सिमान्तMarginal

बिकास समिकरणको सूत्र

मधेश आन्दोलनको अन्तराष्ट्रियकरण

अचम्म त के भने मधेश आन्दोलनमा शतप्रतिशत भारतको हात छ । नाकावन्दी लगाएर खासमा मधेश आन्दोलनलाई भारतले अन्तराष्ट्रियकरण गरेको हो, त्यसैको परिणाम हुन कुटनैतिक नियोगहरुको मौनता र मोदी वेलायत गएका बेला त्यहाॅका प्रधानमन्त्रीबिच ‘वैधानिक तवरमा जारी भएको नेपालको संविधान बिरुद्ध’ को संयुक्त वक्तव्य । त्यसैले यस मित्र भारतका जलश्रोत र सुरक्षा सम्बन्धी नदेखिने मागहरु छन, जो नेपालको हित बिपरीत छन । त्यसैले भारत यसलाई प्रष्टसँग टेबुलमा राख्नसक्ने अवस्थामा छैन ।

त्यस्तो मधेस आन्दोलनलाई भारतीय नाकावन्दीसॅग अलग गरेर हेर्नुपर्छ भन्ने बाबुराम कति मूर्ख मानिस हुन ?! खोटो भयो भनेर सिक्काको अर्को पाटो कसरी अलग गर्न सकिन्छ? त्यतिमात्र होईन अहिलेको मधेश आन्दोलन हिजो माओवादी आन्दोलनसँग जोडिएको धियो, त्यसैले बाबुरामहरुलाई आफू प्रधानमंत्री भएपछि आन्दोलन सकियो भन्ने भ्रम थियो । त्यो त सत्य होईन रहेछ । कैलालीको घटनामा जे हर्कत गरे त्यसैगरि मधेश आन्दोलनमा पनि “नयाँ शक्ति” को बिउ रोप्दैछु भन्ने भ्रम उनमा परेको होला, त्यो असत्य हो ।  हालै ‘सिमांकन नमिलेसम्म आन्दोलन फिर्ता नलिनु’ भनेर फेरी मधेश उचाली रहेछन ?! पटक पटक नेपालीलाई अचेत पारेर “रअ” ले उनलाई के गर्न खटाएको हो छिटो सार्वजनिक गर्नु नेपाल र नेपालीको हितमा हुनेछ, कृपया सरकारले यती सहास गरोस ।

वास्तवमा अहिलेको मधेश आदोलनमा भारतीय राजनैतिक पक्षकोभन्दा त्यहाँको खुफिया एजेंसी ‘रअ’ ठूलो हात छ भन्ने कुरा बुझ्न गारो छैन । ठूला मुलुकहरुको राजनीति आदर्शको सिध्दान्त, दलिय मान्यता र नेताको एकतर्फी सोचले भन्दा धेरै ‘सुरक्षाको कारण’बाट संचालित हुने गर्दछ । त्यसैले त्यहाँ त्यस्ता खुफिया एजेंसीहरुको सक्रियता धेरै हुने गर्छ । सुरक्षा हेर्ने निकायहरुका अगाडी मानविय पक्ष र संवेदना गौंण हुन्छ, यो सत्य हो । नेताहरु बहकिएर भोटको राजनीतिका लागि लोकप्रिय कुरा पनि गर्छन तर तिनीहरुलाई सच्याउने ताकत पनि त्यस्ता खुफिया एजेंसीहरु राख्छन ।

त्यसैले यतिखेर भारत अर्को पनि उद्देश्य लिएर काम गरिरहेको छ त्यो हो- भारतलाई सर्वेसर्वा ठान्ने हनुमान नेपाली नेता जन्माउनु । भारतलाई पंचायतमा सूर्य बहादूर थापासँग निकै भरोसा थियो । थापा धेरै पटक प्रधानमन्त्रि भएको भए पनि राष्ट्र र राष्ट्रियता कमजोर पारेर गएका खलनायक हुन । बहुदलमा यो काम गिरजा प्रसाद कोईरालाको प्रजातान्त्रिक छविबाट संपन्न भयो । खासगरी अन्तरिम सरकारले गरेका नागरिकता, स्वायत मधेश, धर्म निरपेक्ष र गणतन्त्र संबन्धी निर्णयहरु निकै बिवादास्पद मात्र होइनन अहिलेको मधेश आन्दोलनको कारण पनि हुन । यी यती जटिल र संवेदनशिल बिषयहरु थिए जसको निपटारा गर्ने काम जनमत संग्रहसम्म जानु पर्ने हुन्थ्यो । तर कोइराला आफ्नो पार्टिको बैधानिक मान्यतालाई समेत धोती लगाएर एक्लै निर्णय गर्दथे । उदाहरणका लागि ‘बहुदलिय प्रजातन्त्र र संबैधानिक राजतन्त्र’ मान्ने नेपाली कांग्रेसको बिधानको मान्यतालाई बिना बैधानिक परिवर्तन/अनुमोदन उनले गणतन्त्र घोषणा गरिदिए ।

एकमात्र संस्थापक नेता कृष्ण प्रशाद भट्टराईले हतारोमा गणतन्त्र संबन्धी निर्णय नलिन भन्दाभन्दै पनि उनले निर्णय लिएरै छाडे । त्यसबाट अस्थिरता र आर्को आन्दोलन बाहेक नेपाली जनताले के पाए ? अहिले ती निर्णयहरु नेपाली कांग्रेस र त्यसका कार्यकर्ताका लागि टाउको दुखाइ भएको छ । कोइरालाले गणेशमान सिंह र कृष्ण प्रसाद् भट्टराईलाई पाखा लगाउन ‘नराम्रा शक्ति’हरु संग पनि सौदावाजी गर्नु पर्‍यो, गरे । यो हविगत देखेका काँग्रेसका इमान्दार सिपाहीहरु त्रस्त भए, उनका बिरुद्ध जान सकेनन । कोइरालाले धेरै दु:ख त गरे तर त्यसबाट मुलुकले भन्दा अरुलेनै फाईदा उठाएको देखियो ।

नेताले गरेको निर्णय र कामबाट चिरकाल पर्यन्त सुदिन आउनु पर्छ तर नेपालीले त्यसको ठीक उल्टो पारीणामा हात पारे । नेपाली जनतालाई दु:ख दिएरै भएपनी आफ्नो हठमा डिग नचल्ने मूर्ख नेता भारतले गणतन्त्रमा पनि खोजेको छ । त्यो छवी उसले बाबुराममा देखिरहेको छ र बाबुरामले पनि संकटमा परेको आफ्नो राजनीतिको सुरक्षा भरतबाटै देखिरहेको अवस्था हो ।

अहिले नेपाली जनतालाई हदैसम्म दु:ख दिएर अनावश्यक आन्दोलनलाई उचाल्ने, बिदेशिको हित पुग्ने गरी स्वदेश्को अहितमा काम गर्ने, लिपुलेकमा अतिक्रमित राष्ट्रियताका बारेमा नबोल्ने तर वार्ता र संबिधान संझौताबाट हल गर्न सकिने मधेश आन्दोलनलाई झन चर्काउन, नाकावन्दी झन टाइट गर्न पद्मरत्न जस्ता संधिग्ध ब्यक्तिलाई लिएर भारतीय दुतावासलाई गुहार्ने दुस्मन चरित्र बाबुराममा देखिएको छ । माओवादीका नाममा हुनसक्ने जती अहित भईसक्यो अब बाँकी नयाशक्तिको नाममा गर्ने मनसाय देखियो ।

यसरी पंचायतमा सूर्यबहादुर थापा र बहुदलमा गिरिजाप्रशाद कोइरालाबाट आफ्नो रणनीतिलाई एकछत्र अगाडि बढाउन सफल भारत गणतन्त्रमा बाबुरामलाई टिप्न खोजेको देखिन्छ भने बाबुराम पनि भारतकै बुइ चडेर बैतर्णी जान खोज्दै छन, जुनकुरा दु:ख पाएका नेपाली जनताको हित बिपरित छ ?!  किनभने सूर्य बहादुर थापा र गिरिजा प्रसादको अवसानपछी कै छोटो अवधि भित्र नेपालको राजनीतिमा भारतलेभन्दा पश्चिमा र चिनिया शक्तिले धेरै पकड जमाउँदै गएको उसको बुझाई हुनसक्छ । त्यसैको परीणाम हो धर्म निरपेक्ष नेपालको संविधान, जसलाई रोक्न भरतले सकेन ।  अहिले भारतलाई मधेशमा खुम्च्याइएको छ ।

सान्दर्भिक   

बीपीको व्यक्तित्वबाट भारतीयहरु झस्केका थिए ।

यो आर्थिक नाकाबन्दी नै हो

नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो

लर्तराे छैन मधेस विखण्डनको प्रारुप

एउटा पनि समान छिर्न दिनु भएन

नेपालमा हस्तक्षेप नगर

     

     

%d bloggers like this: