्षमा फेरी जनतालाई ललकार्न पुग्छन । मधेशमा उर्जाशिल हुँदै गएको आन्दोलन, जनजातिको असन्तुष्टी र बाबुराम भट्टराईबाट खोजिएको नयाँं शक्ती यसै तत्यहरुको पुनराव्रिती हो। बाबुराम हिजोको आन्दोलन, सरकारको प्रधानमन्त्रि र संविधान निर्माणमा निर्णयक भूमिका खेलेको ब्यक्ती हुन। त्यही ब्यक्ती अहिले ‘बिगतलाई’ आरोपित गर्दै आफु पानिमाथिको ओभानो हुने र पारी आए अर्को आन्दोलनको नेत्रित्व लिने सुरमा देखिएका छन। त्यतिमात्र होइन एकपटक मुलुकको प्रधानमन्त्रि भईसकेको मान्छे भारतले लगाएको अघोषित नाकावन्दिलाई तराइमा जाँदा ”भारतले सीमा नाकामा अवरोध गरेको भनी सरकार र केही पत्रपत्रिकाले हल्लाखल्ला मच्चाएको उल्लेख गर्दै भट्टराईले भने, ‘आन्दोलनका क्रममा म पटकपटक मधेस आएको छु । भारतीय नाकामा मधेसी जनताले अवरोध गरेका हुन्,” भनेका छन भने  काठमान्डौमा हुँदा ‘मधेसमा जारी आन्दोलनको निहूमा भारतले झण्डै डेढ महिनादेखि पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक बस्तुहरुको आवागमनमा गरेको नाकाबन्दी नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि अतिक्रमण भएको’ बताउँदै ”जुनसुकै कारण वा बहानामा भए पनि एउटा भू-परिवेष्ठित मुलुकले पाउनुपर्ने अकुण्ठित पारवहन अधिकार र द्विपक्षीय सम्झौताको उल्लंघन नेपालको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो र प्रत्येक स्वाभिमानी नेपालीले एक स्वरले त्यसको विरोध गर्नैपर्दछ’’ भनेका छन। यसरी एउटा जिम्म्वेवार नेताले राष्ट्रिय संकटका बेला यस्तो द्वैध चरित्रको प्रदर्शन गर्नु सार्भौम जनताको लागि ठुलो धोका हो।

अहिले धेरै नेपालीहरु देशबाहिर रहेर केही सिकेका देखेका छन। उनिहरुमा आर्जित शिक्षा र अनुभले देशको समस्यालाई बिभिन्न कोणबाट बिश्लेषण गर्न सक्ने ताकत राखदछ। उनिहरु मध्ये अधिकांश नेपालकै उन्नति होस भनेर कामनारत छन्। त्यसैगरी देश मित्र पनि त्यस प्रकारका सच्चा बिकाशवादिहरु छन्। देश भित्रको अनुभव र देश बाहिर जम्मा हुॅदै गएको अपार श्रोत र अनुभवको मिश्रण एउटा ससक्त उपाय हुन सक्छ।  असफल पात्र र प्रव्रितिको गर्वमा ओथारो बसेको नयाॅ शक्तिको अर्थ छैन।  

पुरानो मानशिकता भएकाहरुले नयाँँ मान्यतालाई संस्थागत गर्न जान्दैनन। यस तथ्यलाई संबिधान घोषणा भई सकेपछिको अबस्थामा भए गरिएका निर्णयहरुले पनि पुष्टि गरिरहेका छन।  सरकार गठनमा पुरानै प्रवृती अर्थात भागबण्डाले ठूलो काम गरेको छ । त्यतिमात्र होईन, नेपालकाे संविधानकाे भाग ७ काे धारा ७६ काे ९ मा स्पष्ट भनिएकाे छ कि राष्ट्रपतिले प्रधानमन्त्रीकाे सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेसी सिद्दान्त बमाेजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेकाे मन्त्रिपरिषद गठन गर्नेछन तर प्रधानमन्त्रि खडगप्रसाद ओलिले ६ उपप्रधानमन्त्रीसहित २६ जना को क्याबिनेट बनाइ सकेका छन। अब जति पनि थप गर्न उनलाई बाटो खुलेको छ भने प्रतिपक्षले के गर्ने हो हेर्नै बाँकिछ। यसरी जनआकांक्षाको खिल्ली उडाइएको छ। यस्तो पुरानो प्रवृतिले नयाॅ संबिधानको कार्यान्वयन हुनै सक्दैन। संबिधान अनुशासनको पर्याय हो नकि त्यसको उलंघन। पुरानै संकिर्ण असफल पात्र र प्रवृतिले देशलाई नयाॅ दिशा र गति प्रदान गर्न किमार्थ असंभव छ। यो प्रवृति यती हानिकारक हुने गर्दछ कि नयाॅ बिचार र अभियानलाई या त दवाउन खोज्दछ, यदि सकेन भने त्यहीं भित्र आफ्नो स्थान बनाउॅछ र पुरानै प्रवृतिको कार्यान्वयनका लागि मरिमेटछ। किनभने उसको सिप र क्षमता नै त्यति हो, जो विना ऊ राजनीतिमा बाॅच्न सक्दैन। यसका लागि गुहे किरा र भमराको मितेरी साईनो र गृह प्रवेष संबन्धी कथा संमरण गर्नु काफि हुनेछ। स्मरण रहोस गुहे किरो भमराको घरमा वासनै वासनाले छटपटाएर मित भमरोलाई थाहै नदिई मध्यरातममा आफ्नै घर फर्केको थियो। त्यसैले वास्तविक नयाॅ शक्ति नेपाल बनाउन चाहनेहरुको आवश्यकता हो तर यसको नेतृत्व फेरीपनि तिनै असफल पात्र र प्रवृतिबाट हुन सक्दैन। केपी ओलिले संबिधान उलंघन गर्नु र बाबुराम भट्टराईले नयाशक्ती खोजेर भौँतारिनु यिनै कुरा हुन।

पुराना असफल पात्र र प्रवृतिहरुको गर्वमा ओथारो बसेको नयाँ शक्तीको अर्थ छैन। अहिले जुन किसिमबाट नयाँ शक्तिको संयोजन, चर्चा र बहस जारी छ, त्यसमा जनताको सकृयता भन्दा पनि कोही कसैको गुमेको वा गुम्न लागेको प्रतिस्ठा बचाउने खेल हो भन्ने बुझिएको छ।

नेपालीले राजनेता खोजेको धेरै भयो तर एक पछि अर्को ‘महान’ आन्दोलनले ‘भुॅडी’ र ‘मुख’को आयतन त बढायो तर ‘टाउको’ आयतन कत्ति पनि बढेन। राजनेतामा समस्यालाई चिन्न र समाधान गर्न सक्ने क्षमता हुन्छ। अहिले नेपालमा जति पनी नेताको रुपमा उभिएका छन तिनिहरु सबै समस्याको  ‘क्रिएटर’ हुन ‘शुटर’ होइनन।

अहिले धेरै नेपालीहरु देशबाहिर रहेर केही सिकेका देखेका छन। उनिहरुमा आर्जित शिक्षा र अनुभले देशको समस्यालाई बिभिन्न कोणबाट बिश्लेषण गर्न सक्ने ताकत राखदछ। उनिहरु मध्ये अधिकांश नेपालकै उन्नति होस भनेर कामनारत छन्। त्यसैगरी देश मित्र पनि तयस प्रकारका सच्चा बिकाशवादिहरु छन्।देशभित्रको अनुभव र देश बाहिर जम्मा हुॅदै गएको अपार श्रोत र अनुभवको मिश्रण एउटा ससक्त उपाय हुन सक्छ। संबिधान बनिसके पछिको सकारात्मक मनोविज्ञानलाई भारतले लादेको नाकावन्दीले धेरै हदमा भत्काउने काम गरिरहेको छ। अत कसैको गुमेको पद र प्रतिष्ठाको पुनर्प्राप्तिका लागि नयाँ शक्तिको चाहना सोरै आना गलत हो,

अहिले नेपालले भोगेको समस्याको पछाडि कुनै न कुनै रुपमा छिमेकिको हात छ। सरकार बाहिर रहेर संचालन गरिएका गतिविधी र सरकार भित्र रहेर गरिएको संविधान उल्लंघनका गतिविधी दुबै मुलुकको हितमा छैनन। पुराना मुल्य मान्यता भत्काउँदै जाने अनी नयाँ पनि बन्न नदिने कार्यको निरन्तरता देखिँदा नेपालका नेताहरु बिदेशिका लागी खेतालाका रुपमा प्रयोग भएको प्रष्ट देखिएकोछ। पुरानाहरुको गर्वमा ओथारो बसेको नयाँशक्तीको अर्थ छैन अहिले जुन किसिमबाट नयाँ शक्तिको चर्चा र बहस जारी छ, त्यसमा जनताको सकृयता भन्दा पनि कोही कसैको गुमेको वा गुम्न लागेको प्रतिस्ठा बचाउने खेल हो भन्ने बुझिएको छ। किनभने जुन ब्यक्तिले यसमा नेत्रित्व लिन खोजी रहेका छन तिनको बिगतको राजनीतिक धार, विश्वाश र गतिविधी अत्यन्त द्वैध चरित्रको छ, त्यसमा आशवादी हुन सक्ने ठाँउ छैन। वास्तवमा नयाँ शक्ती त चाहिएको हो तर शुद्ध, मिसावट नभएको मात्र। बुझिएको कुरा के हो भने असफल पात्र र प्रव्रितिले नयाँ शक्ती बनाउन सक्दैनन।

http://bit.ly/1GGqvmW

http://bit.ly/1REvOUv

Posted on November 8, 2015

Advertisements